×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दशैंमा रेमिट्यान्स पठाउँदा स्कुटरदेखि काठमाडौंमा घडेरीसम्म !

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ११ असोज, काठमाडौं । दशैं-तिहार र छठजस्ता चाडलाई लक्षित गरी रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले उपहारको वर्षा ल्याएका छन् । असोजको सुरुदेखि छठसम्म रेमिट्यान्स पठाउनेहरुले रेमिट्यान्स कम्पनीले घोषणा गरेका उपहारहरु पाउँछन् ।

    विदेशवाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई ‘लक्की ड्र’ मा समावेश गर्ने र भाग्यशाली विजेता ग्राहकहरु छानिने कम्पनीहरुले छन् । भाग्यसाली विजेताले स्कुटरदेखि काठमाडौंमा ४ आना घडेरी उपहारमा पाउने छन् । त्यसबाहेक पनि हात खाली नजाने उपहारहरु छन् ।

    वैधानिक च्यायनलबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उद्देश्यले उपहारहरु घोषणा गरिएको इन्टरनेशनल मनी एकसप्रेस -आइइमइ) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन् । त्यसैगरी, रेमिट्यान्स कम्पनीहरुबीचको प्रतिस्पर्धाले पनि रेमिट्यान्स पठाउने र पाउनेलाई उपहार योजना सञ्चालन गरिएको पोखरेलको भनाई छ ।

    देशभर चार दर्जन रेमिट्यान्स कम्पनीहरु सञ्चालन भएपनि केही कम्पनीले मात्रै आकर्षक उपहारको घोषणा गरेका हुन् ।

    कुन कम्पनीले के उपहार दिन्छन् ?

    आइएमइ

    ime-dashain
    आइएमईले ‘आइएमई, हात हुँदैन खाली’ भन्ने ग्राहक योजना सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि सञ्चालनमा ल्याएको यो योजना असोज ३० सम्म सञ्चालन हुनेछ ।

    यो योजनामा विदेशबाट आइएमईमार्फत नेपाल पठाएको पैसा बुझ्नेले आइएमई ब्रान्डेड टि -सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट लगायत उपहार पाउने कम्पनीले जनाएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ३ सय चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइनेछ ।

    साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले ४ थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गर्नेछ । लक्की ड्रको नतिजा कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

    प्रभु मनि ट्रान्सफर

    prabhu-dashain
    प्रभुले कात्तिक २० गतेसम्म लागू हुने ‘प्रभु लक्की सेभेन’ नामक ग्राहक लक्षित योजना सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागीहरुले यामाहाको मोटरसाइकल, स्कुटी, टिभी, मोवाइल लगााएत सयौंको संख्यामा रिचार्ज कार्डहरु रहेका छन् । बम्परमा यामाहाको स्यालुटो बाइक र रे-जेड स्कुटर एक-एक वटा छन् ।

    हरेक हप्ता एक-एक जनालाई एलइडी टिभी, मोबाइल फोन र डिस होम प्रदान गरिनेछ । हरेक दिन सात जनालाई २ सय रुपैयाँको रिचार्ज पनि दिइनेछ ।

    हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट वा अनलाइन न्यूज पोर्टलमार्फत सार्वजनिक गरिने छ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने प्रभुले जनाएको छ ।

    सिटी एक्सप्रेस

    City_Ghaderiसिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ नामक उपहार योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार सिटी एक्सप्रेसमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त छन् ।

    त्यसैगरी, हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ ।

    घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै जग्गा नै दिन लागिएको कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताए ।

    मनी ग्राम

    मनीग्रामले हरेक हप्ता उपहार दिने योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत भाग्यसाली विजेताले लक्की ड्र मार्फत् १० मोटर बाइक, १० रेपि|mजेरेटर र १० स्मार्ट फोन जित्न सक्नेछन् ।

    भदौ २५ गतेदेखि असोज २४ गतेसम्म मनीग्रामबाट पैसा पठाउने र प्राप्त गर्नेले कम्पनीले घोषणा गरेको उपहार पाउने छन् ।

    वेस्टर्न युनियन

    वेस्टर्न युनियनले दुई वर्षदेखि चाडबाडलाई लक्षित गरेर उपहार योजना सञ्चालन गरेको छैन । भूकम्पपछि कम्पनीले ब्राण्डिङमा गर्ने खर्च कटौती गरेको कम्पनीका व्यवस्थापक कविन्द्र श्रेष्ठले जानकारी दिए ।

    तर, अक्टोबर १ देखि नोभेम्बर एक अर्थात चाडबाड भरका लागि कम्पनीले मलेसियमा भने उपहार योजान सञ्चालन गर्ने भएको छ । श्रेष्ठका अनुसार २ सय रिङगेटभन्दा बढी रेमिट्यान्स पठाउने ग्राहकलाई टिसर्ट प्रदान गरिनेछ । तर, नेपालमा रेमिट्यान्स प्राप्त गर्नेलाई भने कम्पनीले कुनैपनि उपहार योजना सञ्चालनमा ल्याएको छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.