×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २८ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४० मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

डा. केसीको स्वास्थ्य नाजुक, शिक्षणमा बहिरंग बहिष्कार

  •  
  • मङ्गलबार, साउन ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण ४, २०७३- त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरूले प्रा.डा.गोविन्द केसीको आमरण अनशन नवांै दिन पुगिसक्दा पनि सरकार संवेदनशील नभएको भन्दै सोमबारदेखि शैक्षिक कार्यक्रमअन्तर्गतको बहिरंग विभागमा काम गर्न छाडेका छन्।

    उनीहरूले सम्बद्ध निकायबाट कुनै पाइला नचालिएकोप्रति खेद प्रकट गर्दै डा.केसीको जीवनरक्षाका लागि बाध्यतापूर्वक यो कदम चाल्नुपरेको जनाएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूले समेत केसीको अनशनमा ऐक्यबद्धता जनाएका छन्।

    शिक्षण अस्पतालका करिब दुई सय ५० रेजिडेन्ट चिकित्सकहरूले अन्तरंग विभाग, इमर्जेन्सी र शल्यक्रियामा भने काम यथावत् जारी राखेका छन्। वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले समेत मंगलबारदेखि कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरू विभिन्न विरोध कार्यक्रमसँगै कालोपट्टी बाँधेर काम गर्न थालेका छन्।

    रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा.तुलसी भट्टराईले सरकारले आफूहरूद्वारा गरिएको विरोध कार्यक्रमलाई नसुने चरणबद्घ रूपमा कडा कार्यक्रम ल्याउन बाध्य हुने बताए। वीरमा करिब दुई सय ६० र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा त्यत्तिकै हाराहारीमा रेजिडेन्ट चिकित्सक छन्। डा. केसीको अनशनको नौ दिन भयो, उहाँको जटिल स्वास्थ्यस्थितिले गर्दा अब कुर्न सक्ने स्थिति छैन,’ नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले भने, ‘केसीको माग पूरा नभएसम्म हामी विभिन्न स्वरूपमा विरोध कार्यक्रम जारी नै राख्छौं।’

    डा. केसीको स्वास्थ्यस्थिति जटिलतातर्फ गइरहेको उल्लेख गर्दै उपचारमा संलग्न चिकित्सकहरूले उनलाई कुनै पनि समय आकस्मिक चिकित्सकीय सहयोग आवश्यक पर्ने बताएका छन्। उपचारमा संलग्न डा.दिव्यासिंह शाहका अनुसार हाल केसीलाई सास फेर्नसमेत समस्या हुन थालेको छ। उनलाई निरन्तर अक्सिजन दिन थालिएको छ।

    उनलाई छाती दुखाइसँगै जीउ र मांसपेशी बटारिने र दुख्ने समस्या छ। रक्तचाप कम हुनुका साथै रगतमा चिनीको मात्रा पनि कम भएको छ।

    ठूलो कोठामा सारियो
    डा. केसीलाई अनशनको नवौं दिन उपचारमा सहजताका लागि चिकित्सकीय सल्लाहअनुसार ठूलो कोठामा सारिएको छ। त्रिवि शिक्षण अस्पताल प्रशासनले सबै कोठामा ताल्चा लगाएपछि उनी करिब १० फिट लामो ५ फिट चौडाइ भएको सानो कोठामा अनशन बस्दै आएका थिए। डा.केसीले आफू अन्त सर्न नमाने पनि उपचारमा संलग्न चिकित्सा टोलीको विशेष आग्रहमा स्थान्तरण गरिएको हो।

    स्वस्थ्य अवस्थासमेत बिग्रिँदै गएकाले सानो कोठामा उपचार गर्न अप्ठ्यारो भएपछि प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र प्रा.डा. दिव्यासिंह शाहले नियमित चेकजाँच गर्ने क्रममा केसीलाई ठूलो कोठामा सर्न आग्रह गरेका थिए। उनलाई अहिले सातौं अनशन बसेको ठाउँमा नै सारिएको छ। हाल अनशन सुरु भएकै कोठाको छेउमा नयाँ कोठा छ।

    पाटन अस्पतालका डाक्टरहरूको समर्थन
    यसैबीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक संघले प्रा.डा. गोविन्द केसीको आठौं आमरण अनशनप्रति ऐक्यबद्धता जनाएको छ। संघले केसीका मागप्रति सरकारले उदासीनता देखाएकामा विरोधसमेत जनाएको छ।

    संघका अध्यक्ष प्रा.डा. भरत यादवले विगतका सम्झौता सरकारले पालना नगर्दा केसी आठौं पटक अनशन बस्न बाध्य हुनुपरेको जनाउँदै सम्बद्ध पक्षलाई तुरुन्त माग पूरा गरेर प्राण रक्षा गर्न आग्रह गरेका छन्।

    अनशनप्रति सरकार मौन रहेको उल्लेख गर्दै डा.यादवले हाल चिकित्सा शिक्षाको क्षेत्रलाई बदनाम बनाउनेहरू एकपछि अर्को हत्कण्डा अपनाउँदै गएको बताए।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.