×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २१ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २१ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पानी परेपछि टहरो छाडेर जङ्गलको बास

  •  
  • बुधबार, असार २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, असार २९ गते ।  ‘हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो ? न दिन राम्रो न साँझ हाम्रो कतिञ्जेल रुने हो ? हामी भयौँ बेघरबार चरी लै’जा समाचार’ गायकद्वय अञ्जान बाबु र सङ्गीत स्रोताको स्वर भरिएको कर्णप्रिय यो गीतमा झल्किएको जस्तै पीडा अहिले उत्तरी गोरखाका भूकम्पपीडितले झेल्दै आएका छन् ।

    भूकम्पले घर भत्काएको पीडा केरौंजावासीलाई छँदै थियो । त्यसमाथि गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले वडा नं. ४ का १३७ टहरा बगाएपछि अर्काको जग्गा खोजेमा भाडा तिरेर केरौंजावासी बस्न बाध्य भए । यही असार १५ र २१ गतेको पहिरोले केरौंजा–१ का १३ टहरा पुरेपछि भूकम्पपीडित गाउँबाट विस्थापित भए । पहिरोमा पुरिँदा केरौंजाबेँसीका तीन जनाले ज्यान गुमाउनुप¥यो । घाइते तीन जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
    गएको रात पनि केरौंजावासीले स्थानीय प्रप्चेतको जङ्गलमा बिताए । सिमसिम पानी परेपछि टहरो छाडेर केरौंजावासी सुरक्षित ठाउँको खोजीमा जङ्गलतिर निस्कन्छन् । ओढ्ने प्लास्टिक लिएर गाउँले बास खोज्दै जङ्गल पुगेको केरौंजा–४ का काजी गुरुङले बताउनुभयो । “हामी कहिल्यै घरमा बस्न नपाउने भयौँ,” उहाँले भन्नुभयो– “भूकम्पले घर भत्कायो, सहेकै हो । पहिरोले टहरो बगायो फेरि बनायौँ । पहिरोले फेरि टहरो पु¥र्यो अब कहाँ जाने ?” गाउँको दुवैतर्फबाट ठूला पहिरो झरेपछि केरौंजावासी सुरक्षित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् ।
    पहिरोले भूकम्पपीडितका टहरा मात्रै होइन, गाविस भवन, सामूहिक आवास गृह, स्वास्थ्य चौकीलगायत संरचना जोखिममा छन् । प्राकृतिक प्रकोपमा परेका गाउँलेलाई राख्न सेनाले हालै निर्माण गरेको आठकोठे सामूहिक आवास गृह पहिरोको उच्च जोखिममा परेपछि बास खोज्दै गाउँले जङ्गल पस्नुपरेको हो । भूकम्पले चर्केको जमिनमा भल पसेपछि जताततै पहिरो झर्न सुरु गरेको गाउँले बताउँछन् । पहिरोले गर्दा केरौंजा १, २, ३ र ४ नं. वडाका गाउँ अन्यत्रै सार्नुपर्ने देखिएको छ । तर, प्रशासनले जोखिमयुक्त पहिचान भएका बस्ती सुरक्षित ठाउँमा सार्न आलटाल गरिरहेको छ, पहल गरेको छैन ।
    गाउँ पुगेका भूगर्भविद्ले केरौंजावासीलाई बर्खाअघि नै सुरक्षित ठाउँमा सर्न सुझाव दिएका थिए । गाउँलाई अन्यत्रै सुरक्षित ठाउँ खोजेर सार्न आग्रह गर्दै पूर्व गाविस अध्यक्ष सुकबहादुर गुरुङ नेतृत्वको टोलीले स्थानीय प्रशासनमा जानकारी पनि गराएको हो । तर बस्ती सार्न आलटाल भएपछि गाउँले जोखिमयुक्त ठाउँमै बस्दै आएका छन् । कुन बेला पहिरो झरेर अस्थायी टहरा बगाउने हो भन्ने त्रासमा गाउँले छन् । दिनभर कोदो रोप्न गएका गाउँले साँझपख पानी दर्केपछि टहरो छाडेर जङ्गलतिर जानुपर्ने बाध्यता रहेको छ ।
    मासिक रु. एक हजार भाडा तिर्दै अर्काको बारीमा सञ्चालन गरिएको केरौंजा मावि पहिरोको उच्च जोखिममा छ । विद्यालयमा ४६५ जना विद्यार्थी पढ्दै आएका छन् । कक्षा ९ मा पढ्दै आउनुभएकी छात्रा सरिता गुरुङले पानी परेपछि विद्यालयमा पढ्न नसकिने बताउनुभयो । “त्रिपाल च्यात्तिएको छ”, उहाँले भन्नुभयो– “पानी परेपछि कक्षाकोठामा गजगज हिलो हुन्छ ।” विद्यार्थीलाई जुकाले पनि सताएको छ । शिक्षक सञ्जय ढकालका अनुसार पानी परेपछि हिलो हुने र माथिबाट पहिरो आउने डरले नियमित पठनपाठन गर्न सकिएको छैन । बर्खाका लागि विद्यालय बन्द गरिएको उहाँको भनाइ छ ।
    केरौंजा, कासीगाउँ, मान्वु, बारपाकको स्नान, पोखरी, मान्द्रे, लाप्राक, गुम्दा, मुच्चोकलगायत गाविसका अधिकांश गाउँ सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले निर्णय गरे पनि एउटै गाउँ सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छैन । सरकारले उत्तरी गोरखाका जोखिमयुक्त पहिचान भएका बस्तीलाई पालुङ्टार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाएर सार्ने बताए पनि सो क्षेत्रमा केही काम सुरु भएको छैन ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.