×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुढीगण्डकीमा भ्रष्टाचारको गुँड ! ३ लाखको जग्गामा १० लाख मुआब्जा !

  •  
  • सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वातावरणीय व्यवस्थापनमा ६१ अर्ब, मुआब्जामा ७० अर्ब लाग्ने

    २६ भदौ, काठमाडौं । नेपालमा भ्रष्टाचारका नयाँ-नयाँ आयाम देखा पर्न थालेका छन् । यसको पछिल्लो दृष्टान्त बूढीगण्डकी जलविद्युत आयोजनामा देखिएको छ । जग्गा दलालहरुले मुआब्जा पाइने आशमा हतार-हतार जग्गा किनेर नक्कली स्थानीयवासी बनेपछि भ्रष्टाचारको नयाँ पर्दा खुलेको हो ।

    धादिङ र गोरखाको सीमानामा पर्ने बूढीगण्डकी आयोजना निर्माणका क्रममा करिब ५८ हजार रोपनी जग्गा अधिग्रहण गरिने थाहा पाएपछि काठमाडौंलगायत बाहिरी जिल्लाका दलालहरुले त्यहाँ जग्गा ओगटेका छन् । ५८ हजार रोपनी जग्गाको मुआब्जा तिर्नुपर्ने भनिए पनि दर्ता छुटेका मानिसहरुको जग्गासमेत जोड्दा करिब ७० हजार रोपनीको मुआब्जा तिर्नुपर्ने जिल्ला मालपोतका कर्मचारी बताउँछन् ।

    सरकारबाट बढी मूल्यांकन गरेर मुआब्जा हात पार्नका लागि बाहिरी जिल्लाबाट रातारात जग्गा धनीहरु खडा गरिएपछि हाल त्यहाँ मुआब्जाका लागिमात्रै ४३ अर्ब लाग्ने भएको छ । धादिङ र गोरखाका मालपोत अधिकृतहरुले समेत त्यहाँको साविकको जग्गाको मूल्यांकन बढी देखाएर जग्गा रजिष्ट्रेसन गराई राज्यको ढुकुटी मास्न सहयोग पुर्‍याएको भेटिएको छ ।

    बूढीगण्डकीमा मुआब्जा वितरण हुँदैछ भन्ने थाहा पाएपछि राज्यबाट पैसा पाइने लोभमा जग्गा किनेका बाहिरी जिल्लाका स्थानीयवासीलाई मुआब्जा नदिन कतिपय स्थानीयवासीले माग गर्न थालेका छन् । नक्कली जग्गावालका कारण वास्तविक विस्थापितहरुलाई असहज हुनुका साथै यो चलखेलका कारण उत्पादित बिजुलीसमेत महंगो पर्ने देखिएको छ ।

    तीन-चार लाखमा किनेर १० लाख थाप्दै

    स्रोतका अनुसार जग्गा दलालहरुले बूढीगण्डकी आसपासको पाखोबारी बढीमा ३/४ लाख रुपैयाँ प्रतिरोपनी हालेर खरिद गरेका छन् । सो जग्गामा सरकारले प्रतिरोपनी १० लाख रुपैयाँका दरले मुआब्जा दिनुपर्ने उनीहरुको माग छ । यसबारे प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले निर्णय गर्ने बताइएको छ । प्रतिरोपनी ६/७ लाख रुपैयाँ राज्यबाट ठग्ने ध्येयले नयाँ जाग्गावालहरु देखा परेपछि मुआब्जाका लागि मात्रै सरकारले ६० देखि ७० अर्बसम्म खर्च गर्नुपर्ने देखिएको छ ।

    मुआब्जाका लागिमात्रै ६० /७० अर्ब खर्च गर्नुभन्दा अर्को आयोजनामा लगानी गर्ने हो भने बेग्लै आयोजना सम्पन्न हुन सक्ने विज्ञहरु बताउँछन् । बूढीगण्डकीमा कुल २ खर्ब ५४ अर्ब लागत लाग्ने प्रारम्भिक आँकलन गरिएको छ । यतिधेरै लगानी त्यसमा पनि अधीक महंगो मुआब्जा तिरेर लगानी गर्न विदेशीहरु सहजै तयार नहुने जानकारहरुको तर्क छ ।

    धादिङ र गोरखाका जिल्ला मालपोत कार्यालयले गत चैत २० गतेदेखि सो क्षेत्रको जग्गा किनबेच रोक्का गरेका छन् । तर, रोक्का भइसकेको अवस्थामा पनि दलालहरु जग्गा किन्न पाइन्छ कि भन्दै गाउँगाउँ जाने क्रम अझै रोकिएको छैन । ३/४ लाखमा जग्गा किनेर राज्यलाई १० लाखका दरले बेच्न पाइन्छ भन्ने थाहा पाएपछि दलालहरु गाउँ पस्न थालेका हुन् ।

