×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मदिराको लत छाडेपछि फ्लेप्स बने ‘उड्ने माछा’

  •  
  • सोमबार, साउन ३१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नवीन अर्याल

    गत वर्ष रुसको कजानमा १६ औं विश्व पौडी प्रतियोगिता आयोजना हुँदा केही विदेशी मिडियाले अमेरिकी टोलीमा एक जना खेलाडीको खुब खोजी गरेका थिए। उनीहरूलाई लागेको रहेछ, तीनवटा ओलम्पिकका कीर्तिमानधारी पौडीबाज माइकल फ्लेप्सबिना अमेरिकी पौडी टोलीले पूर्णता पाउनै सक्दैन।
    फ्लेप्स सन् २०१४ सेप्टेम्बरमा अत्यधिक मदिरा सेवन गरेर तीव्र गतिमा गाडी चलाएको आरोपमा मेरिल्यान्डको फोर्ड म्याकहेनरी टनेलमा पक्राउ परेका थिए। यो आरोपमा ६ महिना सुधारगृहमा बसेका फ्लेप्स विश्व पौडी प्रतियोगिताको छनोटमा अमेरिकी टोलीमा अटाउनै सकेनन्। त्यतिबेला उनलाई पनि लागेको रहेछ– दुई वर्षअघि पौडी पोखरीमा फर्किने आफ्नो निर्णय कतै गलत त थिएन!
    सन् २०१२ को लन्डन ओलम्पिकमा ६ स्वर्ण र २ रजत जितेपछि फ्लेप्सले पौडीबाट सन्न्यास लिने घोषणा गरेका थिए। तर, ६ फिट ४ इन्च अग्ला फ्लेप्सले आफ्नो ऊर्जा कतै खर्च गर्ने ठाउँ नपाएपछि दुई वर्षमै पौडीमा फर्किने निर्णय गरे।
    विश्व पौडी प्रतियोगिताको नतिजा निस्कियो पनि उस्तै। ७५ वटा स्वर्णका लागि भएको स्पर्धामा १३ वटा मात्र स्वर्ण जितेको अमेरिका पदक तालिकामा चीनभन्दा तल पर्यो। त्यसपछि अमेरिकी पौडी संघलाई पनि आभाष भयो, स्टार खेलाडी त्यतिकै जन्मिँदैन रहेछ।
    यो नतिजाबाट स्तब्ध अमेरिकाले रियो ओलम्पिकका लागि ६ महिनाअघि पुनः छनोट प्रतियोगिता आयोजना गर्ने निर्णय गर्यो। जसमा माइकल फ्लेप्सले तीनवटा एकल स्पर्धामा स्वर्ण जितेर ३१ वर्षको उमेरमा पनि आफू ओलम्पिक खेल्न योग्य भएको प्रमाणित गरे।
    रियो ओलम्पिकमा उनले जुन कमाल देखाए, त्यसले उनलाई कुनै किंवदन्ती कथाका नायकभन्दा कम बनाएको छैन। आधुनिक ओलम्पिकको १ सय २० वर्ष लामो इतिहासमा उनी एक मात्र यस्ता खेलाडी हुन्, जसको नाममा २३ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल २८ ओलम्पिक पदक छ। ओलम्पिकमा २ सय ६ राष्ट्रले भाग लिन्छन्, जसमध्ये फ्लेप्सले जितेको स्वर्ण १ सय ६८ वटा देशले जितेभन्दा बढी हो भने उनले जितेको कुल ओलम्पिक पदक १ सय ५५ वटा राष्ट्रभन्दा बढी हो। त्यसैले, अहिले उनी विश्वभरि ‘उड्ने माछा’ को उपनामले चिनिन थालेका छन्।
    फ्लेप्सको खेल जीवन निकै उतारचढावपूर्ण मानिन्छ। रियोमा झै आठ वर्षअघि बेइजिङमा पनि उनी ओलम्पिक सुरु हुनुभन्दा ११ महिनाअघि एउटा नमिठो घटनाबाट गुज्रिएका थिए।
    त्यतिबेला उनी अमेरिकाको मिचिगनस्थित अफ्नो साथीको कारमा चढ्न लाग्दा ‘आइस’ को एउटा सानो पोकामा चिप्लिएर लड्न पुगेका थिए। यो घटनाका कारण उनको दायाँ हातको नाडी भाँचिएको थियो। फ्लेप्सलाई लागेको रहेछ– कहीँ आफ्नो खेल जीवन त समाप्त भएन।
    उनले आफ्ना प्रशिक्षक बब बोउम्यानलाई तत्कालै टेलिफोन गरेर घटनाको विस्तृत जानकारी गराउने क्रममा भनेका रहेछन्, ‘सबै समाप्त भयो, म सकिएँ।’
    तर, नाडीको शल्यक्रियापछि केही सातामै पौडी पोखरीमा फर्किएका फ्लेप्सले बेइजिङमा यस्तो बेजोड प्रदर्शन गरे, जुन अहिले पनि ओलम्पिक इतिहासमा सबैभन्दा यादगार क्षण मानिन्छ। उनले बेइजिङ ओलम्पिकमा आफूले भाग लिएको ८ स्पर्धामा ८ वटै स्वर्ण जितेर दुनियालाई नै चकित पारेका थिए।
