×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गौरिकाले फेरि रच्लिन् इतिहास ?

  •  
  • शुक्रबार, साउन २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ओलम्पिकमा नेपाल-६
    नवीन अर्याल
    गौरिका सिंहले एक वर्षअघि आफ्नो फेसबुक वालमा एउटा सन्देश छाडेकी थिइन्– वास्तविक विजेता बन्न आफूमाथि विश्वास जरुरी हुन्छ।
    छ महिनाअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भारतको पूर्वोत्तर राज्य गुवाहाटी पुग्दा धेरैले उनलाई पत्याएका थिएनन्। बेलायतमा बसोबास गर्ने हुँदा अधिकाश नेपाली खेल पदाधिकारीको सोचाइ थियो, उनी ‘टुरिस्ट’ मात्र हुन्, घुम्न आएकी।
    साग प्रतियोगिताको ३२ वर्ष लामो इतिहासमा एउटै नेपाली पौडीबाजले एकलतर्फ पदक जित्न सकेको थिएन। त्यसमाथि १३ वर्षीया गौरिका ५०, १००, २०० मिटर ब्याकस्ट्रोक, २०० मिटर इन्डिभिजुअल मिड्ले र ५० मिटर ब्रेस्टस्ट्रोकमा भाग लिँदै थिइन्। उनका प्रतिस्पर्धी थिए, भारत र श्रीलंकाजस्ता बलिया र अनुभवी राष्ट्रका खेलाडी। यसले पनि गौरिकाको प्रदर्शन सहभागितामै सीमित हुनेछ भन्ने धेरैलाई लागेको थियो।
    गौरिकाले सबैको सोचाइ गलत साबित गरिदिइन्। र, सागमा नयाँ इतिहास रचिन्।
    उनले सन् १९८४ मा आफ्नै देशबाट सुरु भएको दक्षिण एसियाकै प्रतिष्ठित प्रतियोगितामा भाग लिएका पाँचमध्ये चारवटा स्पर्धामा १ रजत र ३ कास्य जितिन्। १३ वर्ष उमेरमै उनले पाएको त्यो सफलता वास्तवमै अद्भुत थियो। दुई सय मिटर इन्डिभिजुअल मिड्लेमा उनी स्वर्णको नजिक पुगेर चुकेकी थिइन्।
    त्यतिबेला गौरिकाको प्रदर्शन देखेपछि नेपाली खेलाडीलाई खासै महत्व नदिने भारतीय पौडी संघका पदाधिकारी तथा प्रशिक्षकसमेत बधाइ दिन नेपाली क्याम्पमा प्रवेश गरेका थिए।
    अहिले गौरिका रियो ओलम्पिकमा भाग लिन ब्राजिलमा छिन्। उनी रियो ओलम्पिकको सय मिटर ब्याकस्ट्रोकमा आउँदो आइतबार हिट्समा सहभागी हुँदैछिन्। यहाँ त उनी आफ्नो उमेरका कारण खेल सुरु हुनुअघि नै चर्चित बनिसकेकी छन्। गौरिका रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी हुन्। उनी १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्दैछिन्।
    ‘म रियोमा सहभागी हुन त चाहन्थेँ तर कसरी भन्ने थाहा थिएन। किनकि, म निकै सानी थिएँ,’ रियोमा विदेशी मिडियाबाट घेरिएकी गौरिकाले भनेकी छन्।
    गौरिकाले रियोमा सहभागी हुने सपनामा पनि सोचेकी थिइनन्। उनको सपना थियो, आउँदो चार वर्षपछि जापानमा हुने ३२ औं ओलम्पिकमा छनोट भएर ओलम्पिक खेल्ने। तर, अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) ले गत वर्ष रुसको कजानमा भएको १५ औं फिना विश्व पौडी प्रतियोगितामा सय मिटर ब्याकस्ट्रोकतर्फ उनको सुधारिएको प्रदर्शन देखेको थियो। त्यही आधारमा ‘वाइल्ड कार्ड’ मार्फत उनलाई ओलम्पिक खेल्न दिने निर्णय गर्यो।
    कजानमा गौरिकाले सय मिटर फ्रिस्टाइल र ब्याकस्ट्रोकमा भाग लिएकी थिइन्। फ्रिस्टाइलमा उनी ८१ औं स्थानमा रहिन्। सय मिटर ब्याकस्ट्रोकको समय १ मिनेट ०७ दशमलव ३१ सेकेन्ड (राष्ट्रिय कीर्तिमान) निकालेपछि उनलाई ‘वाइल्ड कार्ड’ प्रदान गरिएको थियो। यो स्पर्धामा उनी ५८ औं स्थानमा अडिइन्।
    कजानमा बहराइनकी १० वर्षीय अल्जैन तारिक पनि ५० मिटर फ्लाई र फ्रिस्टाइलमा सहभागी थिइन्। उनलाई भने फिनाले ‘वाइल्ड कार्ड’ प्रदान गरेन्। यसले गौरिका विश्वका २ सय ६ राष्ट्रका ११ हजार २ सय २९ खेलाडीमाझ रियो ओलम्पिककै कान्छी खेलाडी बन्न पुगिन्।
