×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रानीपोखरीमा रड, सिमेन्ट प्रयोग गर्न पुरातत्व विभागको रोक

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मापदण्ड विपरीत बनेका संरचना भत्काउन निर्देशन •पुरातत्वको आदेश मान्छौं: महानगर

    – दामोदर न्यौपाने, काठमाडौं

    भाद्र १२, २०७३- रानीपोखरी पुनर्निर्माण गर्दा पुरातात्विक मापदण्ड मिचेर बनाएका संरचना भत्काउन पुरातत्व विभागले आइतबार काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ ।

    महानगरले रानीपोखरी पुनर्निर्माण गर्दा रड, सिमेन्ट र कंक्रिट प्रयोग गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए । ‘मापदण्ड मिचिएका संरचना भत्काउन निर्देशन दिंदै आज पत्र पठाएका छौं,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘पुरातात्विक महत्वका सम्पदा बनाउँदा सकेसम्म परम्परागत निर्माण समाग्रीबाट काम गर्नुपर्छ ।’

    रानी पोखरीको बीचमा रहेको वंशगोपाल मन्दिर जीर्णाेद्धार गर्ने क्रममा कंक्रिट प्रयोग भएपछि त्यसलाई भत्काएर पुरानै स्वरुपमा निर्माण गर्न स्थानीयवासीले माग गरेका थिए । गत वर्ष गएको महाभूकम्पले क्षतिग्रस्त बनाएपछि काठमाडौं महानगरपालिकाले यसको पुनर्निर्माण थालेको थियो ।

    महानगरले भने पत्र हेरेपछि के गर्ने भनेर निर्णय गर्ने जानकारी दिएको छ । ‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं,’ महानगरका निमित्त कार्यकारी प्रमुख सनद थापाले भने, ‘पहिला पत्र हेरौं । त्यसपछि के गर्ने भनेर विचार गर्छाै ।’ पुरातात्विक महत्त्वको स्थल भएकाले पुरातत्व विभागले दिएको जुनसुकै आदेश महानगरले मान्नुपर्ने उनको भनाइ छ ।

    महानगरले पहिला पनि रड, सिमेन्ट र कंक्रिट प्रयोग गरेकाले त्यही अनुसार पुनर्निर्माण गरेको दाबी गरेको थियो । पानी मुनिको सतह बलियो बनाउनु पर्ने भएकाले कंक्रिट प्रयोग गरेको दाबी गरेको थियो । पुरातत्वले भने महानगरको उक्त दाबीलाई निराधर भन्दै आएको थियो ।

    प्रताप मल्लले आफ्ना माइला छोराको मृत्यु भएपछि शोकमा रहेकी आफ्नी रानीलाई भुल्याउन रानीपोखरीको निर्माण गरेका थिए । विसं १७२७ मा बनेको रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर महादेव मन्दिर भुइँचालोले क्षतिग्रस्त बनाएको थियो ।

    करिब ११ करोड रुपैयाँ खर्च गरेर महानगरले यसको पुनर्निर्माण गर्ने योजना बनाएको हो ।

    पोखरीको बीचभागमा शिवलिङ्ग, महिशाशुर मर्दिनीको प्रतिमा राखिएको छ । प्रताप मल्लले आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको मृत्यु पछि शोकाकुल बनेकी रानीलाई भुल्याउन रानीपोखरी निर्माण गर्न लगाएका हुन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.