×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

यात्रुलाई साझाको दशैं उपहार,चढ्ने होइन त नयाँ बस ?

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं भित्रिए साझाका सानदार बस

    रविन्द्र घिमिरे/कविन अधिकारी

    Sajha_ New_Bus

    ३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा उदाहरणीय सार्वजनिक यातायात मानिएको साझा यातायातले नयाँ बसहरु भित्र्याएको छ । र, अबको केही दिनमा काठमाडौंको सडकहरुमा यो बस गुड्नेछ ।

    काठमाडौं महानगरपालिकालाई १० करोडको शेयर बेचेर साझा यातायातले ३० वटा नयाँ बस किनेको छ । जसमध्ये १५ भन्दा बढी काठमाडौं आइसकेका छन् भने बाँकी वीरगञ्जबाट भन्सार पास भएर आउने क्रममा छन् ।

    अपांगमैत्री र आरामदायी

    बसमा दुईवटा ढोका छन् र दुबै फराकिला छन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ ।

    Sajha Bus (11)

     

    बसमा दुईवटा ह्वील चेयर अटाउने स्पेश छ । र, बसभित्र ह्वीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ ।

    यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ । भारतीय कम्पनी अशोक ले-ल्याण्डका सर्भिस म्यानेजर अनुपकुमार स्वाइँले साझाका नयाँ बस भारतीय सडकमा गुड्ने ठूला बसभन्दा पनि आकर्षक र यात्रुमैत्री रहेको अनलाइनखबरलाई बताए ।

    Sajha Bus (9)

    मोबाइल चार्ज सुविधा

    बसको ढोका ड्राइभरले नै अटो खुल्ने लगाउने गर्न सक्छन् । यो बसमा ४ वटा भेन्टिलेटर दिइएको छ । यसले बसभित्र बस्दा यात्रुलाई अप्ठेरो महशुस हुने छैन । गाडीका विभिन्न भागमा मोबाइल चार्ज गर्ने सुविधा पनि दिइएको छ । अहिले चार्जिङ फेसिलिटी भएका एउटा पनि बस काठमाडौंभित्र गुड्दैनन् ।

    बसमा ४० वटा सिट छन् । सीटहरु अन्य बसहरुको तुलनामा ठूला छन्, जसले अभिभावकसँग यात्रा गर्ने बालबालिकालाई सहज हुनेछ । बीचभागमा पर्याप्त स्पेशका साथै ३० वटा ह्यांगर छ, जसका कारण उँभिएर यात्रा गर्दा पनि कोचिएर बस्नु पर्नेछैन ।

    Sajha Bus (8)

    साझाका नयाँ बसहरुमा मनोरञ्जनका लागि टिभी जडान गरिनेछ भने सुरक्षाका लागि सीसी क्यामरा पनि जोड्ने योजना रहेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।sajha new bus 11 (1)

    बसको इन्टिेरियर डिजाइनिङ पनि उत्कृष्ट भएकाले यसमा यात्रा गर्नेलाई मनोबैज्ञानिक आनन्द मिल्ने कम्पनीका इञ्जिनियर स्वाइँको दाबी छ । ‘नेपालमै पहिलोपटक यस्ता बस भित्रिएका छन् । यो सुविधा र सुरक्षामा अब्बल मात्रै छैन, यो यात्रुलाई बसभित्र कम्र्फट र साइकोलोजिकल वन्डरफूल फील दिन पनि सफल हुनेछ’ उनले भने ।

    बसमा प्रयोग भएको ब्याट्रीलाई बाहिरी भागमा जडान गरिएकाले आगलागी लगायतका घटना भएमा यात्रुलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले बताएको छ ।

    नयाँ रुटमा जाने, पुरानोमा थप्ने

    Sajha Bus (7)

    साझाले ०७० को वैशाखदेखि राजधानीमा १६ वटा बस सञ्चालन गरिरहेको छ । नयाँ आउने केही बसहरु अहिले चलिरहेका रुटमै थप गरिने छ भने केही नयाँ रुटमा पनि सञ्चालन गरिने साझाका निमित्त सीइओ पाण्डेयले बताए । ‘अहिलेकै रुटमा पनि बस संख्या कम छन् । त्यसमा आवश्यक थपेर अन्य रुटमा पनि पर्मिट लिने योजना छ,’ पाण्डेयले भने ।sajha new bus 11 (2)

    नयाँ बसलाई तिहार अघिसम्म सञ्चालन गर्ने साझाको लक्ष्य छ । पाण्डेयका अनुसार सबै बस आइसकेपछि रुट इजाजतको प्रक्रिया सुरु हूनेछ । रुट निर्धारण गर्दा सबैलाई सहज पार्ने गरी माग र यात्रको चापको अवस्था हेर्ने उनले बताए ।sajha new bus 11 (3)

    अहिले नयाँ बसपार्कदेखि लगनखेलसम्म ६ वटा बस चलिरहेका छन् भने नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म ४ वटा बसले सेवा दिइरहेका छन् । लगनखेलदेखि बुढानिलकण्ठसम्म ६ वटा बस सञ्चालनमा छन् ।

    Sajha Bus (2)

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.