×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

किन बन्धक भयो नेविसंघ महाधिवेशन ?

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण २९, २०७३- कांग्रेसको भातृसंस्था नेविसंघ महाधिवेशनको उदघाटन भई बन्द सत्र अबरुद्ध बन्दै आएको शनीबार एकसाता वित्यो । तर, निर्वाचनबाटै नेतृत्व चयन हुनेमा अन्यौल यथावत छ । अबरुद्ध प्रकृया अघि नबढ्नुमा प्रतिनिधि विवाद बाहिर देखिने मुख्य विवाद हो । तर, अन्तर्यमा नेविसंघको भावी नेतृत्व कुन पक्षले कव्जा गर्ने भन्नेमा नेताहरुबीच मै मुख्य विवाद देखिन्छ

    सभापति शेरवहादुर देउवा पक्षीय संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच नेतृत्व कव्जा गर्ने मुख्य प्रतिस्पर्धाको चेपुयामा विद्यार्थी नेता तथा कार्यकर्ता पर्दै आएका छन् ।

    नेविसंघ कांग्रेसको शक्तिशाली संगठन हो, जसको तुलनामा अन्य भातृसंस्था छैनन् । पंचायत अघि र पछिका दशकमा समेत संघ कांग्रेसको नेतृत्व उत्पादन गर्ने नर्सरीको रुपमा रह्यो । पार्टी नेतृत्वले नेविसंघको राष्ट्रिय नेटवर्क उपयोग गर्न सक्दा शक्ति केन्द्र बन्ने भएकाले पनि दुवै पक्ष आ-आफ्नो अनुकूलको नेतृत्व स्थापित गर्न चाहना राखेका छन् । कांग्रेसका एक नेता भन्छन,‘महाधिवेशनमा आउने प्रतिनिधिहरुको ठूलो संख्या समेत नेविसंघकै पृष्ठभूमिका हुन्छन । पार्टी सभापतिमै कसलाई जिताउने र हराउने भन्ने निर्णायक शक्तिका रुपमा विद्यार्थी समूह रहने भएकाले पनि नेताहरु आफ्नो पक्षमा नेतृत्व ल्याउन होड गरिरहेका हुन ।’

    विगतमा भएका सत्र अध्यक्ष मध्ये निर्वाचनबाट चयन भएका ७ अध्यक्षमात्रै छन् । सवै नेतृत्वको आर्शिवादबाटै आएका हुन । पार्टी एकिकरणपछि संघको पाँचपटक अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो, अर्थात यसपटक ११ को साटो १६ औं अधिवेशन हुनुपर्ने थियो । तर, पार्टी नेतृत्वकै विवादले १० वर्षसम्म अधिवेशन हुन सकेन र मुश्किलले गत आइतबार सुरु भएको अधिवेशन पनि एकसातादेखि अबरुद्ध छ ।

    कांग्रेसको भातृसंस्था नेविसंघको प्रतिनिधि विवाद बल्झिदा निर्वाचन प्रकृया नै अन्यौलमा पुगेको छ । प्रतिनिधि विवाद नमिल्दा उद्घाटन भएको एकसाता वित्दा समेत बन्द सत्र र निर्वाचन प्रकृया अघि बढ्न सकेको छैन् ।

    एघार जिल्लाको प्रतिनिधि विवाद बुधबार विहानै मिलेको थियो । त्यसमा संस्थापन पक्ष, बरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौला पक्षले समेत हस्ताक्षर गरेका थिए । सहमति भईसकेपछि अबरुद्ध बन्दसत्र अघि बढ्ला भन्दै प्रतिनिधिहरु धैर्य लिदै बसे । सहमति अनुसार प्रतिनिधिको सूची दिन पूर्व महामन्त्री सिटौला र संघका पूर्व अध्यक्ष महेन्द्र शर्माले दुई दिन लगाईदिए । ११ जिल्लामा अधिवेशन नै नगरी पौडेल पक्ष निकट नेविसंघका अध्यक्ष रंजित कर्ण र सभापति देउवा पक्षीय नेता ऋषिकेशजंग शाहबीच भागबण्डाका आधारमा प्रतिनिधि छनोट गरिए । जसलाई लिएर पार्टीका पूर्व महामन्त्री सिटौला पक्षीय विद्यार्थी नेता कुन्दन शर्मा र संघका पूर्व अध्यक्ष महेन्द्र शर्मा पक्षीय विद्यार्थी आमरण अनशनमा बसे ।

