×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २७ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ३९ मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

शीर्ष बैठक निश्कर्षबिहिन, संसद्‌मा भिडन्तको खतरा

  •  
  • बिहिबार, साउन ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    काठमाडौं : बिहान ११ बजे बोलाइएको संसद्को बैठक अपरान्ह २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान दस बजेखि सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष बैठक निश्कर्षबिहिन भएपछि दुई बजेसम्मका लागि स्थगित गरिएको हो।

    थप छलफल गरेर सहमति जुटाउने उद्देश्यले  सभामुखले एक बजे पुन: शीर्ष नेताहरुको बैठक बोलाएकी छिन् । अहिलेसम्म सहमतिको वातावरण तयार भएको छैन। आर्थिक विधेयकभन्दा पहिले अविश्वास प्रस्ताव ल्याए संसद्‍ अवरुद्ध गर्ने चेतावनी सत्तारुढ दल एमालेले दिएपछि संसद्‍मा तनाव र भिडन्तको खतरा बढेको छ।

    संभावित मुडभेड रोक्नका लागि  सहमति कायम गरेर मात्र संसद् संचालन गर्न सभामुख अन्तिम कसरतमा जुटेकी छिन्। आर्थिक विधेयकभन्दा पहिले अविश्वास प्रस्ताव ल्याए संसद्‍ अवरुद्ध गर्ने चेतावनी सत्तारुढ दल एमालेले दिएपछि संसद्‍मा तनाव र भिडन्तको खतरा बढेको छ।

    मुख्य दलहरुबीच सहमति कायम गराएर संसद्‍लाई सहज रुपमा संचालन गर्ने वातावरण तयार गर्न सभामुख ओनसरी घर्तीले बिहीबार बिहान प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेकी हुन्। बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु सहभागिता थियो। सहमति जुटाएर संसद् चलाउन सभामुख गम्भीर परामर्शमा रहेको प्रेस सल्लाकार बबिन शर्माले जानकारी दिए।

    बिहीबारको बैठकमा अविश्वासको प्रस्ताव छलफल हुने गरी संसद्‍ सचिवालयले पहिले नै सूचना जारी गरेको छ। तर सरकारमा रहेको एमालेले भने कार्यसूचीमा यसअघि नै समावेश गरिएका आर्थिक विधेयकलगायतका विषयको टुंगो नलाग्दासम्म संसद्‍ अरु बिजनेसमा प्रवेश गर्न नमिल्ने भन्दै विरोध जनाएको छ। आर्थिक विधेयकसहितको कार्यसूची भन्दा पहिले अविश्वासको प्रस्ताव प्रवेश गर्न नदिने भन्दै प्रतिरोध गर्ने चेतावनी दिएपछि संसद्‍मा तनावतर्फ उन्मुख भएको हो।

    कांग्रेस र एमालेले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि अरु विजनेसमा प्रवेश गर्ने संसदीय परम्परा नरहेको बताउँदै आर्थिक विधेयक प्रवेश गर्न नदिने अडान लिएको छ। आर्थिक विधेयक तत्काल पारित गर्नुपर्ने कुनै अवस्था नरहेको तर्क कांग्रेस र एमालेले राखेका छन्।

    प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चालगायतका दलले प्रधानमन्त्री ओलीविरुद्ध असार २९ गते संसद् सचिवालयमा दर्ता गरेका थिए। संविधानको धारा २९८ को उपधारा १३ मा संसद्का एक चौथाइ सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाउने व्यवस्था छ । अविश्वासको प्रस्तावको पक्षमा स्पष्ट बहुमत देखिएको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.