×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पोखरामा डीडीसीलाई दूग्ध प्लान्ट राख्न कसले रोक्यो ?

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डेरी उद्योगी भन्छन्-हाम्रो लगानी डुब्छ

    १७ साउन, काठमाडौं । काठमाडौंपछिको दोस्रो ठूलो बजार पोखरामा दूग्ध विकास संस्थान (डीडीसी) ले आफ्नै प्लान्ट स्थापना गर्ने तयारी गरेको ४ वर्ष बितिसक्यो । तर, डिडीसीले पोखराको खुला बजारमा प्रवेश गरेर निजी डेरीसँग प्रतिस्पर्धा गर्ने अनुमति अझै पाएको छैन ।

    डिडीसीले प्लान्ट स्थापनाका लागि सरकारसँग लामापाटनस्थित पशु विकास फार्मको २० रोपनी जग्गा मागेको छ । तर, निजी डेरी उद्योगी र व्यवसायीको बिरोधका कारण सरकारले डीडीसीलाई पोखरा जान सक्ने गरी जग्गा दिएको छैन ।

    व्यवसायीहरुले आफ्नो लगानी नै जोखिममा पर्ने गरी डिडीसीको नयाँ प्लान्ट स्थापना गर्न नदिने अडान लिएका छन् । यसअघि नै १७ डेरी उद्योगले पोखरमा प्लान्ट स्थापना गरिसकेका छन् ।

    डेरी उद्योगीले डिडीसी पोखरामा आए आफ्नो बजार नराम्रोसँग प्रभावित हुने भन्दै लामो समयदेखि विरोध गरिरहेका छन् । उनीहरुले डीडीसीलाई आफ्नै बलबुँतामा पोखरा आएमात्र स्वीकार गर्ने बताएका छन् ।

    उनीहरुले डीडीसीलाई सुविधा दिएर पोखरामा भित्र्याए निजी डेरीलाई पनि सरकारी अनुदान दिनुपर्ने भन्दै दबाव सिर्जना गरेका छन् । त्यसैकारण सरकारले डीडीसीलाई प्लान्ट स्थापनाका लागि अनुमति दिएको छैन ।

    जसरी पनि जान्छौंः डिडीसी

    डिडीसीका प्रवक्ता तथा उपमहाप्रवन्धक ईश्वरी अधिकारी डीडीसी यसै वर्ष जसरी पनि पोखरामा जाने प्रयत्नमा लागेको बताउँछन् ।

    ‘खला बजार अर्थतन्त्रमा कसैलाई निषेध गर्न मिल्दैन’, अधिकारीले भने, ‘पोखरा जस्तो ठाउँमा उपयुक्त स्थानमा जग्गा पाउन नसकेपछि प्रयोगविहीन भएको सरकारी जग्गा माग गरेका हौं । यो वर्ष पायौं भने प्लान्ट राखिहाल्छौं ।’

    पोखरामा अहिले डीडीसीको दूध पुग्दैन भने दूग्धजन्य पदार्थको बजार पनि पोखरामा निकै न्यून भएको प्रवक्ता अधिकारी बताए ।

    डीडीसीले पोखरमा आफ्नो बजार विस्तारका लागि लामो समयदेखि प्रयत्न गरिरहेको छ । तर, निजी डेरी व्यवायीहरु यसविरुद्ध खुलेरै लागेका छन् । निजी डेरी उद्योगीले सरकारी अनुदानका बलमा आफ्नो बजार प्रभावित नगर्न चेतावनी दिएपछि सरकार पनि डीडीसीलाई जग्गा दिन नैतिक संकटमा परेको छ ।

    डीडीसीले ४ वर्षअघि स्थानीय पन्थी डेरीमार्फत पोखरामा केही समयअघि दूध वितरण थालेको थियो । तर, व्यवसायीले विरोध गरी बिक्री रोक्न माग गरेपछि तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा संस्थानले उत्पादन र बिक्री रोकेको थियो

    डीडीसीले बजारमा सकारात्मक प्रतिस्पर्धा र बजार हस्तक्षेपका लागि पोखरामा आफ्नो उपस्थिति अनिवार्य भइसकेको निश्कर्षमा पुगेको बताएको छ । डीडीसीले आफूले माग गरेको जग्गा पाएमा तत्काल प्लान्ट स्थापनाका लागि  २ करोड रुपैयाँ खर्च गर्ने योजनामा छ ।

    डीडीसीले ४ वर्षअघि स्थानीय पन्थी डेरीमार्फत पोखरामा केही समयअघि दूध वितरण थालेको थियो । तर, व्यवसायीले विरोध गरी बिक्री रोक्न माग गरेपछि तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा संस्थानले उत्पादन र बिक्री रोकेको थियो ।

    डीडीसीले केही वर्षअघि घाटा भएको भन्दै पोखरास्थित आफ्नो प्लान्ट सुजल डेरीलाई बेचेको थियो । त्यसपछि पोखरमा निजी डेरीले आधिपत्य जमाएका थिए । आर्थिक अवस्था सुधि्रएपछि फेरि संस्थान पोखरामा जान चाहिरहेको छ ।

    आम उपभोक्ता भने पोखरामा डीडीसीको प्रवेशको पक्षमा छन् । किसान पनि दूधको उपयुक्त मूल्य पाइने भएकाले डीडीसीलाई पोखरामा आउन दिनुपर्ने पक्षमा छन् ।

    लगानी डुब्छः डेरी उद्योगी

    तर, डीडीसीले पहिले छाडेको बजारमा फेरि प्रवेश गर्दा व्यवसायीको ठूलो लगानी अन्योलमा पर्ने नेपाल डेरी एशोसियशनका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

    ‘डीडीसीले छाडेपछि १७ वटा निजी दूध प्लान्ट ठूलो लगानीमा स्थापना भएका छन्’ उपाध्यक्ष सापकोटाले भने,’ती उद्योगहरुलाई सिधै मर्का पर्ने गरी सरकारको काँखमा बसेर डीडीसी पोखरा जान सक्दैन ।’

    उनले यसका विरुद्धमा पशुपंक्षी विकास मन्त्रालयमा आफूहरुले संयुक्तरुपमा आवाज उठाएको बताए । सापकोटाले पोखरा र आसपासका नागरिकले स्वच्छ दूध तथा दूग्धजन्य पदार्थ सुपथ मूल्यमै पाइरहेकाले डीडीसी पोखरा फर्किनु नपर्ने बताए ।

    ‘निजी क्षेत्रको अर्बौंको लगानीलाई धक्का दिने नियतले एकाधिकारका लागि सरकारकै सहयोगमा पोखरामा प्रवेश गरे हामी आन्दोलनमा जानेछौं’ उनले भने । उनले डिडीसीलाई मात्रै संरक्षण गर्ने सरकारी नीतिको पनि बिरोध गरे ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.