×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भेष बदलेर टुरिष्ट बनेका पर्यटनमन्त्रीलाई ट्याक्सीले फनफनी घुमायो !

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भीआईपीको शौचालयमा पसेर मन्त्री शाही यस्तो बने

    ३ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आइतबार अबेर झण्डा हल्लाउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । भीआईपी कक्षमा प्रवेश गरे ।

    तर, उनी कतिबेला फर्किए कसैले पत्तै पाएनन् । मन्त्री शाही विमानस्थलका ट्याक्सी चालकको अनुगमन गर्न विमानस्थल गएका थिए । किनकी उनलाई विदेशी साथीहरुले ट्याक्सीमा धेरै ठगिने गरेको गुनासो गरेका थिए । उनलाई लाग्यो, म आफैं एक पटक पर्यटक बनेर किन वास्तविकता पत्ता नलगाउने ?

    इत्तेहाद एयरको विमान आउने समय पारेर विमानस्थल पुगेका मन्त्री शाही सुटुक्क भीआईपी कक्षको शौचालयमा पसे र ड्रेस चेन्ज गरे । कोटपाइटमा गएका मन्त्री अब पर्यटक बने । कालो पाइन्ट, सेतो टिसर्ट, हृयाट र कालो चश्मा लगाएका उनी झोला बोकेर निस्कँदा पर्यटक जस्तै देखिए । अग्लो कद उनी पर्यटक जस्तै देखिए ।

    भीआइपी अक्षबाट केही अघि बढेर मन्त्री शाहीले अध्यागमनको कामकारबाहीलाई केही टाढैबाट नियाले । अगाडि जाँदा पासपोर्ट चाहिने भएकाले उनले टाढैबाट हेरे । र, पर्यटक बनेर बाहिर निस्किए ।

    उनी ट्याक्सीको खोजीमा लागे । विमानस्थलमा निलो, रातो र कालो नम्बर प्लेटका ट्याक्सीहरु उपलब्ध छन् । ट्याक्सी चालकहरु शाहीलाई पर्यटक सम्भिmएर तानातान गर्न लागे र अन्तत उनी निलो नम्बर प्लेटको ट्याक्सी चढे ।

    उनले आफू भारतीय भएको र अहिले अमेरिकामा बस्ने भन्दै नेपाल घुम्न आएको बताए । र, ठमेल लगिदिन भने । पर्यटकको भेषमा रहेका मन्त्री शाहीले आफूलाई काठमाडौं गेष्टहाउसमा लगिदिन आग्रह गरेका थिए ।

    तर, ट्याक्सी चालकले कहिले दियालो राम्रो भएको भन्दै त्यहाँ पुर्‍यायो । मन्त्रीले काठमाडौं गेष्ट हाउसमा नै लैजा भनेपछि ट्याक्सी चालकले हिमालयन पुर्‍यायो । तर, नमानेपछि काठमाडौं गेष्ट हाउसमा त पुर्‍यायो तर, १५ सय भाडा उठाएर ।

    होटलमा पुगेपछि कोठा बुक गर्नु पर्ने भएकाले शाहीले जब आफ्नो असली परिचय दिए, ट्याक्सी चालक झस्किए ।

    आफ्नो अनुगमनको निष्कर्ष अनलाइनखबरलाई सुनाउँदै मन्त्री शाहीले भने, पर्यटकहरुले गरेको गुनासो एकदमै सही रहेछ । ट्याक्सी चाकलले तानातान गर्नेदेखि अनेक गर्दा रहेछन् । यसले देशकै बेइजत भएको छ ।’

    आइतार अबेर अनुगमन गरेका मन्त्री शाहीले सोमबार सम्वन्धित अधिकारीहरुलाई बोलाएर विमानस्थलमा ट्याक्सी व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

    ट्याक्सीहरु ताकिएको लाइनमा बस्नु पर्ने र पर्यटकहरुलाई तान्ने जस्ता काम गर्न नहुने आफूले निर्देशन दिएको मन्त्री शाहीले बताएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.