×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जुडोकी फुपू पूरा अवधि खेल्ने पहिलो नेपाली

  •  
  • बुधबार, साउन २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिरीषद्वारा राष्ट्रिय कीर्तिमान सुधार •जितको चुनौती समाप्त

    राजु घिसिङ

    श्रावण २५, २०७३- नेपाली जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पाँचौं दिन मंगलबार पहिलो चरणमा क्युबाली खेलाडी मरिसेट इस्पिनोसासँग पराजित भएकी छिन् । तर, उनी ओलम्पिकमा पूरा समय टिक्ने पहिलो नेपाली जुडोका भएकी छन् ।

    पान अमेरिका जुडो च्याम्पियनसिप (सन् २०१३ र २०१४) मा स्वर्णपदक जितेकी मरिसेटले अन्तिम ३२ को प्रतिस्पर्धामा फुपूलाई एक–एक वाजारी र युकोको आधारमा पराजित गरेकी थिइन् । उनले दोस्रो मिनेटमा युको स्कोर (१ अंक) हात पारेकी थिइन् । फुपूलाई पछार्दै उनले तेस्रो मिनेटमा वाजारी (१० अंक) जोडेकी थिइन् ।

    ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी फुपू ओलम्पिकमा धेरै महत्वकांक्षी पनि थिइनन् । ‘पूरा समय (चार मिनेट) टिक्ने मेरो लक्ष्य छ,’ उनले प्रष्टै भनेकी थिइन् । यसअघि ओलम्पिक खेलेका जुडो खेलाडी गंगाबहादुर डंगोल, ऋषिराम प्रधान र देबु थापा पूरा समय खेल्न सकेका थिएनन् । उनीहरु खेल पूरा नहुदै इप्पोन (१ सय अंक/नकआउट) को आधारमा पराजित भएका थिए ।

    ‘मेरो प्रदर्शन राम्रै भयो,’ २१ बर्षीय फुपूले खेलपछि रियोबाट भनिन्, ‘पूरा अवधि (चार मिनेट) खेल्ने लक्ष्य बनाएकी थिए, त्यो पूरा भएको छ । मैले सोचेभन्दा खेल राम्रो भयो । किनभने क्युबाली जुडोमा हामीभन्दा धेरै माथिल्लो स्तरका छन् ।’ ६ बर्षयता निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएकी उनले थपिन्, ‘छनोट भएर ओलम्पिकमा आएकी उनी निक्कै बलिया थिइन् । त्यसैले सुरुमा त म पनि पूरा समय टिक्दिन होला भन्ने लागेको  सुरुमा त पूरा समय पनि टिक्दिन होला जस्तो लागको थियो । तर, आत्मविश्वासी भएर चार मिनेट खेले ।’

    ओलम्पिक छात्रवृत्तिअन्तर्गत् हंगेरीमा पाँच महिना विशेष प्रशिक्षण गरेकी फुपूलाई ‘पावर’को आधारमा मरिसेटले पछाडि पारेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताए । ‘पावरको आधारमा क्युबाली खेलाडीले वर्चस्व राखेपनि फुपूले राम्रो खेलिन् । उनको प्रदर्शनमा हामी सन्तुष्ट छौं खुशी छौं,’ उनले रियोबात बताए ।

    छनोटमा असफल भएपनि ‘वाइल्ड कार्ड’ प्राप्त गरेपछि ओलम्पिक खेल्ने सपना साकार पारेकी फुपूले भनिन्, ‘अब्बल प्रशिक्षक, ट्रेनिङको अवसर, खेल सामाग्रीलगायतका सुविधा उपलब्ध गरायो भने हामी पनि केहि गर्नसक्छौं, पदक जित्नसक्छौं । तर, १–२ वा ४ महिना बिदेशी प्रशिक्षक ल्याएर वा बिदेश लगेर मात्र हुदैन, त्यसको लागि तीन–चार बर्षको योजना बनाएर खेलाडी तयार गर्नुपर्छ ।’

    ‘खेल्ने आफ्नै मिहिनेत र लगनशीलताले हो,’ भविष्यबारे उनले भनिन्, ‘नेपालका जुनियर खेलाडी राम्रा छन् । मैले मात्र होइन, उनीहरुले पनि अवसर पाउनुपर्छ । एक्सपोजर पाएपछि उनीहरुले केहि गर्नसक्छन् । सँधै म नै हुनुपर्छ भन्ने छैन राम्रो खेलाडीलाई छनोट गरेर उत्कृष्ट बनाउनुपर्छ । अनि छनोट चरण पार गरेर नेपालीले ओलम्पिकमा खेल्नसक्छन् । मलाई पनि छनोट भएरै ओलम्पिक खेल्ने मन छ तर सबै कुरा समयले बताउँछ ।’

    कीर्तिमान सुधार
    ओलम्पिक पौडीमा ‘हिट २’को पुछारमा रहेपनि शिरीष गुरुङले १ सय मिटर फ्रि–स्टाइलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान मंगलबार सुधार गरेका छन् । उनले ५९ खेलाडीमध्ये ५८ औं स्थानमा रहे रियो यात्रा टुंग्याए ।

    ओलम्पिक अक्वाटटिक्स स्टेडियममा शिरीषले ५७.७६ सेकेन्डमा १ सय मिटर फ्रि–स्टाइल पूरा गरेका थिए । यससँगै उनले गत बर्ष कजान (रुस) मा भएको १६ औं फिना विश्व च्याम्पियनसिपमा ५८.२२ सेकेन्डसहित बनाएको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् । चार बर्षयता नेपाली पौडीमा पुरुषतर्फ नम्बर १ स्वीमरको रुपमा रहेका उनले ४६ औंपल्ट राष्ट्रिय कीर्तिमान बनाएको हो । अहिले व्यक्तिगत १२ र टिम स्पर्धामा दुई गरी कुल १४ स्पर्धाको कीर्तिमान उनको नाममा छ ।

    जितको चुनौती समाप्त
    आर्चरीको व्यक्तिगत स्पर्धामा सहभागि जितबहादुर मोक्तान अन्तिम ६४ को खेलमा मंगलबार भारतका अतनु दाससँग पराजित भएका छन् ।

    ‘बेस्ट अफ फाइव’को प्रतिस्पर्धामा सुरुका तीन सेट आफ्नो पक्षमा पार्दै अतनुले ६–० को जित निकालेका थिए । यससँगै जित प्रतियोगिताबाट बाहिरिएका छन् । ‘जितले पहिलो र तेस्रो/अन्तिम सेटमा राम्रो निशाना लगाएका थिए,’ प्रशिक्षक दीपकराज गुरुङले भने, ‘तर, प्रतिद्वन्द्वी नै निक्कै राम्रो पर्‍यो । अतनुले कुनैपनि कमजोरी गरेनन् ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.