×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘मुसो’ जगाउँछ सगरमाथा

  •  
  • शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    डिकिन्सन लेखक तथा चर्चित फिल्म निर्माता हुन्। नेसनल ज्योग्राफी, डिस्कभरी र बिबिसीमा डकुमेन्ट्री बनाएर चर्चा कमाएका उनी १९९६ को हिमआँधीका बीच सगरमाथा चढ्नेमध्येका एक सदस्य हुन्। उनले सगरमाथा आरोहणका बारेमा चार ओटा पुस्तक लेखिसकेका छन्। उनको गार्जियनमा छापिएको लेखको अनुदित र सम्पादित खण्ड–

     

    सगरमाथा चढ्न हुटहुटी लाग्ने मान्छेहरुले आफ्नो नाम जम्मा दुई सूचीमा दर्ज गर्ने मौका पाउँछन्। शिखरमा पुग्ने मानिसको सूची र अर्को, मर्नेहरुको सूची। पछिल्ला वर्षहरुमा दोस्रो सूची लामो हुदैँ गएको छ। २०१४ को हिउँ पहिरोमा १६ शेर्पाहरुको मृत्यु भयो। गतवर्षको नेपालको महाभूकम्पमा मात्रै घरजत्रो हिँउको ढिक्का झर्दा १९ जना पर्वतारोही मारिए।

    मेरो नाम भने पहिलो सूचीमा छ। २० वर्षअघि १९९६ को चर्चित र घातक सिजनमा म उत्तरतिरबाट सगरमाथाको टुप्पोमा पुगेको थिएँ। त्यहाँ पुग्दा साँच्चै नै अजीब महसुस गरेको थिएँ। हामी पुग्दा शिखरमा एउटै पदचिन्ह देखिदैँनथ्यो। फर्फराइरहेको बौद्ध झण्डाले सजिएर म शिखरमा पुग्दा मेरा गालामा आँशुका ढिक्का साह्रोगरी जमेका थिए। उत्तरतर्फबाट सगरमाथा चढ्ने म पाँचौ बेलायती भएको थिएँ, त्यो त्यही बाटो थियो, जुन बाटोमा १९२४ मा जर्ज मेलोरी र एण्ड्रयु इरभिनको मृत्यु भएको थियो।

    आरोहीहरु ‘मुसालाई ख्वाउने’ विषयमा कुरा गरिरहेका थिए। झट्ट सुन्दा यसले मान्छेलाई अलमल्याउँछ। तर सगरमाथा नै यस्तो मुसा हो जसले मानिसलाई जोखिम मोल्न, चुनौतीलाई स्वीकार्न र डरसँग जुध्न झक्झक्याउँछ। आरोहणप्रतिको भोक जगाउँछ। यसलाई यसरी पनि भन्न सकिन्छ, चुनौतीका कारण आरोहीमा पनि त्यही मुसा जाग्छ।

    त्यो बेला हामी ८ हजार मिटरबाट उँभो लागेपछि पानी बोतलभित्रै जमिसकेको थियो, जसले गर्दा १६ घण्टाको हाम्रो शिखर यात्राको दिनभर हामी पानीविहीन भएका थियौँ। हाइ क्याम्प फर्किदाँको अन्तिम घण्टामा मेरो सिलिण्डरमा अक्सिजन थिएन, मेरो शरीर खतरनाक रुपले डिहाइड्रेट भइसकेको थियो, शारीरिक थकान यस्तो थियो कि म आफ्नो अस्तित्व छ कि छैन थाहा पाइरहेको थिइनँ। न मलाई आफ्नो नाम याद थियो, न आफू रहेको हिमालको।

    जीवन र मृत्युबीचको साँध त्यहाँ डरलाग्दोगरी पातलो हुनेगर्छ। म चार मिनेटको शिखरको भिडियो र हिउँले खाएर भाँचिएका दुई ओटा औँला बोकेर तल झरेँ। केहीबेरका लागि मेरो मुसो खुसी भएको थियो। नौ दिनअघि एउटा ठूलो हिमआँधीले सगरमाथालाई बढारेको थियो, जसका कारण ८ जनाको ज्यान गएको थियो। सगरमाथामा एकै दिनमा भएको त्यतिबेलासम्मको सबैभन्दा ठूलो विपत्ती थियो त्यो। त्यो स्प्रिङमा १६ जना मानिस मारिएका थिए। मूर्खता र जीवन्तताको त्यो रोलरकोस्टर यात्राबारे आरोही जोन क्रेकरले आफ्नो पुस्तक ‘इन टु द थिन एयर’ मा मिहिन चर्चा गरेका छन्। सो पुस्तक अमेरिकी चेतनामा यसरी प्रवेश गर्यो कि भर्खरै त्यसैमाथि एउटा ठूलै हलिउड फिल्म निर्माण गरिएको छ।

