×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मै हुँ कान्छी रेलको ड्राइबर…

  •  
  • शनिबार, असार २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देवेन्द्र भट्टराई, काठमाडौं
    गुल्मी, धुर्कोटका एक नेपाली ४० वर्षयता भारतीय रेल्वेका कर्मचारी छन् । त्यसमाथि उनी रेलको ड्राइभर बनेकै वर्षौं भइसक्यो ।

    असार २५, २०७३- मे महिनाको मध्यतिर दिल्लीको तातो बढेर ४५ डिग्री आसपास पुगेको थियो । वातानुकूलित कोठामा बसे पनि गुम्सिएको हावा । बाहिर टहलिए पनि तातो राप । यसरी नित्यकर्ममै जोडिएको थियो— तावाबाट निस्किएर भुङ्ग्रोमा सेकिंदै गरेजस्तो दैनिकी ।

    एउटा रापिलो मध्यान्हमा न्यू दिल्ली रेल्वे स्टेसनभित्रको गोलमाल लाग्ने भीडको पहिलो प्लेटफर्ममा आइपुग्यो— सचखण्ड एक्सप्रेस । दिल्लीबाट अमृतसरका लागि हिंडेको यो रेलको सवारी, चाल र रूप अरू बेलामा भन्दा भिन्न लागिरहेको थियो । प्लेटफर्ममा रेल जति नजिकिंदै आयो, कौतूहल र खुसीको मात्रा बढ्दै गयो ।
    ‘मै हुँ रेलको ड्राइभर, बमबहादुर घिमिरे । घर नवलपरासी, अरुणखोला,’ सचखण्ड एक्सप्रेसको तस्बिर लिइरहेका बेला छेवैमा आएर एकजना गतिलो ज्यानका अपरिचितले आफूलाई चिनाए, ‘अब तपाईंलाई लिएर म लुधियाना जानेछु ।’
    बल्ल थाहा लाग्यो, सचखण्डको अबको ड्राइभरीमा पालो दिन बसेका रहेछन् बमबहादुर । उनले सरासर ‘गार्ड ब्रेक’ (रेलमा ड्राइभर क्याबिनपछाडिको खाली अपार्टमेन्ट) मा लगेर मलाई राखे र, भने, ‘यहाँ बसेर रमित हेर्नुहोला । पानीपत स्टेसनदेखि सँगै बसेर जाउँला ।’


    यसरी सुरु भयो, एउटा उल्काको यात्रा । त्यो ‘गार्ड ब्रेक’ कोठामा ड्राइभरका चिनारु, रेल्वे कर्मचारी वा र्फुसदका टिकट जाँचकी (टीटी) हरू बस्ने रहेछन् । साँगुरो कोठामा उभिएरै अथवा भुइँमा टुसुक्क बसेर भए पनि १२/१५ जना बिनाटिकटका यात्रुसँग फिरन्ता बन्न पाउँदा रमाइलै लाग्यो— सुरुसुरुमा । दिल्लीबाट गाजियाबाद सोनीपत हुँदै पानीपत पुग्न झन्डै १ सय किलोमिटर दूरी नाघ्नु थियो । अरूभन्दा पनि आनन्दको कुरा, लमतन्न सर्पजस्तो रेलसेवाका ड्राइभर थिए— एक नेपाली ।
    ‘चलिए, पाइलटजी ने बुलाया है,’ पानीपत स्टेसनमा गाडी रोकिनासाथ ड्राइभर बमबहादुरका सहयोगी लिन आए, ‘अपना बैग लेके चलिए, अब पाइलट के साथ रहेना है ।’
    …
    ओहो, रेलको ड्राइभर बस्ने सबैभन्दा अग्रभागको बोगीमा म थिएँ । ड्राइभर बमबहादुर निकै एकाग्र र व्यस्त देखिन्थे । स्टेयरिङ घुमाउन, अनगिन्ती स्विचहरू अन–अफ गर्न, झ्यालबाट पुलुक्क हरियो झन्डा देखाउन वा वाकीटकीबाट कन्ट्रोल–रुममा रेल–रुटका सूचना दिइरहनमा व्यस्त थिए उनी । बोल्ने फुर्सद कमै थियो । फेरि रेल्वे इन्जिनसँगै टाँसिएर बसेको ड्राइभर क्याबिनमा खेप्नुपर्ने तातोको कुरो के गर्नु ? सायद ५० डिग्री छेउछाउ गर्मी यहाँ हुनुपर्छ ।
    ‘हामीलाई त बानी भइसक्यो, जाडो न गर्मी,’ चलिरहेको रेलको चर्को छुकछुकमाझ बमबहादुर बोले, ‘आँखै सामुन्नेको जाल बिछ्याएसरीको बाटो, सिग्नल, सेवा र सुरक्षाको चिन्तामाझ ५० डिग्रीको तातो पनि साह्रै ख्याल गरिन्न ।’
    कुरा गरिरहेकै बेला बमबहादुरका चालक–सहायकले कुलरको चिसो पानी बोतलमा लिएर आए । सायद अगाडि कुनै सिग्नल आउन लागेकाले हुन सक्छ— सहायकले ड्राइभर सिटको अर्को कुनामा रहेको हर्न लामो समयसम्म बजाइरहे । ‘हेर्नुस्, रेलगाडीको नियम के हुन्छ भने यो गाडी कुदिरहुन्जेल सब ठीकठाक छ भन्ने हुन्छ । जब रोकिन्छ, त्यो ड्राइभरको थाप्लोमा आइपर्छ । चाहे स्टेसनमा रोकियोस् वा सिग्नल बुझेर,’ बमबहादुर स्टेयरिङ र स्विचहरूमा हात चलाउँदै बोलिरहेका थिए, ‘फेरि कुनै रेड–सिग्नलमा पनि गाडी अगाडि बढाइयो भने कानुनत: त्यो दुर्घटना ठहर्छ । (चाहे कुनै दुर्घटना नहोस् ।)’
    बमबहादुरका सहायक चालकले बेलाबेलै कुलर पानी वा गरम–चाय सेवामा ल्याइरहे । अलिक ठूला स्टेसनमा रोकिएका बेला कुदेर बाहिरबाट गरम–समोसा वा कचौडी आइरहन्थ्यो । मूल ड्राइभर बमबहादुर सामुमा आउने पटियाला वा कुरुक्षेत्र, करनाल स्टेसनको विशेषता सुनाइरहन्थे । छोटी स्टेसन साधुगढ देखिएपछि उनले सुनाए, ‘यहाँ ट्रेन–कोच (बोगी) निर्माण हुन्छ, पर्तिर सरायबन्जारा स्टेसनमा चक्का (ह्विल) बनाइन्छ ।’


