×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कर तिर्ने टप १० कम्पनी

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सुजित महत
    काठमाडौंः सबैभन्दा बढी कर दाखिला गर्ने तीन कम्पनी उही रहे पनि आर्थिक वर्ष २०७२/७३ मा टप १० कम्पनीको सूचीबाट तीनवटा बैंक बाहिरिएका छन् । नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ (प्रा) लि.सूचीमा समावेश भएका छन् ।

    सबैभन्दा बढी दाखिला गर्ने पहिलो, दोस्रो र तेस्रो नम्बरमा एनसेल, दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सूर्य नेपाल र गोर्खा बु्रअरी यथावत छन् । एनसेलको गत आर्थिक वर्षमा खरिदबिक्रीमा पुँजीगत लाभकरको विवादमा परे पनि उसले आंशिक रूपमा बुझाएको लाभकरको कारण उसको कर सहभागिता ह्वात्तै बढ्यो । एनसेलले गत आर्थिक वर्ष २८ अर्ब ५० करोड ७४ लाख रुपैयाँभन्दा बढी कर दाखिला गरेको छ ।

    यसमा आयकरनै २० अर्ब ८५ करोड २१ लख ८९ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७१/७२ मा एनसेलले १७ अर्ब ०५ करोड २० लाख रुपैया“ कर दाखिला गरेको थियो । बिक्री भएपछि झन्डै १० अर्ब रुपैयाँ उसले स्रोतमा करकट्टी गरेको थियो । यसैले दोस्रो स्थानमा रहेको टेलिकमस“ग एनसेलको दूरी झन्डै १५ अर्ब रुपैयाँ पुग्यो । टेलिकमले १३ अर्ब ७५ करोड ५३ लाख ८० हजार कर दाखिला गरेको थियो । आर्थिक वर्ष २०७१/७२ मा एनसेलले टेलिकमभन्दा पाँच अर्ब रुपैयाँ बढी दाखिला गरेको थियो ।

    बढी कर तिर्ने कम्पनीको तेस्रो नम्बरमा रहेको सूर्य नेपाल प्रालिले गत आर्थिक वर्ष आयकर बापत तीन अर्ब १८ करोड रुपैयाँ आयकरसहित पाँच अर्ब ७० करोड रुपैयाँ कर बुझाएको छ । यस्तै बढी कर तिर्ने चौंथो कम्पनीका रूपमा उद्योगतर्फबाट गोर्खा ब्रुअरी प्रालि परेको छ । गोर्खा ब्रुअरी प्रालिले गत आर्थिक वर्ष आयकर बापत एक अर्ब ५६ करोड रुपैयाँ आयकरसहित तीन अर्ब २१ करोड रुपैयाँ कर तिरेको छ । सूचीमा एकाएक पाचौ नम्बरमा आइपुगेको छ, नेपाल आयल निगम ।

    गत वर्ष तेलको मूल्यमा गिरावट आए पनि समायोजनामा ढिलासुस्ती गरेको निगमले ठूलो मुनाफा गरेको हो । उसले एक अर्ब ३९ करोड ४० लाख २३ हजार रुपैयाँ त आयकरनै दाखिला गरेको छ ।

    यस्तै छैटौं नम्बरमा वाणिज्य बैंकको तर्फबाट नबिल बैंक लिमिटेड परेको छ । नविल बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड आयकरसहित एक अर्ब ६७ करोड रुपैयाँ कर दाखिला गरेको छ । एक अर्ब ३४ करोड रुपैयाँ आयकरसहित एक अर्ब ६४ करोड रुपैयाँ कर तिरेर सातौं नम्बरमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ ।

    आठौं स्थानमा सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड एक अर्ब २५ करोड रुपैयाँ आयकरसहित एक अर्ब ३१ करोड रुपैयाँ कर बुझाएको छ । नवौं स्थानको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले एक अर्ब २३ करोड तीन लाख ८९ हजार रुपैयाँ दाखिला गरेको छ जसमा आयकर ७१ करोड ४१ लख ८० हजार रुपैयाँ छ । दसौं स्थानको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब २२ करोड ५१ लख दाखिला गर्‍यो । उसले आयकर ७१ करोड १४ लाख ९५ हजार रुपैयाँ आयकर थियो ।

    यसअघि सातौं स्थानमा रहेको कृषि विकास बैंक लिमिटेड एक अर्ब रुपैयाँ आयकरसहित एक ६ करोड रुपैयाँ कर बुझाएर एघारौं स्थानमा झरेको छ । यस्तै यसअघि दसौं स्थानको हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष एक अर्ब तीन करोड रुपैयाँ आयकरसहित एक अर्ब १५ करोड रुपैयाँ कर दाखिला गरी बाह्रौ स्थानमा झर्‍यो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.