×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘अधिकांश उपभोक्ताको भान्सामा सिलिन्डर बम’

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण ३०, २०७३- खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तहीन फेला परेको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘मुख्य समस्या पुराना ग्यास उद्योगमा छ ।’

    २०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ । तीमध्ये दुई–चार ग्यास उद्योग बाहेककाले गुणस्तरमा ध्यान नदिएको उनले बताए । सिलिन्डरभित्र लेदो जमेको, हाइड्रोलिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ (एउटाको पिँध काटेर अर्कोमा हालेको) लगायतका कैफियत देखिएका हुन् ।

    कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको भनाइ छ । ‘अधिकांश उपभोक्ताको भान्सामा सिलिन्डर बम छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘कम गुणस्तरका सिलिन्डर तत्काल अनुगमन गरी नष्ट गर्नुपर्छ ।’

    गुणस्तरहीन रेगुलेटर/पाइप र समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट नहुँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने जस्ता घटना हुँदै आएका छन् । पुरानो/बिग्रिएका सिलिन्डरबाट ग्यास लिक हुने र पडकने जोखिम रहने उनले बताए ।

    ग्यास बिक्रेता महासंघका अनुसार प्राय: सबै कम्पनीमा कम गुणस्तरका सिलिन्डर छन् । तीमध्ये पुरानो कम्पनीमा बढी समस्या छ । ५३ उद्योगका गरी करिब ६५ लाख सिलिन्डर छन् । तर समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्टलगायत परीक्षण नहँुदा जोखिम बढदै गएको छ । हाइड्रोलिङ/हाइड्रो स्टाटिक परीक्षण हावा र पानीको प्रेसरबाट गरिन्छ । रिफिल भएको सिलिन्डर पानीमा डुबाइन्छ । त्यसलाई डिप टेस्ट पनि भनिन्छ । डिप टेस्ट गर्दा लिकेज भएको अवस्थामा बबल्स हुन्छ ।

    महासंघका महासचिव चन्द्र थापाले बजारमा कम गुणस्तरका सिलिन्डर छ्यापछ्याप्ती रहेको बताए । ‘कतिपय कम्पनीबाट ग्यास भरेर आएको सिलिन्डरसमेत कुच्चिएका छन्,’ उनले भने, ‘यी सिलिन्डरबाट दुर्घटनाको सम्भावना अधिक हुन्छ । कम गुणस्तरका सिलिन्डर अभियानकै रूपमा नष्ट हुुनुपर्छ ।’

    नियमअनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक पाँच/पाँच वर्षमा टेस्ट गर्नुपर्छ । तर अधिकांश कम्पनीले परीक्षणबिनै सिलिन्डर पठाउने गरेका छन् ।

    यसअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा पनि केही कम्पनीले देखावटीरूपमा मात्रै टेस्ट मेसिन राख्ने गरेको फेला परेको थियो । उद्योगमा परीक्षण मेसिन भए पनि कुनै बिग्रेको समेत भेटिएका थिए । आयल निगमको तथ्यांकले पनि ४७ वर्ष अवधिमा जम्मा २३ हजार ३ सय १९ वटा मात्रै सिलिन्डर नष्ट भएको देखाउँछ ।

    कुच्चिएको सिलिन्डर पडकने सम्भावना झन् बढी हुने सरोकारवाला बताउँछन् । ‘गाडीबाट झार्दा अधिकांश ग्यास सिलिन्डर कुच्चिन्छन्, केही पुराना सिलिन्डर खुइलिए पनि फेरि रंग लगाएर बजारमा पठाइन्छ,’ ग्यास बिक्रेता संघ काठमाडौंका महासचिव राजेश दाहालले भने । १९९० मा बनेका सिलिन्डर पनि परीक्षणबिना बजारमा उपलब्ध रहेको उनले बताए ।

    एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले गुणस्तरमा सबै कम्पनी सचेत रहेको बताए । ‘सिलिन्डरको आयु पहिचान भएको छैन, गाडीबाट झार्दा केही कुच्चिन सक्छन्,’ उनले भने, ‘तर, गुणस्तरमा सबै कम्पनी सचेत छन् ।’

    कुच्चिएको सिलिन्डर हाइड्रोलिक टेस्ट गरी पुन: पयोग गर्न सकिने उनले बताए । यस्तै भल्बमा कुनै सम्झौता हुन नसक्ने दाबी उनले गरे । ‘भल्बमा बढी जोमिख हुन्छ, लिक हुनेबित्तिकै आगो लाग्छ,’ उनले भने, ‘यस्तो संवेदनशील विषयमा उद्योगी सचेत छन् ।’

    गुणस्तर तथा नापतौलको अनुगमन गर्ने जिम्मेवारी गुणस्तर विभागको हो । तर विभागले पनि प्रभावकारी रूपमा गरेको छैन । ‘नापतौलको हकमा अनुगमन र कारबाही गरेका छौं,’ महानिर्देशक पुडासैनीले भने, ‘तर, गुणस्तरको विषयमा भएको छैन ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.