×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

२० हजारको उपचार गर्न डेढ लाख भाडा !

  •  
  • बुधबार, साउन २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उत्तरी गोरखाको छेकम्पारबाट बिरामी लिएर उडेको हेलिकोप्टर ।

    शिवप्रसाद उप्रेती

    गोरखा: बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास–२ का पाँचसहित सातजनाको मृत्यु भयो । बिरामीले उपचार पाउनु त पर, सातजनाले व्यर्थै जीवन गुमाउनुपर्‌यो ।

    तीन दिनअघि गत शुक्रबार सिर्दिबास–९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर गरी काठमाडौं लगियो । उनीहरूको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्‌याइयो ।

    १५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन् । त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । केही दिनको उपचारपछि उनीहरू घर फर्किसकेका छन् ।

    सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही–२ की पासाङ साङ्मोलाई उपचार गर्न हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो । एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्‌याइएकी पासाङ निःशुल्क उपचार गरेर घर फर्किइन् ।

    न्याकमा अहिले पनि पाँचजना बिरामी छन् । हेलिकोप्टर खर्च नपाएर उनीहरू मर्ने–बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन् ।

    ‘तीनजना डेढ महिनादेखि थला परेका छन्, दुईजना २० दिनदेखि सिकिस्त छन्,’ उनले भने, ‘बाङ्सिङबाट, ड्याङबाट झाँक्री ल्याएर लगाइसकियो । गाउँका झाँक्रीले झन् कति कुखुरा काटे–काटे । अझै ठिक भएन । झन्–झन् बढिरहेको छ ।’

     

    त्यहाँबाट ६ घन्टा पैदल दुरीमा सिर्दिबास स्वास्थ्यचौकी छ । स्वास्थ्यचौकीबाट औषधि ल्याएर खुवाए पनि ठिक नभएको उनले बताइन् । ‘टाउको दुखेको, ज्वरो आएको छ भनेर औषधि ल्याएर खुवाएको ठिक भएन,’ उनले भनिन्, ‘अहिले त जाउलो खान पनि छोडिसकेका छन् । हेलिकोप्टरलाई तिर्ने ऋण पनि नपाएर काठमाडौं जान पाएका छैनन्, खै के पो होला अब ? ‘

    यातायात सेवा नहुँदा गोरखाका दुर्गम नौ गाविसका बासिन्दा बिरामी पर्दा हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । हेलिकोप्टर चार्टर गर्न नसक्नेहरू उपचार नपाएर मर्न बाध्य हुने बिहीका नवीन गुरुङले बताए । ‘दिनरात नङ्ग्रा खियाएर मुस्किलले छाकमात्र टार्ने यी अति दुर्गमका गाउँलेसँग हेलिकोप्टर चार्टर्ड गर्ने खर्च हुँदैन,’ उनले भने, ‘तैपनि यसले ऋण तिर्न सक्छ भनेर काठमाडौं बस्ने गाउँलेले हेलीको भाडा सापट दिन्छन् । तिर्ने उपाय नहुनेलाई साहुले पनि पत्याउँदैनन् । उनीहरू बिरामी भए भने काल पर्खेर सुतिरहने हो ।’

    उत्तरी गोरखाका बासिन्दा वर्षौंदेखि गाउँमा उपचारसेवा नपाएर जीवन गुमाइरहनुपरेको छेकम्पारका धावा ग्याल्जेन लामाले बताए । ऋण पाउनेले पनि उपचार पाउने ग्यारेन्टी नहुने उनको भनाइ छ । ‘ल हेर्नुस् त साहुको ऋण पाएर हेलिकोप्टर चार्टर्ड गरेर उपचार गर्न गएका प्रीतिका परिवारै सखाप भए,’ उनले भने, ‘कतिपय त हातमा पैसा लिएर बस्दाबस्दा समयमा हेलिकोप्टर नपाएर मर्नुपर्छ ।’

    यातायात सेवा नहुँदा गोरखाका दुर्गम नौ गाविसका बासिन्दा बिरामी पर्दा हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । हेलिकोप्टर चार्टर गर्न नसक्नेहरू उपचार नपाएर मर्न बाध्य हुन्छन् ।

    गोरखाको उत्तरी भेगलाई निषेधित क्षेत्रका रूपमा राखिएको छ । निषेधित क्षेत्रमा हेलिकोप्टर लैजान ज्यादै झन्झटिलो हुने धावाले बताए । उनले भने, ‘इमर्जेन्सी परेर हेलिकोप्टर चार्टड गर्नुपर्ने हुन्छ तर अनुमतिका लागि गृह मन्त्रालय, नागरिक उड्ययन मन्त्रालय धाउँदाधाउँदै बिरामीको अन्तिम अवस्था भइसक्छ ।’ यातायातको अरू विकल्प नभएको उत्तरी गोरखाका लागि सरकारले हेलिकोप्टर सेवा सहज बनाउनुपर्नेमा उनको जोड छ ।

    जालझेलले बनेन हवाई मैदान

    तीन वर्षअघि प्रोक गाविसमा हवाई मैदान बनाउने प्रक्रिया सुरु भएर पनि बीचैमा तुहिएको स्थानीय बासिन्दाको गुनासो छ । २०६९ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हवाई मैदानका लागि सर्भे भएको तर जालझेलका कारण रोकिएको बिहीका नवीन गुरुङले बताए ।

    ‘प्रोक गाविसको प्रोक गाउँमा दुई सय २० रोपनी जग्गामा एयरपोर्ट बनाउन सर्भे भयो । लागत स्टमेटसमेत निकालिएको थियो,’ उनले भने, ‘गाउँलेले जग्गा छुट्ट्याए । १७ करोड लाग्छ भन्ने निष्कर्ष पनि निकालिएको थियो । तर कसले रोक्यो रोक्यो ।’

    बाटो नभएका कारण उत्तरी गोरखाका बासिन्दालाई आफ्नै सदरमुकाम पुग्न पनि मनाङ, लमजुङ, तनहुँ हुँदै तीन जिल्ला काट्नुपर्छ । ‘बाटो राम्रो भएका बेला पनि उत्तरी गोरखा पुग्न सात दिन लाग्छ । त्यसैले हवाईजहाज सेवा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ प्रोकका लाक्पा डुन्डुप लामा भन्छन्, ‘बाटो पनि छैन । इमर्जेन्सी परेर हेलिकोप्टर बोलाउन पनि भनेको बेला टेलिफोन चल्दैन । टेलिफोन चले पनि मन्त्रालय-मन्त्रालय चहार्दाचहार्दै बरबाद भइसक्छ । नियमित हवाईजहाज सेवा भए दुर्गम गाउँका बासिन्दाले सुख पाउँथे ।’

    नियमित हवाई सेवा सञ्चालन भएमा उत्तरी गोरखामा खाद्यान्न संकट पनि नहुने उनले बताए । उनका अनुसार बाटो अवरुद्ध भएर ढुवानी हुन नसक्दा उत्तरी गोरखाका सात गाविसमा खाद्यान्नको चरम अभाव छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.