×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

संसदको जोडघटाउः प्रचण्डले प्रधानमन्त्रीमा कति भोट पाउलान् ?

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ३६६ सांसद प्रचण्डको पक्षमा, कमल थापा अझै अनिर्णित

     

    १७ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा आजबाट बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । नयाँ प्रधानमन्त्रीका लागि बुधबार व्यवस्थापिका संसदमा मतदान हुनेछ ।

    सहमतीय सरकार गठनको प्रयास असफल भएपछि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न संसदलाई आहृवान गरेकी छन् ।

    राष्ट्रपतिको पत्र आएपछि सोमबार दिउँसो ३ बजे बस्ने संसदको बैठकले चुनावी प्रक्रिया सुरु गर्नेछ । संसद सचिवालयको तयारी अनुसार १९ गते बुधबार प्रधानमन्त्रीको चुनाव हुनेछ ।

    र, कुनै उथलपुथल नभए १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुने लगभग निश्चित छ ।

    यस्तो छ संसदको अंकगणित

    व्यवस्थापिका संसदमा हाल ५९५ सांसद छन् । प्रधानमन्त्रीमा निर्वाचित हुन प्रचण्डलाई २९८ मत आवश्यक पर्छ । र, यो मत सहजै पुग्ने देखिएको छ । प्रचण्डको आफ्नो दल माओवादी संसदको तेस्रो ठूलो दल हो । माओवादीसँग ८१ मत छ । उससँग ८४ सांसद रहेकोमा डा. बाबुराम भट्टराईले संसद सदस्य परित्याग गरिसकेका छन् भने ल्हारक्याल लामा निलम्बनमा छन् ।

    माओवादीबाट निर्वाचित सांसद ओनसरी घर्ती हाल सभामुख भएकाले उनले पनि मत दिने छैनन् ।

    Prachanda sarkar final
    प्रचण्डलाई संसदको ठूलो दल नेपाली कांग्रेसको साथ छ । कांग्रेससँग २०७ सांसद छन् । कांग्रेस र माओवादीको मत जोड्दा २८८ मत हुन्छ । त्यसमा २९८ मत पुग्याउन प्रचण्डलाई थप १० भोट मात्रै चाहिन्छ ।

    प्रचण्डले मधेसी मोर्चाको मत पाउने पक्काजस्तै छ । मधेसी मोर्चामा सात दल छन् र उनीहरुसँग ३९ मत छ । संघीय समाजवादी फोरम (१५), तमलोपा (११) सदभावना (५) रामसपा (३), तमसपा (३), फोरम गणतान्त्रिक (१) र संघीय सद्भावना (१) छन् ।

    मधेसी मोर्चासहितको संघीय गठवन्धनमा संसदमै रहेको थरुहट तराई पार्टी र नेपा पार्टी पनि छन् । थरुहटका दुई र नेपा पार्टीका एक सांसद छन् । यो समेत जोड्ने हो भने मधेसी मोर्चासहितको संघीय गठवन्धनबाट प्रचण्डले कुल ४२ मत पाउनेछन् ।

    त्यस्तै १४ सांसद भएको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र १२ सिट भएको राप्रपाले पनि प्रचण्डलाई मत दिनेछ । यद्यपि राप्रपा कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको एकता प्रक्रियामा छ ।

    संसदमा ३ सिटको प्रतिनिधित्व गर्ने नेकपा संयुक्त अविश्वासको प्रस्तावको समर्थक नै भएकाले यो मत पनि प्रचण्डले पाउनेछन् ।

    यसबाहेक संसदमा एक/एक सीट भएका दलहरु अखण्ड नेपाल, खम्बुवान नेपाल, जनजागरण पार्टी, समाजवादी जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, दलित जनजाति पार्टी (लोकतान्त्रिक) र एक स्वतन्त्र सांसद पनि प्रचण्डकै पक्षमा छन् ।

    यो सबै मत जोड्दा यदि समर्थन गर्ने सबै दल उपस्थित भएर मतदान गरे भने प्रचण्डले ३६६ मत पाउनेछन् ।

    को-को छन् प्रचण्डको विपक्षमा ?

    अहिले सरकारमा बसिरहेको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । तर, उसले प्रचण्डको विरुद्धमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन ।

    संसदको दोस्रो ठूलो दल एमालेसँग १८२ सांसद छन् । यसबाहेक अहिले केपी ओली नेतृत्वको सरकारमा रहेका नेकपा माले (५), नेमकिपा (४), राष्ट्रिय जनमोर्चा (३), राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक (२), नेपाल परिवार दल (२) र मधेस समाता पार्टी नेपाल (१) प्रचण्डको विपक्षमा उभिने देखिन्छ ।

    राप्रपा नेपाल अझै अनिर्णित

    ओली सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका कमल थापा नेतृत्वको राप्रपा नेपालले कसलाई मतदान गर्ने भन्ने अझै निर्णय गरिसकेको छैन । पार्टी एकता प्रक्रियामा रहेको राप्रपाले प्रचण्डलाई समर्थन गर्ने भनेकाले दुई दलको छलफलपछि मात्रै निर्णय गर्ने राप्रपा नेपालले बताएको छ ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापासँग आइतबार भेट गरेर प्रचण्डले आफूलाई मत दिन र सरकारमा आएर मिलेर काम गर्न प्रस्ताव राखिसकेका छन् । यसबारे सोमबार राप्रपा नेपालका सचेतक दिलनाथ गिरी र माओवादी नेता कृष्णबहादुर महरावीच छलफल हुँदैछ भने दुई राप्रपाका नेताहरुले पनि आपसी सँवाद गर्दैछन् । प्रचण्डलाई भोट दिने/नदिनेबारे राप्रपा नेपालको मंगलबार दिउँसो बस्ने संसदीय दलको बैठकबाट टुंगो लगाउने प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए ।

    यसैगरी दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि अहिलेसम्म अनिणिर्त अवस्थामा छन् । पासवान ओली सरकारमा विज्ञान मन्त्री थिए ।

    त्यसैगरी संसदमा एक सीटमात्रै रहेको नेपाली जनता दलले पनि कसलाई भोट दिने भन्ने खुलेको छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.