    बेइजिङमा उनको प्रदर्शन आफ्नै देशका मार्क स्पिट्जले एउटै ओलम्पिकमा सर्वाधिक पदक जित्ने कीर्तिमानभन्दा उत्कृष्ट थियो। स्पिट्जले १९७२ म्युनिख ओलम्पिकमा पौडीतर्फ सातवटा स्वर्ण जितेका थिए। बेइजिङमा फ्लेप्सले गरेको प्रदर्शन सन् २००४ को एथेन्स ओलम्पिकमा उनले जितेको ६ स्वर्ण र २ कास्य भन्दा निकै उत्कृष्ट थियो।
    अमेरिकाको बाल्टिमोर निवासी माइकल फ्लेप्सको ओलम्पिक अभियानको सुरुआत सन् २००० सिड्नी ओलम्पिकबाट भएको हो। त्यतिबेला उनी १५ वर्षका मात्र थिए। उनी अमेरिकाको सबैभन्दा कान्छो पुरुष खेलाडीका रूपमा सिड्नीमा सहभागी भए। सिड्नीमा उनले पाँचौं स्थानमा रहँदै २ सय मिटर बटरफ्लाई पूरा गरेका थिए।
    एघार वर्षको उमेरदेखि नै प्रशिक्षक बब बोउम्यानसँग तालिम लिइरहेका फ्लेप्सले आफ्नो पूरै खेल जीवनमा ६६ स्वर्ण, १४ रजत र ३ कास्य गरी कुल ८८ वटा अन्तर्राष्ट्रिय पदक जितेका छन्। उनको नाममा अहिले पनि सय र दुई सय मिटर बटरफ्लाई तथा ४ सय मिटर इन्डिभिजुअल मिड्लेको विश्व कीर्तिमान छ।
    फ्लेप्स लजालु स्वभावका मानिन्छन्। उनको खेल जीवनमा सबैभन्दा बढी प्रभाव कसैको छ भने ती हुन्, उनको समग्र परिवार र प्रशिक्षक बोउम्यान।
    फ्लेप्स सात वर्षको हुँदा उनका पिता फ्रेड र आमा डेबीको पारपाचुके भएको थियो। त्यतिबेला उनकी आमाले दुई दिदी हिलारी र विट्नीसँगै फ्लेप्सको पालनपोषण गर्न थुप्रै दुःख गर्नुपरेको थियो।
    दिदी विट्नीले १३ वर्षको उमेरमा अमेरिकी पौडी टोलीबाट प्रतिनिधित्व गर्दे विश्व च्याम्पियनसिप खेलेकी थिइन्। विट्नी सन् १९९६ एट्लान्टा ओलम्पिकको बन्द शिविरमा समेत परेकी थिइन्। तर, ढाडको समस्याका कारण उनले चाँडै पौडी छाड्नुपर्यो। अर्की दिदी हिलारी पनि युनिभर्सिटीकी अब्बल पौडी खेलाडी हुन्।
    आमा रोजगारीका लागि बाहिर गएका बेला यी दुवै दिदीहरूले फ्लेप्सको स्याहारसुसार गर्थे। त्यतिमात्र होइन प्रशिक्षक बोउम्यान नभएको भए फ्लेप्स ओलम्पिक इतिहासकै सर्वाधिक सफल खेलाडी सायदै बन्ने थिए।
    फ्लेप्सको जीतप्रतिको भोक यस्तो छ, उनी ३१ वर्षको उमेरमा पनि रियोमा आफूभन्दा १० वर्ष कान्छा पौडीबाजविरूद्ध पौडँदा पहिलो स्वर्णको खोजीमा लागेझैं गर्थे। स्वर्णप्रति उनको आशक्ति कस्तो छ, यो बुझ्न सन् २००५ को एउटा घटनालाई केलाउँदा पुग्छ।
    त्यतिबेला स्पेनको बार्सिलोनामा भएको विश्व पौडी प्रतियोगितामा उनलाई इयान क्रोकरले सय मिटर बटरफ्लाईमा एक सेकेन्डले पराजित गरे। त्यो दिन फ्लेप्स सुत्नै सकेनन्। उनले आफ्नो शयनकक्षमा क्रोकरको ठूलो फोटो नै टाँसे। अभ्यासका लागि हरेक दिन पौडी पोखरीमा जाँदा उनी क्रोकरको फोटो हेरेर जान्थे।
    फ्लेप्स अस्ट्रेलियाका महान पौडीबाज इयान थोर्पका ठूला प्रशंसक हुन्। सन् २००० को सिड्नी ओलम्पिकमा तहल्का मच्चाएका थोर्पको खेल हेरेपछि फुच्चे फ्लेप्सले मनमनै एउटा अठोट गरेका थिए– कुनै दिन म पनि थोर्पजस्तै चर्चित बन्छु। उनी अभ्यासमा प्रायः थोर्पकै फ्रिस्टाइल स्पर्धाको भिडियो हेर्थे। यसमा पनि पानीभित्र थोर्पको चर्चित ‘डल्फिन किक’ लाई बढी नै नियाल्थे।
    सिड्नीबाट सुरु भएको फ्लेप्सको ओलम्पिक यात्रा १६ वर्षपछि रियोमा समाप्त भएको छ। उनले रियोमा आफ्नो अन्तिम स्पर्धा ४ सय गुणा सय मिटर मिड्ले रिलेमा स्वर्ण जितेपछि भावुक बन्दै सन्न्यासको घोषणा गरेका छन्। यतिबेला उनी ओलम्पिककै सबैभन्दा सफल खेलाडी बनिसकेका छन्।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.