×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एयरपोर्टमा खाद्यन्नको चर्को मूल्य असुल्दै व्यावसायी, एक बोत्तल पानीको १ सय ५० रुपैयाँ

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    साढे ७ गुणा बढी मूल्य लिएको फेला

    • कैफियत भेटिए पनि कारबाही नुहुनु कर्मचारीको गलत मनसाय : उपभोक्ताकर्मी
    राजु चौधरी
    व्यवसायीसँगको मिलोमतोमा विभागकै कर्मचारीले मुद्दा कमजोर बनाउँछन्

    भाद्र १४, २०७३- त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो ।

    मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका सामान बिक्री गरेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको समेत भेटिएको थियो । ‘२० रुपैयाँ पर्ने पानीको मूल्य १ सय ५० रुपैयाँ, ४० रुपैयाँ पर्ने लेज २ सय रुपैयाँ, ४० देखि ५० रुपैयाँ पर्ने एक कप कफीको मूल्य २ सयसम्म लिएको पाइयो,’ शाखा अधिकृत भट्टले भने, ‘खाद्यको मूल्य प्रमाणित गर्ने गरी ७ दिनभित्र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिएका छौं ।’

    अनुगमनपछि कारबाही गर्ने अधिकार विभागको भएकाले सोहीअनुसार उपस्थित हुन निर्देशन दिएको उनले बताए । अनुगमनका क्रमममा क्लासिक मार्टमा ४० रुपैयाँ पर्ने लेज  सय २०, ३ सय ५० ग्रामको चकलेट ३ हजार, ५ सय ग्रामको बिस्कुट ५ सय ५० रुपैयाँमा बिक्री गरेको भेटियो ।

    कार्की मल्टिपलले ४० रुपैयाँको लेज २ सय, एक कप कफीको २ सय, ५ सय एमएल कोकलाई २ सय रुपैयाँ र अन्य खाद्यान्नमा पनि सोही अनुपातमा बिक्री गरेको पाइयो । यस्तै एबीपी मार्टले ६५ रुपैयाँ पर्ने कोकाकोला १ सय २०, ४० रुपैयाँ पर्ने लेज ८० र सोहीअनुसार अन्य खाद्यन्नमा दोब्बर मूल्य लिई बिक्री गरेको फेला परेको भट्टले बताए ।

    मूल्य बढी लिनुपर्ने कारण प्रस्ट पार्न पत्र र सामनहरूको खरिद मूल्यसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । ‘के कारणले मूल्य बढी लिएको हो कारण प्रस्ट पार्न र खरिद मूल्यसहित विभागमा उपस्थित हुन निर्देशन दिएका छौं,’ उनले भने । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले मज्जा जुस, मिठाइ र बिस्कुटको म्याद सकिएको फेला परेको बताए । एक प्याकेट बिस्कुटको मूल्य साढे ३ सय रुपैयाँसम्म लिएको भेटिएको उनले जनाए । ‘बिस्कुटमा मूल्य पनि उल्लेख गरिएको थिएन तर चर्को मूल्य असुलेको छ,’ उनले भने ।

    उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । यी विषय नखुलाई सामान बेच्नु गैरकानुनी हुने ऐनमा छ । तर, पटकपटक गरिएको अनुगमनमा व्यवसायीले ठगी गरेको भेटिए पनि व्यवसायीलाई कारबाही हुन सकेको छैन । कारबाही नहुँदा व्यवसायीले पनि सामानको मूल्य मनोमानी असुल्ने गरेका छन् ।

    विभागले गत वर्ष पनि कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, क्लासिक मार्क, न्यु कन्फेन्सरी स्टोर, स्वनिक सर्भिसेज प्रालि, सानिगा सर्भिस, एयरपोर्ट टी कफी एन्ड कन्फेन्सरी सप प्रालि, ग्रिनलाइन इन्टरनेसनललगायत ७ पसलमा अनुगमन गरेको थियो । त्यस क्रममा अधिकांश व्यवसायीहरूले ४ गुणासम्म मूल्यसँगै म्याद नाघेको सामान बिक्री गरेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको भेटिएको थियो । यस्तै अघिल्लो वर्ष अनुगमन गर्दा पनि सोही प्रकारको कैफियत भेटिएको थियो ।

    सोनिगा, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, क्लासिक मार्टस, न्यु कन्फेक्सनरी स्टोर र कार्की मल्टिपलसहित ५ स्टोरमा अनुगमन भएको  थियो । त्यसबेला विमानस्थल भित्रका स्टोर र सप्लायर्सले ३ गुणभन्दा बढी मूल्य लिने गरेको भेटिएको थियो । ती व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐन र कालोबजारी अनुसार कारबाही गर्ने जनाएको थियो । तर, कालोबजारी गर्ने व्यवसायीलाई कारबाही हुन सकेको छैन । यसरी कारबाही नहँुदा व्यवसायीको मनोबल उच्च भएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘सरकारले एयरपोर्टमा पटकपटक अनुगमन गर्छ । निर्देशन पनि दिन्छ,’ तिमिल्सेनाले भने, ‘अनुगमनको नाममा राज्यको स्रोत र साधन खर्च भएपछि सोहीअनुसार कडा काराबाही हुन सकेको छैन । कारबाही नहुँदा गलत काम गर्ने व्यवसायीको मनोबल उच्च भएको छ ।’

    कारबाहीका लागि सरकारको इच्छाशक्ति नहुनु र व्यावसायिक दबाबका कारण दोषीलाई कारबाही हुन नसकेको उनको तर्क छ । ‘कैफियत भेटिए पनि कारबाही हुन नसक्नुमा कर्मचारीको लगत मनसाय हुन सक्छ,’ उनले भने । तत्कालीन वाणिज्य तथा आपूर्ति विभागका अनुगमन टोली प्रमुख रत्नेश शशीले उच्च स्तरको कर्मचारीको सहयोग नहुँदा कारबाही हुन नसकेको बताउँछन् । ‘व्यवसायीसँगको मिलोमतोमा कारबाहीका लागि सहयोग भएन, सहयोग नहँुदा पनि केही व्यावसायी विरुद्ध मुद्दा दायर गरेका थिए,’ उनले भने, ‘कारबाही प्रक्रिया अघि बढाउँदा धम्की र त्रास खेप्नुपरेको थियो ।’

    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले व्यापारीले अत्यधिक मुनाफा राखेकाले कालोबजारी ऐन अन्तर्गत कारबाही गरिने बताए । ‘मन्त्रालयको टोलीले अनुगमन गर्दा चर्को मूल्य असुलेको फेला परेको छ,’ उनले भने, ‘मूल्य अत्यधिक बढी लिएको छ । सिधै कालोबजारी ऐन आकर्षित हुन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.