×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली क्रिकेटमाथि लगाइएको प्रतिबन्ध हटाउन आइसीसी सहमत

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली क्रिकेटमाथि लगाइएको प्रतिबन्ध हटाउन आइसीसी सहमत क्यानको सट्टा ‘नेपाल क्रिकेट बोर्ड’ बनाइने

    काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाल क्रिकेट काउन्सिलमाथि लगाएको प्रतिबन्ध फुकाउन सहमत भएको छ।
    आइसीसीका कार्यकारी अधिकृत (सीइओ) डेभिड रिचार्डसनको नेतृत्वमा नेपाल आएको तीन सदस्यीय टोलीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसहित खेलकुद मन्त्री दलजित श्रीपाइली र राखेपका सदस्य सचिवसँग गरेको सामूहिक छलफल गरेको थियो। छलफलपछि आइसीसीको टोली नेपाली क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको हो।
    प्रतिबन्ध फुकुवा भएपनि नेपाल क्रिकेट संघ (क्यान) भने अस्थित्वमा रहने छैन। आइसीसीले नेपाली क्रिकेटको समस्या समाधानका लागि नेपाल क्रिकेट संघ (क्यान) को सट्टा ‘नेपाल क्रिकेट बोर्ड’ गठनको प्रस्ताव अघि सारेको छ। त्यसमा सरकारले सहमति जनाएपछि अब नेपाल क्रिकेट बोर्ड गठन हुनेछ।
    राखेपका सदस्य सचिव केशव विष्टले आइसीसीका प्रतिनिधिसँग भएको सामूहिक छलफलमा आफूहरु क्रिकेटमा देखिएको समस्या समाधानका लागि तयार रहेको बताएपछि आइसीसीले प्रतिबन्ध फुकुवा गर्न सहमति जनाएको बताए। उनले भने,‘आइसीसीका प्रतिनिधिले नेपाली क्रिकेटको ठूलो सम्भावना रहेको र त्यसको समाधान गर्न नै आफूहरु नेपाल आएको बताएपछि विकल्पबारे छलफल भयो। त्यसपछि क्रिकेटको पुरानो संरचनालाई हटाएर नयाँ संरचनामा जाने विषयमा हामी सहमतिमा पुगेका हौं।’
    आइसीसीका प्रतिनिधिले नेपाल क्रिकेट बोर्ड गठन अघि तत्कालका लागि सल्लाहकार समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ। सल्लाहकार समितिमा संयोजक भने कोही रहने छैनन्। सल्लाहकार समिति ५ देखि सात सदस्यीय हुने प्रस्ताव आइसीसीको छ। त्यसमा सरकार सहमत भएकाले आइतबार दिउँसो बस्ने बैठकले सल्लाहकार समितिको टुंगो लगाउने सदस्य सचिव विष्टले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
    सल्लाकार समितिले नेपाल क्रिकेट बोर्ड गठन नहुन्जेलसम्मका लागि क्रिकेटसम्बन्धी सबै काम गर्नेछ। सल्लाहकार समितिले तीन महिनाभित्र नेपाल क्रिकेट बोर्डको निर्वाचन गराउने मोटामोटी सहमति आइसीसी र नेपाल सरकारबीच भएको छ।
    राखेप सदस्य सचिव विष्टका अनुसार आइसीसीले नेपाली क्रिकेटलाई गर्दै आएको सहयोग रकम पनि छिट्टै रिलिज गर्न सहमति जनाएको छ। ‘नेपाली क्रिकेट संघभित्र विवाद भएपछि आइसीसीले रोकेको बजेट उपलब्ध गराउन हामीले आग्रह गर्यौं त्यसमा आइसीसीका प्रतिनिधिले सहमति जनाएका छन्।सल्लाहकार समिति र नेपाल क्रिकेट बोर्ड गठनपछि सहयोग रकम उपलब्ध गराउन आइसीसी सहमत भएको छ,’ विष्टले भने।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.