×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २१ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २१ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा-आरुघाट सडक (फोटोफिचर)

  •  
  • मङ्गलबार, असार २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा-आरुघाट सडकको बगुवा खण्ड। सडकमै पानीको आहाल बनेपछि सार्वजानिक सवारी ठप्प छन् भने निजी सवारी साधन मुस्किलले गुड्ने गर्छन्। तस्बीर: शिवप्रसाद उप्रेती

    शिवप्रसाद उप्रेती
    गोरखाः गोरखामा ग्रामीण सडक बनेको २७ बर्षभन्दा धेरै भएको छ। तर, अहिलेसम्म पनि असार लागेपछि ग्रामीण रुटमा यातायात सेवा बन्द हुने गरेको छ।
    सदरमुकामदेखि आरुघाट, आर्खेत, सोती सडकमा घ्याम्पेशालसम्मको सडक जोखिमपूर्ण छ। यी रुटमा बस चलाउन नसकिने यातायात व्यवसायी समितिका महासचिव सुरेन्द्र कुँवरले बताए।

    कुँवरका अनुसार गोरखा बुंकोट, नाम्जुङ, बतासे, फुजेल, दर्बुङ सडकको नाम्जुङसम्म मात्र सवारी साधान चल्ने गरेका छन्।

    ‘गोरखा-बारपाक सडक पनि बालुवासम्म मात्र चल्छ। गोरखा भच्चेक सडकको खोप्लाङसम्म मात्र चल्छ’ कुँवरले भने ‘गोरखा ताकु, स्वाँरा, सौरपानी सडक पनि घ्याम्पेशालसम्म, बेनिघाट, आरुघाट खण्डमा पनि दर्बुङसम्म मात्र चल्छ।’

    लक्ष्मीबजार, बतासे, लक्ष्मीबजार मनकामना, १० किलो मनकामना सडक पनि बन्द छ। गाडीसँग सडक कर उठाउने तर मर्मत नगर्दा बर्खाका बेला सधैँ यातायात अवरुद्ध हुने गरेकोप्रति उनले चिन्ता व्यक्त गरे।

    विगत २७ बर्षदेखि हिउँदमा मात्र गाडी चढ्न पाएको आरुघाटका गणेशकुमार श्रेष्ठ बताउँछन्। ‘सदरमुकाम-आरुघाट सडकखण्ड निर्माण भएको २०४६ सालमा हो,’ श्रेष्ठ भन्छन्, ‘सडक खनेको २७ बर्ष भयो तर अहिलेसम्म पक्की हुन सकेको छैन। अहिले पनि हिउँदमा मात्र गाडी चल्छ। असार लागेपछि ठप्पै हुन्छ।’

    बर्खा लागेपछि आरुघाटबाट गोरखा जानु पर्दा धादिङबेशी, मलेखु हुदै जानु पर्ने, गोरखाबाट सामान ल्याउँदा पनि धादिङकै बाटो घुमाएर ल्याउनु परेको उनले बताए।

    ग्रामीण सडकमा गाडी नचलेपछि विकास निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न नसकिएको श्रेष्ठको भनाइ छ। सडक ज्यादै जिर्ण रहेको बारे गुनासो बढ्न थालेपछि गत हप्ता जिल्ला प्रशासन कार्यालयको नेतृत्वको प्राविधिकसहितको टोलीले सडक अनुगमन गरेको थियो।

    अनुगमनपछि घ्याम्पेशालसम्मको सडक तत्काल मर्मत गर्न सडक योजना कार्यालयलाई जिम्मेवारी दिएको थियो। ‘तर सोचेजस्तो काम हुन सकेको छैन। ढिला भइरहेको छ’ सडक योजना कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले भने।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.