    दिल्ली–लुधियानाको आजको ३ सय १२ किलोमिटरको रुटबारे मात्रै होइन, बमबहादुरलाई कटरा, साहरनपुर, जम्बु वा अमृतसरका सबै गल्ली–गल्छेंडा कण्ठस्थ छन् । ‘म सन् १९७७ देखिको रेल्वेको कर्मचारी, तपाईं सम्झिहेर्नुस् त,’ गाडी चलिरहँदा पनि बम बोलिरहेका थिए, ‘सुरुमा कोइला इन्जिन पुछपाछ गरेर (पोछा लगाएरै) रेल्वे ड्युटी थालेको थिएँ । पछि आफ्नै बलबुताले गर्दागर्दै दस वर्षयता गाडी चलाउने लोको–पाइलट (ड्राइभर) बनेको छु ।’ यसरी व्यावहारिक सिकाइ र अनुभवकै भरमा अब भने लोको–पाइलटको तहमा पुग्नै सकिन्न, यो तहमा पुग्न पढाइ अनिवार्य हुन्छ । बमबहादुरका हकमा उनले भनेजस्तै ‘तकदिर’ सर्वोपरि रह्यो, उनको ८ कक्षा पासको सर्टिफिकेटको होइन ।
    बमबहादुरका अनुसार एउटा रेलगाडीमा अश्व–शक्ति बराबरको ऊर्जा हुन्छ अर्थात, ६ हजार घोडाले तान्ने इन्जिन–शक्ति रेलमा हुन्छ । थाहा पाएसम्म भारतीय रेल्वेका १३ लाख कर्मचारीमा धेरै थोरै नेपाली मात्रै लोको–पाइलटको तहमा पुगेका छन् । बमबहादुरले सम्झेअनुसार अर्घाखाँचीका एउटा मगर र आँधीखोला (स्याङ्जा) को अर्का कामी प्राविधिक मात्रै उनीभन्दा अगाडि भारतीय रेल्वेमा लोको–पाइलट बनेका थिए । ‘सबैले रेलको ड्राइभर भन्छन् तर खासमा म नि पाइलट हुँ,’ बमले अथ्र्याए, ‘लोको इन्जिन चलाउने पाइलट अर्थात् लोको–पाइलट ।’
    गफको सुरमा रेल्वे सेवाका आफ्ना सुरुवाती दिनहरू बम अझै पनि सम्झिरहेका थिए । कोइलाबाट चल्ने इन्जिन पुछपाछ गर्ने ड्युटी पूरा गरेर हरसाँझ कोठा फिर्दा उनी अँगारझैं बनेर आइपुग्थे । उसबेला भर्खरै गुल्मी गाउँबाट बिहा गरेर ल्याएकी श्रीमती मालती हरसाँझ सोध्ने गर्थिन्, ‘होइन, यो मेरो श्रीमान् (बमबहादुर) नै हो के ?’
    ….
    गुल्मी, धुर्कोटमा जन्मे–हुर्केका बमबहादुर घिमिरे एक आम–आदमी नेपाली हुन्, उमेर र लहडको होहोरीमा लागेर अरू थुप्रै केटाहरूझैं भागेर नजिकको लाहुर (भारत) छिरेका । उनी ८ कक्षाको विद्यार्थी छँदै गाउँबाट निस्किएका थिए, अनाहकको लहडमा । गाउँकै धनीमानी र पण्डित खलकका छोरा भएर पनि उनले घर छाडेका थिए । उत्तरप्रदेशको कानपुरमा रहेकी फुपूको थातथलो ताकेर घर छाडेका बमबहादुर फेरि गाउँ फर्केनन् । उनको लेखान्त कानपुर, कोलकाता, दिल्ली हुँदै लुधियानामा पुगेर अडिएको छ— ४० वर्षयता । ‘तिथिमितिमा भन्नुभन्दा पनि म भारत लागेपछि बंगलादेश टुक्रिएको हो, म त्यस बेला पटनाको मधुपुरमा टहलिरहेको थिएँ,’ उनले सुनाए ।