    सगरमाथा आफूभन्दा ठूलो बनेको छ।यो वर्ष म पुनः सेफिल्डमा रहेको पर्वतारोहणसम्बन्धी कम्पनी ज्याग्ड ग्लोबको आवासीय लेखकको रुपमा सगरमाथा पुगेको थिएँ। हामी प्लेन चढेर लुक्लाको खतरनाक एयरपोर्टमा उत्रियौँ, जुन आफैँमा भयानक अनुभव थियो। त्यतिधेरै पदयात्रीहरु थिएनन् यसपाली। भूकम्पले गर्दा पर्यटन थिलोथिलो भएको थियो। गारोमा ढुंगा थपेर मर्मत गरेको र दलिन बीचमा चर्किएको देख्दा नै पहिलेका आनन्ददायी नेपाली चिया पसलहरुले केही आकर्षण गुमाइसकेका थिए।

    बोस्टन डटकम

    पक्कै पनि पर्वातारोहीहरु कठोर चीजले बनेका हुन्छन्। हामी लुक्ला आइपुग्दा ३४ ओटा बेसक्याम्पतिर उक्लिन तयारी गरिरहेको थियो र २८९ ओटा शिखर आरोहण अनुमतिपत्र दिइसकिएको थियो। झण्डै ७ सय शेर्पा, उचाइमा काम गर्ने कामदारहरु, भरिया, आइसफल डाक्टर र भान्से पनि बाटो लागिसकेका थिए। र, लजमा काम गर्नेहरु, याक ड्राइभरहरु, हेलिकप्टरका पाइलट र पसलेहरु बाटोमै थिए। अनगिन्ती नेपाली परिवार जीविकाका लागि सगरमाथामा निर्भर छन्।

    मृत्युको घटना बढिरहँदा आरोहीहरु आइरहनु अचम्मको कुरो होइन? सगरमाथाका बारेमा लामो अनुभव लिएका ब्लगर अलान आर्नेटले एउटा आश्चर्यजनक प्रवृत्ति फेला पारेका छन्। ‘एउटा दुःखान्त वर्षपछि सगरमाथाले झनै बढी आरोहीहरुलाई आकर्षित गर्ने गरेको छ,’ उनले भर्खरै लेखेका छन्। ‘धेरै मान्छेको मृत्यु भएका वर्षहरु १९९६, २००६, २०१४ र १५ पछि रेकर्ड संख्यामा आरोहीहरु आएका छन्। सगरमाथाले जति बढी ज्यान लिन्छ, त्यति नै बढी मान्छे आउँछन्।’

    ज्यानको जोखिम मोलेर त्यसरी सगरमाथामा आउने मान्छेहरु को हुन् त? मेरो साथमा इयान, म्यारी, निक, रिचार्ड, स्टिभजस्ता आरोहीहरु थिए। अहिलेसम्म झण्डै ४ सय बेलायतीहरुले सगरमाथा चढिसकेका छन् तर त्यसले उनीहरुलाई कुनै फरक पार्दैनथ्यो। उनीहरुका लागि त्यो पहिलो पटक हुन्थ्यो।

    वास्तवमा यो जोखिमको कुरो थियो। उदाहरणका लागि अघिल्लो वर्षको भूकम्पमा परी गम्भीर घाइते भइकन बाँचेका निक टाल्बोट सगरमाथामा फर्किएका मात्रै थिएनन्, उनी सिस्टिक फाइब्रोसिसका कारण क्षतिग्रस्त फोक्सो लिएर पनि आरोहणमा गइरहेका थिए। मैले निकलाई अरुको भन्दा उनको फोक्सोले कति प्रतिशत कम काम गर्छ भनेर सोधेँ। उनले १५ प्रतिशत भनेर उत्तर दिए। ८८४८ मिटरको त्यो उचाईमा त्यही १५ प्रतिशत सजिलै जीवन र मृत्युबीचको फरक बन्न सक्थ्यो। तर निकले स्टिभ र म्यारीले झैँ शिखर चुमेरै छोडे। उनीहरुले ग्लास्गोका गजबका आरोहण दलका नेता डेभिड ह्यामिल्टनको साथमा शिखर चढेका थिए, जसले अहिलेसम्म ८ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनीहरुलाई सरदार पेमछिरी शेर्पाको निर्देशनमा पाँच जना शेर्पाहरुले सहयोग गरेका थिए। अन्य व्यवसायिक पर्वतारोहणमा जस्तै यसमा पनि शेर्पाहरुलाई भारी बोक्न र बाटो बनाउनका लागि साथ लिइएको थियो।

