×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ओलम्पिकको पुरस्कार वितरणमा बिहेको प्रस्ताव

  •  
  • बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    तस्बिरः एजेन्सी

    आफ्नी प्रेमिकालाई बिहेका लागि प्रस्ताव गर्ने सही अवसर कहिले हुन सक्छ ?

    चीनका पौडी खेलाडी क्विन काई त रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको पुरस्कार वितरण समारोहमै आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राखेर रमाइलो समाचारको विषय बनेका छन् । ओलम्पिक खेलकुदअन्तर्गत पौडीको महिला डाइभिङ स्पर्धामा चीनकी ही जीले आइतबार रजत पदक जितेकी थिइन । ओलम्पिक खेलकुदमा पदक जितेको खुसी मनाइरहँदा उनले खुसी हुनुको अर्काे कारण पनि पाइन् ।

    जी आफूले जितेको पदक ग्रहण गरेर फर्कंदै थिइन्, अचानक उनका प्रेमी काई उनीतर्फ अघि बढे । त्यसपछि प्रेमी काईले पुरस्कार वितरण समारोहको समाचार संकलनका लागि उपस्थित दर्जनौं सञ्चारकर्मीका अगाडि नै आफ्नी प्रेमिका जीसमक्ष विवाहको प्रस्ताव राखे । पदक लिएर फर्कंदै गरेकी प्रेमिका जीलाई बीचैमा रोकेर काईले आफूले ल्याएको औंठी दिँदै घुँडा टेकेर विवाहको प्रस्ताव राखेका थिए ।

    काईको उक्त व्यवहारले रंगशालामा उपस्थित सबैको ध्यान तानेको थियो । त्यसपछि सञ्चारकर्मीका क्यामेराको लेन्स पनि उनीहरूतर्फ नै मोडिएको थियो । रंगशालामा उपस्थित दर्शकले समेत ताली बजाएर उनीहरूलाई साथ दिएका थिए । आफ्नो पूर्वजानकारी बिना नै प्रेमीले सार्वजनिक कार्यक्रममा विवाहको प्रस्ताव गरेपछि जी भने केही लजाएकी थिइन् । केहीबेर अकमक्किएकी जीले प्रेमी काईको प्रस्तावलाई स्वीकार गरेकी थिइन् ।

    के तिमी मसँग बिहे गर्छौ, भन्ने काईको प्रस्तावमा जीले ‘यस’ भन्ने जवाफ फर्काएकी थिइन् । केहीबेर रंगशालाको वातावरण नै नै रमाइलो बनेको थियो । काईले प्रेमीका जीलाई विवाहका लागि प्रस्ताव राख्दा टेलिभिजनहरूले पदक वितरण समारोहको प्रत्यक्ष प्रसारण गरिरहेका थिए । टेलिभिजनहरूले काईको प्रस्ताव र जीको स्विकारोक्तिलाई समेत प्रसारण गर्न भ्याए ।

    जीले आइतबार महिलातर्फको तीन मिटर स्प्रिङबोर्ड स्पर्धामा रजत पदक जितेकी थिइन् । काईले पनि जारी ओलम्पिकमा पुरुषतर्फको तीन मिटर सिन्क्रोनाइज्ड स्प्रिङबोर्ड स्पर्धामै कांस्य पदक जितेका थिए । जीले आफू पछिल्लो ६ वर्षदेखि काईसँगको प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन् ।

    यद्यपि काईले रियो ओलम्पिकका क्रममा आफूलाई यसरी बिहेको प्रस्ताव राख्लान् भनेर आफूले नसोचेको जीले बताइन् । ‘हामी पछिल्लो ६ वर्षदेखि प्रेम सम्बन्धमा छौं तर, काईले यसरी बिहेको प्रस्ताव राख्लान् भनेर मैले सोचेकी थिइनँ’, जीले भनिन्, ‘उनले मलाई धेरै कुरा भनेका छन् । धेरै वाचा पनि गरेका छन् । ती वाचाभन्दा पनि महŒवपूर्ण कुरा म उनलाई जीवनभर विश्वास गर्न सक्छु ।’

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.