×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कांग्रेस र माओवादीलाई मन्त्री छान्नै सकस

  •  
  • शुक्रबार, साउन २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं, साउन २१ – थप मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा  माओवादी केन्द्र शुक्रबार पनि आन्तरिक गृहकार्यमा जुटेका छन् । विवादका कारण दुवै दलले मन्त्री हुनेहरुको नाम टुंगो लगाउन सकेका छैनन् ।

    बिहीबार कांग्रेसबाट दुई र माओवादीबाट तीनजना मन्त्रीले मात्र शपथ लिएका छन् । कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ । कांग्रेसबाट विमलेन्द्र निधी उपप्रधान सहित गृहमन्त्री र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको छ ।

    यस्तै नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री, गौरीशंकर थारु कृषी विकासमन्त्री र दलजीत श्रीपाइली युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ । कांग्रेसले रक्षा, परराष्ट्र, सिंचाई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, खानेपानी तथा सरसफाई, शान्ति तथा पुनर्निर्माण, सामान्य प्रशासन, वन, सहरी विकास र जनसंख्या तथा वातावरण मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन बाँकी छ । शेखर कोइराला र अर्जुननरसिंह केसीले रोजे अनुसारको मन्त्रालय नपाएपछि मन्त्री बन्न अस्वीकार गर्नुभएको छ ।

    कोइरालाले रोजे अनुसारको मन्त्रालय र केसीले गृह मन्त्रालय पाए मात्र मन्त्री बन्ने अडान राख्नुभएको छ । यस्तै रामचन्द्र पौडेल पक्षधरले कम्तीमा ५ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । विवाद नमिलेकाले कांग्रेसले मन्त्री बन्ने थप नेताहरुको नाम टुंगो लगाउन सकेको छैन ।

    माओवादीले आफ्नो भागमा परेको उर्जा, स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चार र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेताको नाम टुंगो लगाउन बाँकी छ । सूचना तथा सञ्चार मन्त्रीमा अर्कोले जिम्मेवारी नसम्हालेसम्म उपप्रधानमन्त्री महरालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

    माओवादी जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु शाह, शिवकुमार मण्डल, सीता नेपाली, डिआर पौडेललगायत नेताहरु मन्त्रीका आकांक्षी छन् ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.