    मेस टेन्टभित्रको टेबलवरिपरीको गफ शेर्पाहरुले नेतृत्व गरेको र शेर्पाहरुको स्वामित्वको आरोहण दलमा आएको ठूलो परिवर्तनबारे केन्द्रित थियो। ‘अबको १० वर्षभित्र सबै पश्चिमा टोली यहाँबाट बाहिर हुनेछन्,’ एक पर्वतारोहण दलका नेताले मलाई बताए, ‘हामी यो खेलको अन्तमा छौँ। स्थानीयहरु यही काम आधा दाममा गर्न सक्छन् र उनीहरुले विशेषज्ञता हासिल गरिसकेका छन्।’

    तपाईं पैसाले तय गरेको आरोहणको बदलामा के पाउनुहुन्छ? तपाईं कुनै ग्यारेन्टी पाउनुहुन्न तर सगरमाथा चढाइमा एक किसिमको ग्ल्यामर छ। सगरमाथा चढ्दा तपाईं आफूलाई पर्वतीय संसारका साम्भ्रान्त हस्तीहरुसँग कुम जुधाइरहन सक्नुहुन्छ। आरोहका बेला एक साँझ मैले ६ पटक सगरमाथा चढिसकेकी र अक्सिजनबिनै शिखरमा पुग्ने पहिलो अमेरिकी महिला आरोही मेलिसा आर्नोट र पाइलट डेओर प्रतियोगिता दुई पटक जितिसकेकी उएली स्टेकलाई देखेँ। उनीहरु वरिपरीका मान्छेहरुमा स्वभाविक खुसुरफुसुर सिर्जना गर्दै हामी बसेकै लजको डाइनिङ रुमबाट पार भए। पैसाले तपाईंका लागि ओलम्पिकको १०० मिटर दौडको सुरुवाती रेखामा स्थान किन्न सक्दैन तर सगरमाथाको शीर्ष टेबलमा स्थान किन्न सक्छ।

    यति ठूलो हिमालका लागि आरोहीलाई पर्वतारोहण कम्पनीहरुमा बाँध्ने सम्झौता पत्रहरुमा छापिएका सानातिना कुरा कति धेरै महत्वपूर्ण हुन्छन् भने यी आफैँमा बिडम्बनायुक्त लाग्छ। आजभोलि लेखिएका कागजहरु सगरमाथाको फेदमा बेसक्याम्पको जुठोपूरोबाट जीवन धान्ने कागझैँ पखेटा फर्फराइरहेको देख्न सकिन्छ। धेरै धनी मानिसहरु आफूले ठानेको र पैसा तिरेको कुरा नपाउँदा वा प्रकृतिलाई सदाउन सकिन्न भन्ने कुरा देखिँदा रिसाउन सक्छन्।

    मनसुनको अनुमानसँगै धोखाको आरोप चलिरहन्छ। प्रत्येक आरोहण सिजनको अन्त्यतिर सगरमाथाको शिखर चुमेको दावीको जाँच गर्ने आँखा कम हुदैँ जान्छन्। यो वर्ष एक भारतीय जोडीले सगरमाथाको शिखरमा पुगेको नक्कली फोटो देखाएको आरोप अरु पर्वतारोहीहरुले लगाए। यस्ता विवादहरु विरलै समाधान गरिन्छन्।

    सगरमाथा आफ्नो रहस्य आफैँसँग राख्छ। र त्यो मुसो अझै त्यहीँ छ। चम्किला आँखा लिएर धैर्यपूर्वक पर्खिदैँ र मजस्ता मूर्खहरुलाई बोलाउँदै, जो विरोध गर्न जान्दैनन्। म २०१७ मा फर्किने योजनामा छु। यो ठाँउ हेर्न।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.