×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सेलिब्रेटीका दर अनुभव

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १९, २०७३- घ्यूले लछप्पै भिजेको भात र खसीको मासु। आमाले पकाएको दर साह्रै मीठो लाग्थ्यो। अहिले आफूले बत्तीस मसला राखेर पकाउँदा नि त्यस्तो स्वाद कहाँ पाउनु? गायिका रेखा शाहले शनिबार बिहानैदेखि मनमा यस्तै यस्तै कुरा खेलाउँदै दर पकाउन थालिन्। प्राय: बेलुका खाने दर उनले बिहानैदेखि सुरु गरेकी थिइन्। बेलुका समयमै सुत्नुपर्छ भन्ने रेखाको मान्यता रहेछ। त्यसैले राति खाने दरको परम्परालाई उनले समय सापेक्ष परिवर्तन गरेकी रहिछन्।

    रेखा करिब दुई दशकअघि आमाको हातले पकाएको दर सम्झिँदै थिइन्। दुई भाइलाई आफ्नै घरमा बोलाएकी उनले अरू परिकार घर सहयोगीलाई बनाउन लगाए पनि मासु पकाउनचाहिँ आफै अघि सरिन्। ‘मिट स्पेसल बनाउँछु,’ उनले भनिन्, ‘फिस फ्राईदेखि चार थरी त मासु नै छ।’ गाउँको र सहरको दरबीच स्वादभन्दा पनि आत्मीयतामा फरक हुने रेखाले अनुभव गरेकी रहिछन्। ‘सहरमा धेरै भेराइटी छ तर, टेस्ट छैन,’ उनले भनिन्, ‘गाउँको त पानी नै मीठो। अरूको के कुरा गर्नु?’ रेखाले दरको रूपमा धेरै मासु र फलफूललाई प्राथमिकता दिने गरेको बताइन्। त्यसैले उनले यसपालिको दरमा पनि फलफूल प्रशस्तै राखिन्।

    मासु खाँदा सलाद र फलफूलको प्रचूर प्रयोग गर्दा हेल्थ ब्यालेन्स हुने उनको धारणा छ। नायिका करिश्मा मानन्धरचाहिँ दर भन्नेबित्तिकै आमाको शाकाहारी परिकार नै सम्झन्छिन्। बहिनी पनि शाकाहारी हुन्। तर, आमाले करिश्माका लागि विशेष मासु बनाइदिनुहुन्छ। जसले गर्दा करिश्मा आमाको महत्त्व र माया झनै महसुस गर्न पाउँछिन्। अरू परिकारमा चाहिँ धेरै सागपात र सलाद हुन्छन्। विशेष गरी झोलिलो रसयुक्त खाना करिश्माको दरको मेनुमा पर्ने गर्छ। यसले हेल्थलाई स्फुर्ति दिनुको साथमा भोलिपल्ट तीजको ब्रत बस्दा पनि सहज हुने करिश्माको अनुभव छ। विगतका दिनमा आमाले पकाएको दर खाएर चित्त बुझाउने करिश्माले यसपटक भने छिमेकीलाई समेत निम्तो गरेकी छन्। एकअर्काको घरमा गएर मीठो परिकार साटासाट गरी खाने चलन अबदेखि सुरु गर्न लागेको उनले सुनाइन्। ‘छिमेकीले दर खान बोलाएका छन्, म पनि निम्तो गर्छु,’ उनले भनिन्, ‘यसले सम्बन्ध झनै बलियो बनाउँछजस्तो लाग्छ।’

    त्यस्तै, दीपाश्री निरौलाले पहिला आमाले दर भनेर पकाएको ढकनी सम्झिन्छिन्। आलुको अचार र दूधले बनेका परिकार विशेष हुन्थ्यो। उनले त्यही सिको गर्दै यसपालि काठमाडांैमा दर पकाउने बताइन्। तर, आफ्नो फुर्सद नभएकाले बहिनीले बनाउने दीपाले सुनाइन्। ‘ढकनीचाहिँ तयार पार्न नछुटा है भन्छु,’ दीपाले थपिन्, ‘त्यो खाँदा आमाको झल्को आउँछ।’ तीजमा दरजस्तो हेभी खाना खानु र मज्जाले नाच्नुको स्वाद बेग्लै लाग्छ उनलाई। त्यसैले उनीेमा कुनै कन्ट्रोल नगरी दर खाएर नाच्ने बानी रहेछ। सानैमा आमाले सुतिरहेको बेला मध्यरातमा उठाएर दर खुवाएको दीपा भुल्दिनन्।

    सहर छिरेपछि भने दीपाश्रीको दर मेनुमा बियर र वाइन थपिएको छ। नाचेर गर्मी हुँदा चिसो बियर पिएर शीतल महसुस गर्ने दीपाले बताइन्। ‘बियर खाए मोटाइन्छ भन्छन्,’ दीपा थप्छिन्, ‘कसले चिन्ता लिएर खानै छोड्छ र?’ अभिनेत्री मिथिला शर्माले घर र माइत गरी दुवै ठाउँ दर खान भ्याइन्। बिहानभरि घरमा आएका चेलिबेटीसँग मिलेर दर पकाएकी मिथिला शनिबार बेलुका चाहिँ बानेश्वरबाट जाउलाखेल माइत पुगिन्। घरमा माछामासु चल्ने भए पनि उनको माइतमा भने शाकाहारी दर हुन्छ। ८८ वर्षीया आमाको निर्देशनमा दिदीले मीठो खाना पकाउने मिथिलाले बताइन्। खाएपछि बेलुका अबेरसम्म नाचगान गर्ने चलन छ। आमाले अझै पनि पुराना भाकाका गीत गाएर सुनाउने हुँदा तीज पर्व मिथिलाका लागि महत्त्वपूर्ण लाग्छ। ‘मुमाले नाचेको र गाएको साह्रै मन पर्छ,’ मिथिलाले भनिन्, ‘उहाँको खुसीमा हामी त्यसै फुरुङ्ग पर्छौं।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.