कैलासबावु श्रेष्ठ/गोरखा
श्रावण २१ गते । युरोप भ्रमणमा रहेको नेपाली लोक रक ब्याण्ड नेपथ्यले डेनमार्कमा विशेष प्रस्तुती गरेको छ । 
कोपेनहेगन आमाबियोमा आयोजित कन्सर्टमा हजारौंले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपथ्यले छेक्यो छेक्यो, ‘हिमाल चुचुरे’, ‘रेशम’, ‘तालको पानी’ हुँदै भर्खर रिलिज भएको ‘कोशीको पानी यो जिन्दगानी लगायतका गीतवाट मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रममा नेपथ्यले आफ्नो शैलीको प्रयोग गर्दै पुनः जागृत गराएको ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ पनि प्रस्तुत गरेको थियो ।
नेपथ्यको कन्सर्ट हेर्नका लागि हजारौं नेपाली र नेपाललाई माया गर्नेहरु कोपेनहेगन पुगेका थिए । यसअघि नेपथ्यले जर्मनीको ह्याम्वर्गमा विशेष प्रस्तुति गरेको थियो ।
नेपथ्य डेनमार्कमा
नेपथ्य डेनमार्कमा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















