×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोविन्द केसीको माग पूरा गर्न कांग्रेस नेताहरुको माग

  •  
  • मङ्गलबार, साउन ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अनशनरत गोविन्द केसीको माग पूरा गराउन पार्टीले दबाव दिनुपर्ने धारणा राखेका छन् । जारी बैठकमा आज एक दर्जन नेताहरुले बोलेका थिए । उनीहरुले यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा. केसीसँग सम्झौता गरेर अनशन तोडाएको भन्दै उनीहरुले अघिल्ला मागहरुको कार्यान्वयन गर्न र अहिलेका माग पूरा गर्न सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका हुन् ।

    आज बैठकमा सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, रामचन्द्र पौडेल, प्रदीप गिरी, गगन थापा, नारायण खड्का, मिनेन्द्र रिजालल, महेश आचार्यलगायत नेताहरुले बोलेका थिए ।

    महाअभियोगको मागमा बोल्नु हुन्न :

    मिनेन्द्र रिजाल आजको बैठकमा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले डा. केसीले उठाएको अन्य माग पूरा गर्न कांग्रेसले दबाब दिनुपर्ने धारणा राखे । उनले डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदले महाअभियोग लगाउनुपर्ने भनी माग राखेको बिषयमा भने कांग्रेसले बोल्न नहुंने धारणा राखे । ‘भोलि कसैले राजा ल्याउनुपर्छ भनेर माग राख्दै अनशन बस्यो भने के गर्ने ?’, उनले भने ।

    आफ्नै नेतृत्वमा सरकार :

    सुजाता बैठकमा बोल्दै कांग्रेस नेतृ सुजाता कोइरालाले माओवादीसँग मिलेर सरकार गठन गर्नु गलत भएको औंल्याइन् । उनले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेकी हुन् ।

    २५ भन्दा बढी मन्त्रालय नबनाउन : कार्की

    कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सरकारले गठबन्धन टिकाउन लागि मन्त्रालयहरु फुटाएर भागबण्डा गरेको भन्दै अब बन्ने सरकारले ति सबै मन्त्रालय जोड्नुपर्ने धारणा राखे । उनले अब बन्ने सरकारमा मन्त्रालयको संख्या २५ भन्दा बढी हुन नहुने धारणा राखे ।

    पार्टीमा छलफल नगरी निर्णय भयो :

    पौडेल पक्षीय नेता बैठकमा बोल्दै नेता रामचन्द्र पौडेल पक्षधरका नेताले भने सभापतिले पार्टीमा छलफल नगरी माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । पौडेलसहितका नेताहरुले पार्टीभित्र छलफल नगरी निर्णय लिइएकोमा आपत्ति जनाएका हुन् ।

    प्रधानमन्त्रीलाई भेटेको हुँ :

    सिटौंला नेता कृष्णप्रसाद सिटौलाले आफूले हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै प्रधानमन्त्रीसंग भएका छलफलहरु पार्टी बैठकमा सुनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति नौ बजे नेता रामचन्द्र पौडेल र आज बिहान प्रकाशमान सिंहलाई पनि भेटेका छन् । दुवै नेताले बैठकमा प्रधानमन्त्रीसँगको भेटको बिषयमा केही बताएनन् । ‘मैले सभापतिलाई जानकारी दिएरै प्रधानमन्त्रीलाई भेट्न गएको हुँ’, सिटौलाले भने,‘प्रधानमन्त्रीले कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा राखे ।’ सिटौलाले अहिले माओवादीसँग गठबन्धन गरेर सरकार बनाउन कांग्रेस अघि बढिसकेको जानकारी आफूले दिएको बताए । प्रधानमन्त्री ओलीले आफूसँगको भेटमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने धारणा राखेको पनि उनले सुनाए ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.