×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

टेलिकमले पायाे फोरजी चलाउने अनुमति- एनसेल र स्मार्टले पाएनन्

  •  
  • मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एक सातामा कार्ययोजना पेश गर्न निर्देशन
    विष्णु पाेखरेल, काठमाडौं

    नेपाल टेलिकमले चौथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) चलाउने अनुमति पाएको छ ।

    दूरसञ्चार सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई आइतबार १ हजार ८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा यस्तो सेवा चलाउन अनुमति दिएको हो । दुई महिनाअघि संसोधित दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीती–२०७३ अनुसार प्राधिकरणले टेलिकमलाई अनुमति प्रदान गरेको हो ।

    संसोधित नीतिमा ससरकाले पहिलो पटक दूरसञ्चार कम्पनीहरुले चलाइरहेको पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ प्रविधि चलाउन दिने व्यवस्था गरेको थियो । पहिलेकै ब्यान्डमा नयाँ प्रविधि चलाउन मिल्ने व्यवस्थालाई प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) भनिन्छ ।

    ‘१ हजार ८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड सुविधाजनक भएकाले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीती–२०७३ को दफा ५ (क) अनुसार प्रविधि तटस्थतामा फोरजी सेवा चलाउन अनुमति दिइएको छ,’ प्राधिकरणले दिएको अनुमतिपत्रमा भनिएको छ । अनुमतिपत्रमा नीति अनुसार फोरजी सेवा सञ्चालन सम्बन्धी कार्ययोजना पेस गर्न टेलिकमलाई सात दिने म्याद दिइएको छ । यसैगरी कहिलेदेखि फोरजी सेवा चलाउन सकिन्छ त्यसको जानकारी समेत दिन टेलिकमलाई निर्देशन दिइएको छ ।

    नीतिमा प्रविधि तटस्थताको अनुमतिपछि दूरसञ्चार कम्पनीलाई निश्चित अवधि र सर्त तोकी कार्ययोजना माग गर्न सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई टेकी प्राधिकरणले टेलिकमलाई कार्ययोजना पेस गर्न समय दिएको हो । ‘सञ्चालक समितिको निर्णय अनुसार आइतबार अनुमतिपत्र दिइएको हो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले भने, ‘उसले कार्यायोजना पेस गरेपछि सेवा सुरु गर्न पाउनेछ ।’

    टेलिकमले अब प्राधिकरणमा विस्तृत कार्ययोजना पेस गर्नुपर्नेछ । त्यसमा प्राविधिक योजना समेत समावेस हुनेछन् । ‘हामी १ हजार ८ सय ब्यान्डको फ्रिक्वेन्सीलाई कसरी फोरजीका लागि उपयोग गर्न सक्छौं भनेर प्राविधिक विश्लेषण गरिरहेका छौं,’ टेलिकमका सहप्रवक्ता डिल्लिाराम अधिकारीले भने, ‘त्यसपछि विस्तृत योजना पेस गर्नेछौं ।’

    टेलिकमले १ हजार ८ सय ब्यान्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ । फोरजी सेवा सञ्चालनका लागि सोही ब्यान्डमा प्रविधि तटस्थाताका साथ ५ मेगाहर्ज छुट्टै फ्रिक्वेन्सी दिन माग गरेको थियो । तर, प्राधिकरणले अनुमतिपत्र दिन यस विषयमा खुलाएको छैन । प्राधिकरणले थप फ्रिक्वेन्सीका विषयमा नखुलाएको टेलिकमले १५ मेगाहर्जलाई नै व्यवस्थापन गरी सेवा चलाउने तयारी थालेको छ ।

    ‘हामीले अहिले यो ब्यान्डमा टुजी सेवा चलाइरहेका छांै, त्यसैलाई व्यवस्थापन गरेर फोरजी पनि चलाउने तयारी छ,’ उनले भने, ‘अब टुजीका लागि १० र फोरजीका लागि ५ मेगाहर्ज व्यवस्थापन हुन्छ ।’ टुजीमा भ्वाइस र एकदमै कम गतिको इन्टरनेट मात्र चल्ने भएकाले टेलिकमले विस्तारै यो सेवालाई थ्रिजीमा स्थानान्तरण गर्ने तयारी थालिसकेको उनले बताए ।

    अनुमति पाएकाले अबको दुई महिनाभित्र फोरजी सेवा सुरु गर्न सकिने टेलिकमका अधिकारीहरु बताउँछन् । राजधानी र सहरी क्षेत्रमा पछिल्लो पटक राखिएका मोबाइल टावरसहित उपकरणहरु फोरजीका लागि समेत उपयुक्त भएकाले सेवा सुरु गर्न लामो समय नलाग्ने उनीहरुले बताए । ‘केही अपग्रेसनको काम भएपछि सेवा सुरु गर्न सकिन्छ,’ अधिकारीले भने, ‘बढिमा २ महिनामा सेवा सुरु गर्ने तयारी छ ।’

    फ्रिक्वेन्सी नीति संसोधन भए लगत्तै टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी चलाउन फ्रिक्वेन्सी माग गरेका थिए । तर, प्राधिकरणले एनसेल र स्मार्टलाई भने अनुमति दिएको छैन । एनसेलको कर विवाद नटुङ्गीएको तथा स्मार्टले सर्त अनुसार कतिपय काम सम्पन्न गरिनसकेको भन्दै प्राधिकरणले अनुमति नदिएको हो ।

    के हो फोरजी ?

    फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको सक्षिप्त रुप हो । यसलाई मोबाइल ब्रोडब्यान्ड सेवा मानिन्छ । नेपालमा फोरजीको तयारी हुदै गर्दा विकसित मुलुकमा भने यो भन्दा पनि आधुनिक पाचौ पुस्ता (फाइभ जी) को अन्वेषण सुरु भइसकेको छ । फोरजीले तेस्रो पुस्ता (थ्रिजी) सेवालाई विस्थापित गर्छ ।

    अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) को मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । तर, धेरै मुलुकका कम्पनीहरुले यो गतिको मोबाइल इन्टरनेट नचलाई आफ्नो सेवालाई फोरजीकोरुपमा प्रचार गरिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.