×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्वीकृत भयो कम्पनी संरचना, ठूला आयोजना बनाउन छुट्टै जलविद्युत् उत्पादन कम्पनी

  •  
  • शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बलराम बानियाँ, काठमाडौं
    आश्विन २१, २०७३- सरकारले १२ सय मेगावाटको बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू बनाउन छुट्टै ‘विद्युत् उत्पादन कम्पनी लिमिटेड’को कम्पनी संरचना स्वीकृत गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावमा जनताको २९ प्रतिशत रहने गरी विद्युत् उत्पादन कम्पनी लिमिटेडको संरचना स्वीकृत गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।

    स्वीकृत संरचनाअनुसार कम्पनीमा सरकारको ३० प्रतिशत र जनताको २९ प्रतिशत सेयर रहनेछ । सरकारका तर्फबाट ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको ५, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको ५ प्रतिशत रहनेछ । जनताका लागि छुट्याइएको २९ प्रतिशत सेयरमध्ये सर्वसाधारणका लागि १७, आयोजना प्रभावित जिल्लाका बासिन्दाका लागि १० र अति विपन्न परिवारका लागि २ प्रतिशत सेयर रहने संरचना तय गरिएको शर्माले जनाए ।

    त्यस्तै, विद्युत् प्राधिकरणको १०, कर्मचारी सञ्चय कोषको १०, नेपाल टेलिकमको १०, नागरिक लगानी कोषको ५, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ४ र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत सेयर रहनेछ । कम्पनीमा सुरुमा अधिकृत पुँजी २० अर्ब र कुल चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहनेछ ।

    कम्पनी ऐन, २०६३ बमोजिम छुट्टै स्वशासित संस्थाका रूपमा मन्त्रिपरिषद्ले कम्पनी संरचना स्वीकृत गरेको हो । अब ऊर्जा मन्त्रालय र सेयर होल्डर निकायका प्रतिनिधिले प्रबन्धपत्र बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्नेछन् ।

    कम्पनीको दर्ताको काम एक/दुई सातामा हुने र त्यसपछि काम थाल्ने ऊर्जा मन्त्रालयका अधिकारीले जनाए । स्वायत्त निकायका रूपमा काम गर्ने कम्पनीको बोर्डले विज्ञहरू राखी खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत छनोट गर्नेछ ।

    ‘नेपालको पानी : जनताको लगानी’ नाराका साथ विद्युत् उत्पादन कम्पनी स्थापना हुनेछ । कम्पनीले ४ सय १० मेगावाटको नलसिंहगाड, १२ सय मेगावाटको बुढीगण्डकी, २ सय ५० मेगावाटको नौमुरे, ६ सय ४० मेगावाटको सुनकोसी र १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीजस्ता ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने मन्त्री शर्माले बताए । उनले अल्पकालीन तथा दीर्घकालीन योजना र राष्ट्रिय ऊर्जा संकट निवारण कार्ययोजना कार्यान्वयनका लागि ठूला जलविद्युत् आयोजना विकासमा जनताको लगानी र सहभागितालाई महत्त्व दिइएको जनाए ।

    ‘जलविद्युत् क्षेत्रको विकास गर्न खुल्ने यो कम्पनीको उद्देश्य नै ठूला आयोजनाहरूको निर्माण हो, प्राधिकरणले अघि सारेका आयोजना उसैले निर्माण गर्नेछ । विद्युत् व्यापार गर्न पावर ट्रेडिङ कम्पनी छिटै खोलिनेछ,’ शर्माले कान्तिपुरसित भने । उनका अनुसार कम्पनीले निजी क्षेत्र, सर्वसाधारणको सेयर र जलविद्युत् विकास तथा लगानी कम्पनीमार्फत अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट सस्तो ब्याजदरको ऋण लिई लगानी जुटाएर ठूला आयोजनाहरूको विकासको काम गर्नेछ ।

    नलसिंहगाड जलाशययुक्त आयोजनाको हाल विस्तृत इन्जिनियरिङ अध्ययन भइरहेको छ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएर स्थानीय प्रभावितलाई मुआब्जा वितरणको काम सुरु गर्ने चरणमा पुगेको छ । नौमुरे र सुनकोसी विद्युत् प्राधिकरणले अध्ययन गरिरहेका आयोजना हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्णाली चिसापानी त्रिदेशीय साझेदारीमा निर्माण गर्ने भनेर प्रस्ताव गरिएको आयोजना हो । मन्त्रालयले कर्णाली चिसापानी आयोजनालाई सार्कस्तरीय आयोजनाका रूपमा अगाडि बढाउने गृहकार्य गरिरहेको छ ।

    कम्पनीमा ऊर्जा मन्त्रालयको सचिव अध्यक्ष र सेयर होल्डर सबै संस्थाका प्रतिनिधि सञ्चालक समिति सदस्य रहनेछन् । सेयर जारी भएपछि भने सर्वसाधारण, स्थानीयवासी र अति विपन्न परिवारका प्रतिनिधिसमेत कम्पनीको सञ्चालक समितिको सदस्य रहनेछन् । दर्ता हुनासाथ सञ्चालक समितिको बैठक बसेर कम्पनीले कामकारबाही सुरु गर्नेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.