×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अवैध हुण्डीमार्फत कोरियाबाट ४१ अर्ब रेमिट्यान्स

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारी कोटामा गएर हुण्डीको कारोबार

    पुष्प दुलाल

    १६ भदौ, काठमडौं । सरकारले हुण्डीको कारोबारलाई गैरकानूनी घोषणा गरेपनि सरकारी सरकारी कोटामा (इपीएस) बाट कामका लागि कोरिया गएका नेपालीहरुले ९६ प्रतिशत रेमिट्यान्स हुण्डीबाट पठाउने गरेको पाइएको छ ।

    गत आर्थिक वर्षमा कोरियाबाट ४३ अर्ब रुपैयाँ आउनुपर्नेमा बैंकिंग प्रणालीबाट २ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए ।

    ‘कोरियाबाट ९३ प्रतिशत रेमिट्यान्स हुण्डीमार्फत आउँछ,’ ढुंगानाले अनलाइनखबरसँग भने- ‘यसरी सरकारी कोटामै काम गर्न गएका कामदारले हुण्डीबाट रेमिट्यान्स पठाउनु लज्जास्पद हो ।’

    राष्ट्र बैंकले सरकारी कोटाबाट जाने कामदारलाई हुण्डीबाट रेमिट्यान्स पठाउन नदिन सरकारलाई लिखित सुझा नै दिइसकेको उनले जानकारी दिए । कोरियमा अहिले ३० हजार भन्दा बढी इपीएस कामदार कार्यरत छन् ।

    ‘हामीले अर्थ मन्त्रालयलाई चिठ्ठी नै लेखेर यसलाई रोक्न भनेका छौं,’ ढुंगानाले भने- ‘हुण्डीको कारोकार गर्नु गैरकानूनी हो, सरकारी कोटाबाटै गएकाहरुले गैरकानूनी कारोबार गर्दा सरकारले रोक्नै पर्छ भनेर पत्राचार गरिसकेका छौं ।’

    कोरियाली बैंकहरुसँग सम्झौता गरेर नेपालका करिब दर्जन रेमिट्यानस कम्पनीहरुले रेमिट्यान्स भित्र्याउनका लागि काम गरिरहेको उनले जानकारी दिए ।

    कुन कुन रेमिट्यान्स कम्पनीबाट पठाउन सकिन्छ ?

    ढुंगानाका अनुसार राष्ट्र बैंकले कोरियाबाट रेमिट्यान्स भित्र्याउनका लागि करिब दर्जन रेमिट्यान्स कम्पनीलाई इजाजत दिएको छ । जसअनुसार नेपाल रेमिट इन्टरनेशनलले कोरियाको पे गेट कम्पनीसँग सम्झौता गरेको छ । त्यसैगरी, राष्ट्रिय वाणिजय बैंकले कोरियन एक्सचेञ्जसँग, नविल बैंकले कोरियन एक्सचेञ्ज बैंक र कुकक मिन बैंकसँग रेमिट्यान्स कारोबारका लागि सम्झौता गरेको छ ।

    त्यस्तै, ग्लोबव आइएमइ बैं, एनएबी बैंक, सनराइज बैंकले कुक मिन बैंकसँग सम्झौता गरेका छन् भने हुलास रेमिट, सूर्य रेमिट, मायाँ रेमिटलले वेस्टन युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेका छन् । सिजी फिन्कोले डिपजटेक बैंक र वेस्टन युनियन सँग सम्झौता गरेको छ ।

    जसअनुसार कोरियामा कार्यरत नेपालीहरुले त्यहाँका बैंकमा गएर रकम जम्मा गरेपछि सम्झौता भएका संस्थामार्फत नेपालमा भुक्तानी मिल्छ ।

    किन हुन्छ हुण्डीको कारोबार ?

    कोरिया सरकारले त्यहाँ रेमिट्यान्स कम्पनी दर्ता हुन दिएको थिएन । तर अब विदेशी रेमिट्यान्स कम्पनी पनि दर्ता गर्न मिल्ने कानून निर्माण गर्न लागेको ढुंगानाले बताए ।

    ‘कोरिया सरकारले कानून संसोधन गरेपछि नेपालका रेमिट्यान्स कम्पनीहरु मार्केटिङका लागि जान्छन् र त्यसपछि हुण्डीको कारोबार क्रमश घट्ने छ,’ उनले भने ।

    कोरियाबाट पुँजी पलायन गर्न सक्रिय समूहले त्यहाँ कार्यरत नेपालीहरुलाई केही महंगोमा पैसा दिएर डलर किनेर सिंगापुर लगेर बेच्ने भएकाले कोरियामा कार्यरत नेपाली कामदारहरु हुण्डीमा आकषिर्त भएको उनले बताए ।

    ‘बैंकहरुले डलरमा १ सय ७ रुपैयाँ दिँदा पुँजी पलायन गर्न सक्रिय समुहले १ सय ९ रुपैयाँ दिएर किन्छ’ ढुंगानाले भने- जसकारण कामदारहरु हुण्डीमार्फत पैसा पठाइरहेका छन् ।

    त्यतिमात्र होइन, कोरियामा रहेका कामदारले एक पटक नेपाल पैसा पठाउँदा सेवा शुल्कबापत ९ सय रुपैयाँ तिर्नुपर्छ । बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउने कामदारको सेवा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाउन सरकालाई आग्रह गरिएको उनले जानकारी दिए ।
    Remitance_Korea
    ‘सेवा शुल्कमात्रै घटाउने हो भने पनि हुण्डीको कारोबार निरुत्साहित हुन्छ । आर्थिक वर्ष २०७०/०७१ मा एक अर्ब, २०७१/०७२ डेढ अर्ब र २०७२/०७३ मा दुई अर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट नेपाल भित्रि्एको उनले बताए ।

    ‘पहिलेको तुलनामा केही सुधार देखिए पनि यो लज्जास्पद हो,’ उनले भने- ‘सरकारले कानूनी व्यवस्था गरेर हुण्डीको कारोबारलाई चाँडोभन्दा चाँडो रोक्नुपर्छ । र, सरकारले त्यो तयारी पनि गरिरहेको छ ।’

    हुण्डीबाट कारोबार गर्नु बेफाइदा

    हुण्डीको कारोबार गैरकानूनी भएकाले हुण्डी गरेर पठाइएको रकमको स्रोत खुलाउन मिल्दैन । त्यसैले जुनसुकै दिन पनि सम्पत्ति सुद्धिकरणको कानून लाग्न सक्ने कार्यकारी निर्देशक ढुंगाना बताउँछन् ।

    औपचारिक च्यानल अर्थात् बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउँदा सरकारले घर जग्गा किन्दा रजिस्टेसन दस्तूरमा पनि प्रतिशत छुट दिएको छ । हुण्डीबाट कारोबार गर्नेले त्यस्तो छुट उपयोग गर्न पाउँदैनन् । र, हुण्डीबाट पठाएको रकम बाटोमै गायव भए कामदारले सरकारी नियकायमा उजुरी गर्न नसक्ने भएकाले त्यस्तो कारोबार अत्यन्तै जोखिमयुक्त भएको ढुंगानाले बताए ।\

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.