    कम उमेरका कारण गौरिकाको चर्चा चल्नु स्वाभाविकै हो। त्यसमाथि गत वर्षको भुइँचालोका कारण पनि यतिबेला विदेशी मिडियाले नेपाललाई बढी नै महत्व दिएका छन्। गौरिकाको खेलमा एक प्रकारको लय देखिन्छ। त्यसैले उनीबाट देशले आशा राख्नु नाजायज होइन। तर, पौडीका दिग्गज अमेरिकाकी मिस्सी फ्याङ्लिन, अस्ट्रेलियाकी इम्ली सिबोम र जापानकी आया तेराकावाका अगाडि उनीबाट यही ओलम्पिकमा पदकको आशा राख्नु अन्याय हुनेछ।
    मिस्सीले चार वर्षअघि लन्डन ओलम्पिकमा सय मिटर ब्याकस्ट्रोकतर्फ ५८.३३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी थिइन्। जुन समय गौरिकाको राष्ट्रिय कीर्तिमानभन्दा ४८.९८ सेकेन्ड फरक हो। हेर्दा सेकेन्ड लागे पनि पौडीमा यो अन्तर भनेको धेरै ठूलो मानिन्छ। अहिले महिला पौडीमा सय मिटर ब्याकस्ट्रोकमा पदक जित्न कम्तिमा १ मिनेटभन्दा तलको समय निकाल्नु अनिवार्य छ।
    गौरिकाले पौडिरहेको समय ५२ वर्षअघि जापानमा नेपालले भाग लिएको सन् १९६४ टोकियो ओलम्पिकको हाराहारी हो। त्यति बेला अमेरिकाकी क्याथी फर्गुसनले १ मिनेट ०७ दशमलव ७ सेकेन्डमा सय मिटर ब्याकस्ट्रोक पूरा गरेकी थिइन्।
    यति हुँदाहुँदै गौरिकाबाट नेपालले राम्रो खेलको आशा राख्नुको धेरै कारण छ। उनी निकै मेहनती खेलाडी हुन्। ओलम्पिकमा भाग लिन उनले निकै मेहनत गरेकी छन्। साग गेम्स क्रममा पिता पारस सिंहले भनेका थिए, ‘गौरिका पौडीको तयारी गर्न बिहान ४ बजे नै उठिसक्छिन्।’
    ओलम्पिकका लागि उनले के–कस्तो तयारी गरिन्, त्यो अहिले पनि गोप्य राखिएको छ। तर, बेलायती प्रशिक्षकको रोहवरमा उनले कडा मेहनत गरेको बताइन्छ।
    गौरिका अमेरिकी पौडीबाज माइकल फ्लेप्सका ठूलो प्रशंसक हुन्। सन् २००३ मा उनको जन्म हुनुअघि नै फ्लेप्सले २००० को सिड्नी ओलम्पिक खेलिसकेका थिए। ओलम्पिकमा २२ स्वर्ण जितिसकेका फ्लेप्ससँग भेट्ने उनको सपना रियोमा पूरा हुँदैछ। फ्लेप्स यसपालि अमेरिकी ओलम्पिक टोलीको झन्डा बोकेर पाँचौंपल्ट ओलम्पिकमा देखा पर्दैछन्। रियो उड्नुअघि फ्लेप्सले गौरिकालाई आफूले हस्ताक्षर गरेको पौडीको टोपी उपहार दिएका थिए।
    गौरिका २०५० सालको एसएलसीमा बोर्ड फस्र्ट ल्याएर चर्चा कमाएकी गरिमा राणाकी छोरी हुन्। २००१ मा चिकित्सक पारससँग विवाह भएपछि उनको परिवार बेलायततर्फ लागेको थियो। गौरिका हाल लन्डनस्थित मिलहिलमा बस्छिन्। स्कुलमा पढ्दै गर्दा गौरिका पौडीतर्फ आकर्षित भएकी हुन्।
    ‘बेलायतमा प्राइमरीस्तरको पढाइ गर्दा पौडी पोखरीको एक लेन्थ पूरा गर्ने भइसक्नुपर्छ,’ कुनैबेला टेबल टेनिसका सौखिन खेलाडी पारस भन्छन्। हाल लन्डनको ‘रोयल फ्रि अस्पताल’ मा कार्यरत युरोलोजिस्ट पारस दुई दशकअघि काठमाडौंमा टेबल टेनिसको भ्याली च्याम्पियनसिप हु“दा पुरुषतर्फ दोस्रो भएका थिए। अध्ययनका कारण पारसको खेलाडी बन्ने सोख पूरा भएको थिएन। तर, अहिले छोरीको सफलता देखेर दंग छन्।
    गौरिका अत्यधिक नेपाली बस्ने लन्डनको मिलहिलस्थित बर्नेट कोप्टहल पौडी क्लबमा प्रशिक्षकद्धय रायस कोर्मेले र क्रिस्टिन ग्रीनस“ग अभ्यास गर्छिन्। ‘उसले २०११ देखि लगनका साथ सिक्न थालेकी हो,’ पारस भन्छन् । गौरिका आफ्नो उमेर समूहमा बेलायतमा पा“चौं स्थानमा पर्छिन्। उनी हाल हब्स गर्ल लन्डनमा कक्षा ७ मा पढ्दैछिन्।
    सन् २०१४ मा दुई महिनाका लागि छुट्टी मनाउन आमासँगै काठमाडौं आउँदा गौरिकाको भाग्यले नै अर्को मोड लियो। त्यतिबेला सातदोबाटोस्थित पौडी पोखरीमा १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिता आयोजना हुँदै थियो। यस प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमानसहित सातस्वर्ण जितेपछि उनी नेपाली खेलकुदमा एकाएक चर्चामा आएकी थिइन्।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.