×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दिनदिनैको पहिराले सौरहाको पर्यटन चौपट

  •  
  • शनिबार, असार २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    असार २४, २०७३- नारायणगढ-मुग्लिन सडकमा दिनहुँ खस्ने पहिराले चितवनको सौराहामा आउने पर्यटकको संख्या हवात्तै घटेको छ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले थलिएको सौराहामा आन्तरिक र बाह्य पर्यटकको आवागमनमा केही सुधार भइरहेका बेला पहिरोले थप समस्या पारेको छ ।

    ‘काठमाडौंलगायत पश्चिमबाट आउने विदेशी र आन्तरिक पर्यटकको संख्या घटेको छ,’ होटल सेन्टर पार्कका सञ्चालक श्यामकाजी महतले भने, ‘निश्चित समय लिएर आउने पर्यटक पहिराका कारण बाटोबाट र्फकने गरेका छन् ।’ राजधानीबाट विभिन्न संघसंस्थाले गोष्ठी र सेमिनारका लागि यहाँ होटल बुक गराएका थिए । ‘पहिराले आउन नसक्दा धेरै रद्द गर्नुपर्‍यो,’ महतले भने, ‘वैकल्पिक मार्ग भरपर्दो नभएकाले पर्यटकको आवागमन हुन नसक्दा व्यवसाय नै धरापमा पार्‍यो ।’

    चितवनलाई मुलुकको तेस्रो पर्यटकीय गन्तव्य मानिन्छ । यहाँ वन्यजन्तु अवलोकन र हात्ती सफारीका लागि पर्यटक आउँछन् । निकुञ्ज घुम्ने पर्यटकको संख्या पनि उत्साहजनक छैन । चैतमा समान्य सुधार देखिएको संख्या वैशाखपछि निरन्तर ओरालो लागेको होटल व्यवसायी बताउँछन् । गत वर्ष वैशाखमा भूकम्पले पर्यटन सुक्यो । त्यसपछि भदौमा नयाँ सिजनपछि पर्यटन पहिलेकै अवस्थामा र्फकनेमा व्यवसायी ढुक्क थिए । ‘भदौ र असोजसँगै मधेस आन्दोलन भयो र त्यसमा नाकाबन्दी थपियो, त्यसपछि ओरालो लागेको पर्यटन क्षेत्र अप्ठेरो अवस्थामा पुगेको छ,’ क्षेत्रीय होटल संघका उपाध्यक्ष सुमन घिमिरेले भने, ‘चितवन रोजेर आउने पर्यटकहरू पहिराले पोखरा जान थालेका छन् ।’ उनले सिजन नभए पनि अहिले चिनियाँ र भारतीय पर्यटकले होटल बुक गरेको थिए । ‘थोरै संख्यामा आउने बाह्य र आन्तरिक  पर्यटक पहिराको डरले फर्किए,’ उनले भने ।’

    यसअघि साैराहा र चितवन निकुञ्ज घुम्न एक सिजनमा २ लाखभन्दा बढी पर्यटक आउने गरेको तथ्यांक छ । पछिल्ला दुई महिनामा ५ हजार पनि पुग्न सकेनन् । गत आर्थिक वर्षमा पर्यटकको संख्या १ लाख ७८ हजार पुग्यो । ‘यो वर्ष एक लाख पुग्ने सम्भावना छैन,’ क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले भने, ‘भूकम्प र नाकाबन्दीले थलिएको यहाँ पहिराले पर्यटक आउन नसक्दा थप मारमा परेका छौं ।’ नारायणगढ-मुग्लिन सडक फराकिलो पार्ने नाममा सडक सुधार आयोजनाले पहाड काट्न थलेपछि दिनहुँ पहिरो खस्न थालेको हो । यसले पर्यटन व्यवसायमा आर्थिक क्षति पुर्‍याएको छ ।

    चालू वर्षको साउनदेखि जेठसम्म निकुञ्ज घुम्ने पर्यटक ८१ हजार ८ सय १३ छन् । असारमा मात्र १० हजार पुगेको छ । आर्थिक वर्ष ०५४/५५ मा पहिलोपटक एक लाख पुगेको थियो । त्यसअघि वाषिर्क ९६ हजार ६२ पर्यटक आएका थिए । पर्यटक आउन नसेकाले पछिल्लो समय सौराहाको व्यवसाय आधा घटेको छ । यहाँ १ सयभन्दा बढी ठूला, साना होटल निर्माण भएका छन् । यीमध्ये ३० भन्दा बढी सुविधासम्पन्न छन् । नयाँ तथा ठूलठूला होटल रेस्टुरेन्ट निर्माण हुने क्रम जारी छ । पछिल्लो अवस्थाले बढेको व्यवसायी घाटाले बैंकमा व्याजसमेत बुझाउन नसक्ने अवस्थामा रहेको व्यवसायीहरू दुखेसो पोख्छन् । पहिराले सवारी अवरुद्ध हुन थालेपछि न्यून मात्रामा पर्यटकहरू हवाईमार्ग भएर आउने गरेका छन् । त्यसरी आउने पर्यटक निकै कम छन् । मुलुकमा अघिल्लो वर्ष ९ लाख पर्यटक भित्रिएका थिए । ‘तर, यस वर्ष भने ५ लाख मात्र पुग्यो,’ उपाध्यक्ष घिमिरेले भने, ‘यही तथ्यांक हेर्दा भूकम्प र नाकाबन्दी पछि पहिराले झनै समस्या थपियो । सौराहाको निकुञ्ज भ्रमण, हात्ती चढ्ने, जंगल सफारी, वन्यजन्तु, सनराइज र नदीका जीव हेर्न बाह्य र आन्तरिक पर्यटक आउने गर्छन् । यो क्षेत्र बाह्य र आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.