    ८ दिनको आमरण अनशनपछि उनीहरुको माग सम्वोधन गर्न निर्देशन समितिले सिटौला समूहलाई २ सय १५ र शर्मा समूहलाई १ सय १० प्रतिनिधि दिने समझदारी बन्यो । समझदारी अनुसार प्रतिनिधि जुटाउनै दुई दिन लाग्यो । शुक्रबार राती प्रतिनिधि बुझाएपछि पुन: पौडेल पक्षीय समूहले अनशनको नाममा फर्जी मतदाता राखिएको भन्दै विरोध जनाए । पौडेल पक्षीय विद्यार्थी नेता दीपक भट्टराई, क्षितिज भण्डारीले अनशनको नाममा गैह्र विद्यार्थीलाई प्रतिनिधि बनाईएको भन्दै त्यसको खारेजी नभएसम्म महाधिवेशन अघि बढन नसक्ने चेतावनी दिए । उनीहरुले पार्टी सभापति देउवाको निवास र पार्टी कार्यालयमा समेत नाराबाजी गरेका थिए ।

    संस्थापन पक्ष र सिटौलाबीच सयुक्त प्यानल बन्ने संभावना भएपछि पौडेल पक्ष त्रसित भएको हो । ‘यो विवादको मुख्य चुरो भनेकै नेतृत्वको परिणाम आफ्नो पक्षमा आउँछ कि आउँदैन भन्ने मुख्य विवाद संस्थापन पक्ष र पौडेल पक्षीय नेताहरुबीच छ’ देउवा पक्षीय एक नेताले भने,‘परिणाम अनुकुल हुँदैन कि भनेर पौडेल पक्षबाट फेरी विवाद झिकिएको हो ।’ पौडेल पक्षीय विद्यार्थी नेता दीपक भट्टराईले अनशनको नाममा गैर विद्यार्थीलाई प्रतिनिधि बनाईएकामा आफूहरुको आपत्ति रहेको बताउदै भने,‘यसलाई नसच्चाए सम्म हामी अधिवेशन हुन दिदैनौं ।’

    निर्देशन समितिका सदस्य समेत रहेका सिटौला निकट नेता एवं संघका पूर्व अध्यक्ष प्रदिप पौडेलले भने संस्थापन र पौडेल पक्षले रातरात समझदारी विपरित गएर १ सय ७२ प्रतिनिधि थप गरेको आरोप लगाए । करिव ३३ सय प्रतिनिधि हुनुपर्नेमा भागबण्डा र थप्दै जादा प्रतिनिधिको संख्या ३७ सय ६० पुगेको छ ।

    नेविसंघको महाधिवेशन लम्बिदै जाँदा सरकारले पूर्णता पाउन समेत ढिलाई भएको छ । सभापति देउवाले संघको महाधिवेशन सम्पन्न भएपछि मात्रै सरकारमा पठाउने मन्त्रीहरु चयन गर्ने बताउँदै आएका छन् । राष्ट्रिय राजनीतिलाई प्रभावमा पार्दै आएको संघको निर्वाचन गराएर छाड्ने मनस्थितीमा सभापति देउवा उभिएका छन् । निर्वाचन हुन नसक्दा आफूमाथि नै  प्रश्न आउने भएकाले जतिसुकै समय लागेपनि निर्वाचन गराउने पक्षमा देउवा लागेका हुन । विवादका बीच पार्टीको निर्देशन समितिका संयोजक प्रकाशरण महतले निर्वाचन समितिलाई ३७ सय ६० प्रतिनिधि रहेको सूची बुझाएका छन् । उक्त सूचीलाई समितिले कांग्रेसको वेबसाइटमार्फत सार्वजनिक गर्ने र आईतबारबाट निर्वाचन प्रकृया सुरु गर्ने बताएको छ । तर, विवाद अन्त्य नभएका कारण आइतबार पनि निर्वाचन प्रकृया सुरु हुनेमा अन्यौल यथावत् छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.