×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भोजपुर मेनिया (फोटो फिचर)

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आरके अदीप्त गिरी
    भोजपुरलाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । पूर्वाञ्चलको मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्य पाइन्छ ।Bhojpur-1
    कुनै बेला भोजपुर भन्नेबित्तिकै टक्सार बजार जोडिएर आउँथ्यो । । देशको पूर्वी यात्रा गर्दा राजा महेन्द्रले टक्सारलाई औद्योगिक नगरीको रूपमा विकास गर्न निर्देशन दिएका थिए । तामाका पैसा काट्न वि.सं. १८७२ मा स्थापित थियो, टक्सार । हाल टकविहीन छ टक्सार । त्यो परिचय हाल भोजपुरे खुकुरी र करुवाले दिएका छन् । टक्सारको साख हराएझैँ लाग्छ । बिचरा निरीहजस्तो देखिन्छ, टक्सार !Bhojpur-2

    भोजपुर जिल्लाको सदरमुकाम भोजपुर नै हो । भोजपुर पुग्दा पहाडी आकर्षक नागबेली प्राकृतिक आयतनले जोकोहीलाई पनि लोभ्याउँछ । हाल भोजपुरको मुख्यः विशेषता भनेको पर्यटकीय सम्पदास्थल बनेका छन् । खोटाङ र भोजपुरको सीमावर्ती ट्याम्केडाँडा पूर्वाञ्चलकै अग्लो डाँडाको रूपमा चिनिन्छ । धार्मिक रूपमा आस्था राख्नेलाई जिल्लाका साल्पा–सिलिचिङ, सिद्धकाली मन्दिर, सातधारा, षडानन्द आ श्रम, दिङ्ला, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागडी आदि प्रसिद्ध छन् । सांस्कृतिक एवम् ऐतिहासिकता अध्ययन गर्नेहरूका लागि किराँती संस्कृति र मिथक पर्याप्त छन् ।Bhojpur-3
    जिल्लाकै सबैभन्दा ठूलो र अग्लो पिखुवा खोला झरनाको मनोरम दृश्य हेर्दा जो कोहीको मन अभिभूत हुन्छ । त्यसका अलवा भोजपुरको चिनारी चाखेवा डाँडा, घोरेटार बजार, हाँसपोखरी, तिम्ला, टक्सारबजार, सुन्तलेडाँडा, रानीवास, पैयुँडाँडा आदि अतुल्य प्राकृतिक सोतसाधन र सम्पदाहरू छन् ।Bhojpur-4

    भोजपुर सुन्दर छ, तर यसको सुन्दरतालाई न राज्यले चिन्न सकेको छ न स्थानीयहरूले नै । पर्याप्त पर्यटकीय स्थलहरू भएर पनि प्रचारप्रसारको अभावमा भोजपुर निरीह बन्न बाध्य छ । समृद्ध र समुन्नत भोजपुरको कल्पना गर्दा पर्यटनलाई प्रमुखतामा राख्न आवश्यक देखिन्छ । आर्थिक विकासका लागि पर्यटन प्रमुख चिज हो ।Bhojpur-5-57c127f40a9758.47577440
    जसले जिल्लाको आर्थिक ढोका खोल्न सक्छ । मुख्य गरेर भोजपुरको जनजीवन खेतीकिसानीमा निर्भर छ । स्रोतसाधनको दृष्टिले सम्पन्न भएर पनि भोजपुर विकट हुनुका कारण विकासको गति धिमा देखिन्छ । यद्यपि विकासका गतिहरू विस्तारै अघि बढ्ने तरखरमा छन् । जिल्ला समृद्ध बन्नु भनेको जिल्लावासीको प्रतिष्ठा बढ्नु हो । पर्यटनलाई जिल्लाको मेरुदण्ड बनाउन सक्ने हो भने भोजपुर जिल्लाको रूप फेरिन त्यति समय लाग्ने छैन ।Bhojpur-6
    काठमाडौ–भोजपुर हवाईसेवा सञ्चालनमा रहे पनि त्यो औंसी–पूर्णेजस्तो छ । भरपर्दो मानिएको हिले–लेगुवा सडकमार्ग पनि बाटोको स्तरोन्नति हुन नसक्दा यात्रुहरूले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । भोजपुर पुग्न धरानबाट करिब एक दिनको सवारीसाधनको कष्टपूर्ण यात्रा तय गर्नुपर्दछ ।      Bhojpur-7

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.