×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

माथिल्लो मर्स्याङदी ‘ए’ को उत्पादन सुरु

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ११, २०७३- चिनियाँ कम्पनीद्वारा प्रवद्र्धित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी  ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ । २५/२५ मेगावाटका दुई टर्बाइन भएको आयोजनाले पहिलो युनिटबाट उत्पादित २५ मेगावाट बिजुली सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

    दुई नम्बर युनिटबाट उत्पादन हुने थप २५ मेगावाट बिजुली ३ महिनापछि व्यावसायिक रूपमा प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ । सोमबार उद्घाटन कार्यक्रममा दुवै टर्बाइनबाट उत्पादन गरिएको थियो । आयोजनाबाट वार्षिक ३.१७ गिगावाट विद्युत् उत्पादन हुनेछ । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत गरी आयोजनाले करिब १६ अर्ब रुपैयाँ लगानी गरेको छ । चिनियाँ लगानीको यो पहिलो जलविद्युत् आयोजना हो । प्राधिकरणसँग सुरुमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गर्दा १२ अर्ब रुपैयाँ खर्च हुने प्रक्षेपण थियो । डलर भाउ बढ्नु, निर्माण सामग्रीको महँगी, बन्द/हडताल, भूकम्प र नाकाबन्दीलगायतले लागत बढेको हो । ‘हामी ५० मेगावाट नै उत्पादन थाल्ने तयारी अवस्थामा छौं । केही प्राविधिक कारणले मात्र सबै उत्पादन जोड्न सकेनौं,’ औपचारिक उद्‍घाटन कार्यक्रममा आयोजनाका कार्यकारी प्रबन्ध निर्देशक यान हुङ वेले भने, ‘हामीले उत्पादन गरेको विद्युत्ले नेपालको आर्थिक विकासमा योगदान पुग्नेछ ।’

    मस्र्याङ्दी करिडोरको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले उक्त आयोजनाले पूर्ण क्षमतामा ५० मेगावाट बिजुली उत्पादन थालेपछि राजधानीमा ल्याउन प्राविधिक समस्या हुनेछ ।

    मर्स्याङ्दी करिडोरबाट राजधानी जोड्ने सिंगल सर्किटको प्रसारण लाइनबाट जम्मा १ सय २० मेगावाट मात्र बिजुली ल्याउन सकिन्छ । ७० मेगावाटको मस्र्याङ्दी, ६९ मेगावाटको मध्यमर्स्याङ्दी र अरू साना आयोजनाको बिजुली नै प्रसारण लाइनको क्षमताभन्दा बढी छ ।

    तनहुँ, लमजुङ र गोरखालगायत स्थानीय क्षेत्रमा हुने खपत घटाउँदा उक्त प्रसारण लाइनबाट प्राधिकरणका दुइटा मस्र्याङ्दीबाहेक निजी क्षेत्रको माथिल्लो मस्र्याङ्दीको २५ मेगावाटभन्दा बढी ल्याउन नसकिने प्राधिकरणका अधिकारी बताउँछन् । माथिल्लो मस्र्याङ्दीको पूरै उत्पादन सुरु भएपछि २५ मेगावाट बिजुली खेर जान सक्ने ती अधिकारीले चिन्ता व्यक्त गरे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने एक/डेढ महिनामै प्रसारण लाइनको क्षमता वृद्धि गरिने र माथिल्लो मस्र्याङ्दीले दोस्रो टर्बाइनबाट उत्पादन सुरु गर्दासम्म समस्या समाधान हुने दाबी गरे ।

    ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौंको ह्यात होटलमा आयोजित कार्यक्रमबाट आयोजनाको उद्घाटन गर्न आग्रह गरेपछि विद्युत् गृहमा रहेका सांसद डा. भीष्मनाथ अधिकारीले स्विच थिचेर व्यावसायिक उत्पादन भएको घोषणा गरेका हुन् । ‘यो आयोजनाले मुलुकमा लोडसेडिङ घटाउन अवश्य टेवा पुग्नेछ,’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.अधिकारीले भने, ‘चिनियाँ कम्पनीले छिटो र छरितो रूपमा गरेको कार्य प्रशंसनीय छ ।’

