×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एमाले बैठकमा ओलीको आलोचना, व्यक्तिवादी भएको आरोप

  •  
  • सोमबार, साउन ३१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    भीम रावल र प्रदीप ज्ञवालीले गरे नेतृत्वको बचाउ

     

    ३१ साउन, काठमाडौं । नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली व्यक्तिवादी भएको र त्यहि कारण एमाले-माओवादी गठबन्धन भत्किएको भन्दै आलोचना भएको छ ।

    स्थायी कमिटीको बैठकमा विगतका कामको समिक्षा गर्ने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरेका हुन् ।

    तर, ओली सरकारकमा उपप्रधान तथा रक्षामन्त्री रहेका उपाध्यक्ष भीम रावलले भने गठबन्धन भत्किनुमा ओलीको वा एमालेको दोष नरहेको भन्दै बचाउ गरेका छन् । उनले अन्यत्रकै डिजाइनबाट सरकार ढालिएको दावी गरेको एमाले स्रोतले जनाएको छ ।

    बैठकमा बरिष्ठ नेता नेपालले ओलीले प्रधानमन्त्री त्यागेर भने पनि गठबन्धन जोगाउनुपथ्र्यो भन्दै आलोचना गरेका छन् । उनले गठबन्धन जोगाउन नसक्नु कमजोरी भएको भन्दै सरकार सञ्चालनमा समेत गुटकरण गरेको आरोप लागाएका छन् ।

    नेपालपछि उनी निकट उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि ओलीको आलोचना गरेका छन् ।

    पार्टीलाई विधिपुर्वक चलाउँदै एकताबद्ध रुपमा चुनावमा लैजानुपर्ने आवश्यकता बैठकमा औंल्याइएको पाण्डेले बताए । उनले भने-‘पार्टीमा विधि भत्केको पहिलो पटक हो । व्यक्तिगत ढंगले चलाउने हो भने भन्नुपर्‍यो, होइन भने निर्णय गर्दा संस्थागत ढंगले गर्ने र सम्बद्ध निकायहरुलाई जिम्मेवार बनाउने परिपाटी बसाउनुपर्छ ।’

    नेपाल पक्षधर नेताहरुले ओली सरकारले तीन तहका निर्वाचनको कार्यतालिका बनाए पनि निर्वाचनसम्बन्धी ऐन नबनेको भन्दै अब त्यसतर्फ दबाव दिनुपर्ने धारणा व्यक्त गरेका थिए । ‘निर्वाचन गर्ने भनियो तर ऐन छैन, अब सबै शक्ति निर्वाचनमा लगाउनुपर्छ भन्ने कुरा आयो’ पाण्डेले भने ।

    संविधान कार्यन्वयन गर्दै निर्वाचनबाट लोकतन्त्र स्थापना गर्नु अहिलेको प्राथमिकता रहेको पाण्डेले बताए । ‘सम्बृद्धि पहिले कि संविधान कार्यन्वयन पहिले भन्ने मुख्य प्रश्न हो’ पाण्डेले भने ‘हामीले बजेट त ल्यायौं तर, राजनीतिक स्थायित्व नभई एक वर्षमा सम्बृद्धि सम्भव छ ?’

    बैठकमा सचिव प्रदिप ज्ञवालीले भने कांग्रेस माओवादी र मधेशी मोर्चाको गठबन्धन कसरी बन्यो भन्ने अन्तर्यमा नगई आफ्नै नेतृत्वको आलोचना गर्ने शैलीको प्रतिवाद गरेका थिए ।

    बिभिन्न सात एजेण्डामाथिको छलफल जारी रहेका कारण स्थायी कमिटी बैठक मंगलवार तेस्रो दिन पनि जारी रहने सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.