कैलासबावु श्रेष्ठ/गोरखा
असोज १४ गते । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) गोरखा शाखाको तेस्रो साधारण सभा गोरखा सदरमुकाममा सम्पन्न भएको छ ।
सदरमुकामको मिराकल होटलमा भएको सभामा प्रमुख अतिथी रहनु भएका केन्द्रिय सदस्य अशोक रानाले गोरखा उद्योग बाणिज्य संगले आगामी पौषमा गर्न लागेको गोरखा महोत्सवमा मिनी इन्फोटेक गर्न केन्द्रले सहयोग गर्ने बताए । रानाले गोरखा जिल्लाको दुई गाउलाई स्मार्ट सिटी बनाउन क्यान तयार भएको भन्दै प्रपोजल लिएर केन्द्रमा आउन क्यान गोरखालाई आग्रह गरेका थिए । 
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघमा महा सचिव भगवान बावु मास्के समेतले शुभ कामना मन्तब्य राखेका थिए । साधारण सभाले सचिव योङ्ग कुमार श्रेष्ठ र कोषाध्यक्ष नोख बहादुर बोगटी अमृतको प्रतिवेदन समेत सर्व सहमतीमा पास गरीएको थियो । 
साधारण सभा संस्थाका अध्यक्ष शिशु बावु प्रधान शिशीरको अध्यक्षतामा सम्पन्न भएको थियो । 
क्यान गोरखाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
क्यान गोरखाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



