×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उपचारमा सघाउन दौड

  •  
  • बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्यान्सरपीडित बालबालिकाको उपचारमा सघाउन पोखरादेखि काठमाडौंसम्म दौडन लागेका अस्ट्रेलियन अल्ट्राधावक टिम ब्लेयर (बीचमा) ।
    कृष्णमणि बराल
    पोखराः आफूलाई लागेको क्यान्सरको उपचारका क्रममा दौडन सुरु गरेका अस्ट्रेलियाका टिम ब्लेयर बुधबार पोखराबाट काठमाडौंको दौड सुरु गर्दैछन्, क्यान्सरपीडित बालबालिकाको उपचारमा सघाउन ।
    सुरुवाती चरणमै क्यान्सरको उपचार गरेर बाँचेपछि उनले आफ्नो पुरानो पेसा इन्जिनियरिङ चटक्कै छाडिदिए र सुरु गरे समाजसेवा । आफू भयानक रोग लाग्दा सुरुमै उपचार गराएर बाँचेको र सोही रोगले आफ्नै छोरीकी साथीले ज्यान गुमाएको थाहा पाएपछि उनी क्यान्सरपीडितका लागि उपचार र सहयोग रकम जुटाउन लागिपरेका छन् ।
    बुधबारदेखि चार दिन लगाएर जब उनी पोखराबाट काठमाडौंसम्म दौडनेछन्, अस्ट्रेलियामा शुभेच्छुकहरूले रकम दिएर सहयोग गर्नेछन् । ‘म दौडँदा दाताहरूले सहयोग गर्नेछन्,’ ४७ वर्षीय ब्लेयरले मंगलबार पोखरामा पत्रकारसँग भने ।
    क्यान्सर लागेको थाहा पाएपछि शरीर तन्दुरुस्त राख्न उनले व्यक्तिगत रूपमै दौडन थालेका थिए । ‘त्यसरी दौडँदा मेरो स्वास्थ्यमा फाइदा पुगेको थियो’, उनले प्रस्ट्याए । दौडेरै छारेरोगबाट पनि मुक्ति पाएको उनले बताए । ब्लेयरलाई सन् २०११ मा छातीको क्यान्सर लागेको थियो ।
    क्यान्सरलाई जितेका अस्ट्रेलियन अल्ट्राधावक क्यान्सरपीडित बालबालिकाको उपचारमा सघाउन पोखरादेखि काठमाडौंसम्म दौडदै छन ।
    अहिले उनी अस्ट्रेलियाका अल्ट्राधावकका रूपमा दौडिरहेका छन् । नेपाल पर्यटन बोर्डले उनलाई नेपालमा सघाइरहेको छ । उनी नेपालमा दौडिँदा पर्यटन प्रवद्र्धन हुने भएकाले सघाएको बोर्डका पोखराका अधिकृत सूर्य थपलियाले बताए । ‘भूकम्पछि नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश विश्वका पर्यटकमाझ प्रवाह गर्न उनको दौड फलदायी हुनेछ’, थपलियाले भने ।
    फेवाताल किनार बसुन्धरा पार्कबाट बुधबार दौड सुरु गरी चार दिनमा निर्धारित दुरी दुई सय दस किलोमिटर पूरा गरी काठमाडौं वसन्तपुरमा उनको दौड पूरा हुनेछ । उनका साथमा नेपाली अल्ट्राधावक राज प्रधान र नारायण आचार्य पनि दौडनेछन् ।
    डुम्रे, मलेखु र धार्के हुँदै चौथो दिन उनीहरूको टोली काठमाडौं आइपुग्नेछ । अस्ट्रेलियामा जम्मा हुने पैसामध्ये केही ब्लेयरले सोलुखुम्बु जिल्लाको एक विद्यालयलाई दिने भएका छन् ।
    सन् १९९० मा पहिलोपटक नेपाल आएका उनले त्यतिबेला भेटेका साथी राजन थापा र उनकी श्रीमती पेमा डोमा शेर्पाको सम्झनामा नेपालमा च्यारिटी दौड गर्ने योजना पहिल्यै बनाएका थिए । राजन र पेमाको निधन भइसकेको छ । पेमा डोमा उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.