×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिकी पूर्वराजदूत डेलिसी नेपालका ‘ब्रान्ड एम्बेस्डर’ !

  •  
  • बुधबार, साउन २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण २५, २०७३- ६३ बर्षीय अमेरिकी पूर्वराजदुत स्कट डेलिसी, यतिबेला अमेरिकामा नेपाली संगीतका ‘ब्रान्ड एम्ब्यासडर’ झैं देखिन्छन् । नेपाली संगीतको प्रचार-प्रसारका लागि भ्याई, नभ्याई छ, उनलाई । कहिले समुदायसँगको अन्तरक्रिया त कहिले सांगीतिक मौहालको व्यवस्थापन । कलाकारलाई एयरपोर्टमा स्वागतार्थ उपस्थित हुने मात्र होईन, उनीहरुलाई कार्यक्रम स्थलसम्म पुर्‍याउनेदेखि सबैखाले व्यवस्थापनको जिम्मा उनैमाथि छ ।

    परम्परागत शास्त्रीय एवम लोक संगीतको ब्यान्ड ‘सुर सुधा’ अहिले डेलिसीकै नेतृत्वमा अमेरिकी सहरमा गुन्जिदैंछ । डेलिसी, कार्यकारी निर्देशक रहेको ‘सोरवे फाउन्डेसन’ यसको आयोजक एवम प्रायोजक दुवै हो । संगीत यात्राको उदेश्य भूकम्प पीडितको सहयोग हो । ‘विपत्तीबाट नेपाललाई सुरक्षित पारौं’ भन्ने मन्त्र बोकेको फाउन्डेसनका अनुसार नेपालमा विपत्तीको संभावित खतरालाई न्युनीकरण गर्ने भविष्यका योजनाका लागि अर्थ संकलनको पाटो हो, यो संगीत यात्रा । तर, डेलिसी भनाई यतिमै सिमित छैन् । उनी भन्छन्- ‘अमेरिकामा नेपाली संस्कृति पस्कदैछौं, नेपालको विविधतालाई चिनाउदैंछौं ।’

    डेलिसीका लागि पैसा संकलन नै पहिलो ध्याउन्न होईन । कान्तिपुरसँग उनले भने, ‘जति पैसा उठे पनि हामी दंग हुनेछौं । किनकी यसले नेपाल र नेपाली डायस्पोरा एवम नेपाली र अमेरिकी बीचको समन्वय र सदभावलाई मजबुत पार्नेछ ।’ सुरसुधाले टेक्सासको डालास र अस्टिनमा आफनो प्रस्तुति दिइसकेको छ भने न्यूयोर्क, फेलाडेल्पिmया, पिटस्वर्ग, वासिङटन डिसी, उत्तरी भर्जिनिया र बाल्टिमोरमा पनि कार्यक्रम गर्दैछ ।

    गत साल नेपालमा महाभूकम्प आँउदा, डेलिसी, अफ्रिकी मुलुक युगान्डाका लागि अमेरिकी राजदुत थिए । ३४ बर्षे अमेरिकी कुटनितिक सेवाबाट अवकाश पाउन मात्र चार महिना बाँकी थियो । २०६७ देखि दुई बर्ष नेपालका राजदुत रहेका डेलिसीले भूकम्पको स्मरण गर्दै कान्तिपुरसँग भने, ‘युगान्डामा बिहानको नौं बजेको थियो । नेपालको त्यो खबरले म स्तब्ध भएँ । नेपाल, मेरो मानसपलटमा घुमिरह्यो ।’

    संयोग कस्तो छ भने, नेपालमा भूकम्पआउनु दस दिनअघि, नेपालमा संभावित विपत्तीलाई न्युनीकरण सँगै सावधानी एवम तयारीमा केन्दि्रत हुने हेतुले फिलाडेल्पिmयाको पिटस्वर्गमा ‘सोरवे फाउन्डेशन’ स्थापना भएको थियो । डेलिसी त्यसका एक मुख्य परिकल्पनाकार थिए ।

    अवकाश जीवनलाई कसरी सदुपयोग गर्ने ? प्रगतीशील एवम उदार मानिसहरुको बसोबास रहेको मध्यपश्चिमी अमेरिकी राज्य मिनीसोटामा जन्मे, हुर्केका उनले नेपाललाई सम्झे । दुई पटक सगरमाथाको आरोहण गरिसकेका पदयात्री माईकल कोबोल्डको सक्रियतासँगै फाउन्डेशन जन्मियो । भूकम्प लगत्तै डिसीस्थिती नेपाली दुताबाससँग मिलेर फाउन्डेशनले राहत रकममा सहकार्य गरेको थियो भने प्रभावित क्षेत्रमा राहत वितरण गरेको थियो । बिशेषत भूकम्प प्रभावित वृद्व वृद्वाहरुलाई फाउन्डेशनले सहयोग गरेको थियो ।

    भविष्यमा काठमाडौंमा अग्नी नियन्त्रणको आवश्यक संरचना बनाउने फाउन्डेशन योजना छ । र मानवीय संवदेनाको प्रतिक पारिवारिक मिलन केन्द्र स्थापना गरिने छ । त्यसको लागि अर्थ संकलन अगाडि बढाईएको छ । दक्षिण एसियाका प्राय सबै मुलुक लगायत दर्जन बढी देशहरुमा काम गरिसकेका डेलिसीलाई नेपाल नै किन प्यारो ? ‘मेरा लागि नेपाल बिशेष ठाँउ हो’ उनले भने, ‘नेपालबाट पाएको जस्तो आत्मीयता र हार्दिकता मैले अन्यत्र कतै पाइनँ ।’ उनले भने, ‘म हेर्दा नेपाली नदेखिएपनि भावनामा नेपाली नै हुँ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.