    प्राधिकरणले माथिल्लो मस्र्याङ्दीको बिजुली प्रतियुनिट ७ सेन्ट (७ रुपैयाँ) मा खरिद गर्नेछ । सिनो हाइड्रो रिसोर्सेस लिमिटेडको मुख्य लगानीमा सन् २०१३ को जनवरीदेखि आयोजना निर्माण सुरु गरिएको थियो । सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्प र त्यसपछि भारतले गरेको नाकाबन्दी असर गरे पनि तोकिएको समयमै निर्माण सकेको आयोजनाले दाबी गरेको छ । बाहुनडाँडा र भुलभुलेको सीमाक्षेत्र मस्र्याङ्दी र ङादी दोभानमा बाँध बनाइएको उक्त आयोजनाबाट ५ दशमलव ३ किलोमिटर सुरुङमार्फत भुलभुले–३ को मस्र्याङदी नदी किनारमा निर्माण गरिएको गृहमा पानी ल्याएर विद्युत् उत्पादन गरिएको छ ।

    आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् खेर जाने दाबी गरे । आयोजनाका अनुसार सरकारले प्रसारण लाइन निर्माण गर्न ढिलाइ गरेपछि आयोजनाले सन् २०१४ बाट नै भुलभुले–मध्यमस्र्याङ्दी प्रसारण लाइन ‘सिंगल सर्किट’ निर्माण सुरु गरेको थियो । १३२ केभीको उक्त प्रसारण लाइन २० किलोमिटरको छ । उक्त प्रसारण लाइन प्राधिकरणको व्यवस्थापन र सुपरभिजनमा ३५ करोड लगानी गरी माथिल्लो मस्र्याङदी आयोजनाले निर्माण गरेको हो । आयोजनाले उक्त लगानी प्राधिकरणबाट पछि असुल गर्ने आयोजना स्रोतले बतायो ।

    विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार तल्लो मस्र्याङ्दीसम्मको ‘डबल सर्किट’ प्रसारण लाइन नबनाउँदासम्म माथिल्लो मस्र्याङदी ‘ए’ ले पूरै क्षमताको विद्युत् उत्पादन गरे पनि प्रवाह हुन सक्दैन । स्रोतका अनुसार अबको हिउँदमा सबै विद्युतको उत्पादन घट्ने भएकाले माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाको विद्युत् उत्पादन थेग्ने र १ वर्षमा निर्माणाधीन तनहुँको तुरतुरदेखि तल्लो मर्स्याङ्दीसम्मको ‘डबल सर्किट’ प्रसारण लाइनको निर्माण सक्ने लक्ष्य लिइएको छ । त्यसपछि माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको पूरै विद्युत् खपत हुने स्रोतले बताएको छ ।

    यसैबीच सिनो हाइड्रोको मुख्य लगानी रहेको सगरमाथा हाइड्रोपावर कम्पनीले माथिल्लो मस्र्याङ्दी सकिनासाथ ६५ मेगावाटको माथिल्लो कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । उक्त आयोजना निर्माण गर्नका लागि कम्पनीले इन्जिनियरिङ अध्ययन सम्पन्न गर्नुका साथै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को कामसमेत सकिसकेको छ । कम्पनी र प्राधिकरणबीच उक्त आयोजनाको बिजुली प्रसारण लाइनमा जोड्ने कनेक्सन एग्रिमेन्टसमेत भइसकेको छ । कम्पनीले प्राधिकरणसित विद्युत् खरिद सम्झौता (पीपीए) गर्नासाथ निर्माण सुरु गर्ने भएको छ । कम्पनीले वित्तीय स्रोतसमेत चीनबाट जुटाउनेछ । उक्त आयोजना निर्माण गर्न १३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

    सामाजिक उत्तरदायित्वमा एक अर्ब खर्च
    निर्माण थालेको चार वर्षको अवधिमा आयोजनाले एक अर्ब रुपैयाँ बराबरको खर्च सामाजिक उत्तरदायित्वका काममा लगानी गरेको जनाएको छ ।

    सीप विकास तालिम, अस्पताल, विद्यालय, सामुदायिक भवन निर्माण, आमा समूह भवन, खानेपानी तथा सिँचाइ, सडक निर्माण, पुलपुलेसा, मन्दिर तथा गुम्बा निर्माणमा खर्च गरेको आयोजनाले जनाएको छ । कुल १ सय १५ वटा आयोजना रहेकोमा ९४ वटा आयोजना सम्पन्न भएको र बाँकी निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष जितबहादुर गुरुङले आयोजनाले निर्माणका बेला स्थानीयको मागलाई पूरा गर्ने सन्दर्भमा सामाजिक उत्तरदायित्वका काम ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.