×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक, आगामी संस्करण जापानमा

  •  
  • सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – हिमेश, काठमाडौं

    भाद्र ६, २०७३- रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो, सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन । डर थियो, कमजोर तयारी र धेरै खाले समस्या कारण रियो ओलम्पिक वास्तवमै ‘खराब उदाहरण’ हुन सक्नेछ । तर यस्तो भएन् ।

    आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच आज बिहान रियो ओलम्पिक टुंगिएको छ । भलै समापन समारोहमा भरिभराउ दर्शक देखिएनन्, पानीले पनि बाधा पुर्‍यायो । तर जति बेला ओलम्पिक ज्योति निभाइयो, सबैले माने, अपेक्षा गरेभन्दा सफल रह्यो, रियो ओलम्पिक २०१६ ।

    ब्राजिलको सबैभन्दा ठूलो सहर रियो डे जेनेरियो आफ्नो साख जोगाउन सफल रह्यो । त्यसो त दुई साता चलेको रियो ओलम्पिकमा समस्या नै नभएको भने होइन ।

    सबैभन्दा ठूलो समस्या रह्यो, खेलाडी बस्न निर्माण भएको ओलम्पिक भिलेजमा नै । सुरक्षाको समस्या पनि उस्तै रह्यो । तर जतिबेला ओलम्पिक टुंगियो, यी विषय गौण रहे । स्वभाविक रूपमा चर्चा तिनै खेलाडी र उनीहरूको प्रदर्शनबारे भयो, जसका लागि उनीहरू हकदार रहे ।

    अबको चार वर्षपछि ओलम्पिक फेरि एसियामा फर्कंदैछ र सन् २०२० मा जापानको टोकियोले अर्को संस्करणको ग्रीष्मकालीन ओलम्पिकको आयोजना गर्नेछ । अर्को पटक टोकियोमा भेट्ने वाचासहित रियो ओलम्पिक खुसीको सन्देश दिएर विश्राम लिन सफल रह्यो ।

    यसपटकको रियो ओलम्पिकका सबैभन्दा ठूला दुई खेलाडी रहे, पौडीका माइकल फेल्प्स र एथलेटिक्सका युसेन बोल्ट । दुवैले आफ्नो प्रतिष्ठा अनुसार खेले । फेल्प्स रियो ओलम्पिककै क्रममा इतिहासमै सबैभन्दा बढी पदक जित्न सफल खेलाडी बने । स्प्रिन्टर बोल्टले यसपल्ट पनि तीन स्वर्ण जिते । उनले यसरी लगातार तीन स्वर्ण जितेको पनि लगातार तेस्रोपटक थियो । अब यिनै दुई ठूला नाम अब फेरि ओलम्पिकमा सुन्न पाइने छैन्, किनभने अब उनीहरू सन्यासतर्फ अग्रसर छन् ।

    अन्तिम पदक तालिकामा अमेरिका नै अगाडि रह्यो, कुल १ सय २१ पदकसहित । त्यसमा ४६ स्वर्ण सामेल थियो । यसक्रममा अमेरिकाले विश्व खेलकुदमा आफू नै नम्बर १ देश रहेको सिद्ध गर्‍यो । बेलायतका लागि यसपटकको ओलम्पिक अत्याधिक सुखद रह्यो । कुनै समय विश्व खेलकुदमा बेलायती चुनौती लगातार कमजोर रहने गरेको थियो ।

    अहिले बेलायती खेलकुद पुनरजागरणबाट गुज्रिरहेको छ । बेलायतले २७ स्वर्णसहित कुल ६७ पदक जित्यो र अमेरिका पछाडि दोस्रो स्थानमा रह्यो । बेलायतको यो प्रदर्शन धेरैका लागि आश्चर्यमा पार्ने खालका थियो । बेलायतको यही सुदुढ प्रदर्शनकै कारण चीन तेस्रो स्थानमा झर्न बाध्य रह्यो । चीनले २६ स्वर्णसहित कुल ७० पदक जित्यो ।

    चीनका लागि यो उपलब्धि असफलता जस्तै रह्यो । यस्तोमा चीनले आफ्नो खेलकुद कहाँनिर चुक्यो भनेर खोजीनीति गर्ने बताइसकेको छ । डोपिङ प्रकरणका कारण विवादमा फसेको रुस चौथो स्थानमा रह्यो, १९ स्वर्णसहित ५६ पदक जितेर । रुसले आशिंक सहभागिताको मात्र अवसर पाएको थियो । तर पनि रुसको प्रदर्शन खासै निराशाजनक रहेन ।

    दक्षिण एसियाका लागि फेरि एकपटक रियो ओलम्पिक निराशाजनक रह्यो । भारत विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भएपनि एक रजत र एक काँस्य मै सीमित रह्यो । अरु दक्षिण एसियाली देशले केही पनि गर्न सकेन् । यस्तोमा विश्वको कुल जनसंख्याको सबैभन्दा ठूलो भाग ओगट्ने दक्षिण एसिया विश्व खेलकुदमा किन पछाडि छ भनेर गम्भीर चिन्तन गर्ने समय पनि आएको छ ।

    तस्बिरहरु : राेयटर्स

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.