×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१५ सय ट्याक्सीका लागि ५० हजार आवेदन

  •  
  • बुधबार, साउन २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    सुवास गोतामे

    काठमाडौं: सरकारले भूकम्पपीडितलाई एक हजार पाँच सय नयाँ ट्याक्सी नम्बर दिने निर्णय गरेपछि गत साउन ५ गतेयता ५० हजार आवेदन परिसकेका छन् । भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई ती ट्याक्सी नम्बर वितरण गर्ने सरकारको निर्णयअनुसार आवेदन आह्वान गरिएको हो ।

    यातायात व्यवस्था विभागका अनुसार मंगलबारसम्ममा ५० हजारले आवेदन दिएका छन् । आवेदन दर्ता गर्ने म्याद भदौ २ गतेसम्म तोकिएको छ । त्यतिबेलासम्ममा करिब ७० हजार आवदेन पर्ने जानकारी विभागका प्रवक्ता वसन्त अधिकारीले दिए । ट्याक्सी नम्बरका लागि सक्कल नागरिकतासहित सम्बन्धित व्यक्ति आफैं उपस्थित भएर भूकम्पपीडितको प्रमाणित कार्ड र हालसालै खिचिएको फोटोसहित निवेदन दिनुपर्छ ।

    प्रवक्ता अधिकारीले प्राप्त हुने आवेदनलाई गोलाप्रथाबाट छनोट गरिने बताए । भूकम्प प्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काभ्रे, रसुवा, धादिङ, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाबाट आवेदन परेका छन् । विभागका अनुसार बुझाइमा गलत भएकाले गाडी नै रिर्जभ गरेर सिन्धुपाल्चोक, गोरखा र रसुवाका भूकम्पपीडित आवेदन दिन आएका थिए । सबैभन्दा बढी आवेदन काठमाडौं, सिन्धुपाल्चोक, गोरखा, काभे्र र धादिङबाट परेका छन् ।

    प्रवक्ता अधिकारीका अनुसार सरकारले ट्याक्सी नम्बरमात्रै वितरण गर्ने भन्ने नबुझेर भूकम्पपीडितले ट्याक्सी नै सित्तैंमा पाइने जसरी आवेदन दिएका छन् । उनले भने, ‘सरकारले दर्ता नम्बरमात्रै दिने हो, बाँकी सम्पूर्ण खर्च भूकम्पपीडित आफैंले गर्नुपर्छ ।’ अधिकारीले ट्याक्सी नम्बर पाएपछि भूकम्पपीडितले अर्काका नाममा नामसारी गर्न पाउने छुट रहेको बताए ।

     

    सरकारले गत चैत २१ गते मन्त्रीस्तरको निर्णय गरेर भूकम्प प्रभावित जिल्लाका पीडितलाई एक हजार पाँच सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि भने एक हजार आठ सय ५० वटा ट्याक्सी नम्बर वितरण गरेको थियो । जसमा सात सय सर्वसाधारण, ६ सय ५० व्यवसायी र पाँच सय स्वरोजगार (चालक आफैं) लाई वितरण गरिएको थियो ।

    विभागका अनुसार उपत्यकामा हाल सात हजार ट्याक्सी छन् । तीमध्ये पाँच हजार ६ सय ५० पुराना र एक हजार ८ सय ५० नयाँ ट्याक्सी छन् । ट्याक्सी व्यवसायी संघ र यातायातसम्बद्ध अन्य व्यवसायीले भने नयाँ ट्याक्सी वितरण नगर्न सरकारको पटकपटक ध्यानाकर्षण गराउँदै आएका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.