    जनता भन्छन् शेयर, सरकार भन्छ मुआब्जा

    त्यसो त बूढीगण्डकी आयोजनामा शेयर लगानी गर्न जनता इच्छुक रहेको दाबी सरोकारवालाहरुको छ । स्थानीयवासी पनि आफ्नो जग्गाको मूल्य बराबरको सेयर लगानी गर्न तयार छन् । देशभरिका नागरिकले शेयर लगानी गर्ने हो भने रकम जुटाउने सकिने कतिपयको भनाइ छ ।

    तर, सरकारले चाँहि ३ लाखको जग्गा १० लाखमा किन्ने गरी महंगो मुआब्जाको कुरा गरिरहेको छ । यसले गर्दा मुआब्जामै ७० अर्बसम्म खर्च गर्नुपर्ने महंगो आयोजनामा लगानी गर्न चाहनेहरु तर्सिने अवस्था सिर्जना भएको स्रोत बताउँछ ।

    वातावरणीय व्यवस्थापनका लागि मात्रै ६१ अर्ब लाग्ने

    यसैवीच १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकीको वातावरणीय व्यवस्थापनका लागि मात्रै ६१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । फ्रन्सेली कम्पनी ट्रेक्टावेल इञ्जिनियरिङले तयार पारेको वातावरणीय प्रभाव मुल्याङक प्रतिवेदन (इआइए रिपोर्ट)मा यस्तो देखिएको हो ।

    ट्रेक्टावेलले महिना दिनअघि जनसंख्या तथा वातावरण मन्त्रालयलाई इआइए रिपोर्ट बुझाएको थियो । प्रतिवेदनमा बुढीगण्डकी आयोजना बनाउँदा वातावरणीय व्यवस्थापनका लागि अनुमानित ६१ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ लाग्ने उल्लेख छ ।

    यो आयोजना बनाउन खर्च हुने कुल लागतको २४.०१ प्रतिशत हो । बुढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) अनुसार आयोजना बनाउन २ खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    प्रतिवेदनअनुसार आयोजना बनेपछि १५ वर्षसम्म वाषिर्क ६२ करोड २७ लाख १० हजार रुपैयाँ राजस्व आम्दानी हुने र १६औं वर्षदेखि वाषिर्क ३ अर्ब ७१ करोड ३५ लाख ७० हजार रुपैयाँ राजस्व आम्दानी हुनेछ ।

    फ्रान्सेली कम्पनी ट्रेक्टावेल इञ्जिनियरिङको नेतृत्वमा नेपालका जेड कन्सल्ट र नेपाल इन्मारोन्मेण्टल एण्ड साइन्टिफिक सर्भिसज प्रा.लि. को संयुक्त समुहले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार पारेको हो ।

    वातावरणीय व्यवस्थापनका लागि १ अर्ब ८९ करोड ६५ लाख ४० हजार रुपैयाँ भौतिक वातावरणमा, ३ अर्ब ३४ करोड २४ लाख १० हजार रुपैयाँ जैविक वातावरणमा र ५२ अब १५ करोड ८५ लाख २० हजार सामाजिक वातावरणमा खर्च हुने उल्लेख छ ।

    त्यस्तै, वातावरणीय सुपरिवेक्षण तथा संपरिक्षणका अनुमानित ३ करोड २९ लाख ४० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    वातावरणीय तथा सामाजिक व्यवस्थापन कार्यान्वयन तथा भैपरि आउने रकम समेत ३ अर्ब ७७ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ ।

    वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि जनसंख्या मन्त्रालयले केही कमेन्ट गरिसकेको र ट्रेक्टावेलले केहीदिनभित्रै मन्त्रालयको कमेन्टलाई पनि समावेस गरेर प्रतिवेदन बुझाउँदैछ ।

    ‘बुढीगण्डकीको इआइए रिपोर्टअनुसार आयोजना सम्भाव्य देखिएको छ,’ जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिवेदनलाई चाँडै स्वीकृति दिने गृहकार्य भइरहेको छ ।’

    कुनै पनि ठूला आयोजना बनाउनुभन्दा पहिला त्यसको वातावरणीय प्रभावबारे मुल्यांकन गरी त्यो वातावरणीय प्रभावका हिसाबले उपयुक्त छ भने मात्रै निर्माणका लागि अन्तिम स्वीकृति दिइन्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.