    घरबाट त्यसै बरालिएर हिंडेको छोराको चिन्ता त छँदै थियो । घरपरिवारको चित्तशान्ति गराउनै भए पनि फुपूको घर कानपुरबाट गुल्मी घर फर्कने भन्दै एउटा बिहानीमा बमबहादुर फेरि बाहिर निस्किए । खासमा स्टेसनमा भेटिएको रेलमा दिल्ली जान हिंडेका थिए उनी । तर, त्यो ट्रेनगाडी सीधै कोलकाता जाने रहेछ । टिकट जाँचकी (टीटी) वल्लो छेउमा देखिए पल्लो छेउतिर भागेर अथवा टीटी पल्लो छेउमा भए वल्लो छेउतिर तर्केरै बमबहादुरले रेल्वे यात्रा पूरा गरेका थिए । कोलकातामा हावडा पुलको छेउमा झोक्राएर बसिरहेका बेला कुनै सज्जनले एकजना नेपालीको हलुवाई पसल (बडाबजार) मा पुर्‍याइदिएको र त्यहींबाट भिन्न ‘तकदिर’ जन्मिन सुरु भएको क्षण बमबहादुर भुल्न सक्दैनन् । ‘तकदिर से ज्यादा और समय से आगे कुछ नहीं मिल्नेवाला है’ भनेर उनले कुनै जुगमा कोलकातामा दौडिरहेको मालबाहक ट्रकका पछाडि लेखिएको पढेका थिए, जुन आजसम्मै गुरुमन्त्रझैं बनेको छ ।
    कोलकातामा हलुवाई मालिकको घरमा सेवक बनेर छ महिना बसेपछि बमबहादुर फेरि अर्को सनकमा दिल्ली फर्किए । दिल्लीको किद्वीनगरमा भेटिएको एक सरदारले बमलाई अर्को बाटो देखाइदिए । रेल्वे सेवामा काम गर्ने इन्जिनियर दाजुभाइको घरमा भान्से काम गर्ने अवसर सामुमा थियो । तर, बमबहादुरले पनि भान्से हुनासाथै सर्त राखे, एक वर्षपछि रेल्वे सेवामा सानोतिनो नोकरी लगाइदिनुपर्ने ।
    नभन्दै त्यो ‘समय’ सन् १९७७  जुन महिनामा मात्रै सुरु भयो । रेल्वे इन्जिन सफाइ गर्ने र महिनाको १ सय ८० रुपैयाँ तलब थाप्ने ‘तकदिर’ उनको जीवनको अर्को सुरुवाती थियो । यस्तै सानोतिनो काम र कमाइमा २८ वर्ष अल्झिएपछि मात्रै बमबहादुर रेलगाडीको ड्राइभर बनेका हुन् अर्थात् लोको–पाइलट । जागिरको सुरुवाती दिनदेखि लुधियानामा बसोबास गर्दै आएका बमबहादुरका दुई छोरा र छोरी पनि आ–आफ्ना गरिखाने बाटोमा छन् । लुधियानाको रेल्वे स्टेसन नजिकैको सरकारी क्वार्टरमा बस्दै आएका बमबहादुर–मालती दम्पती २०१७ को जुन महिना पर्खिरहेका छन्, जुन बेला बमबहादुर उमेर (६० वर्ष) अनुसार पेन्सनपट्टा लाहुरे बनेर गाउँ फिर्नेछन् । यो तिथिको दिनगन्ती अहिलेबाटै सुरु भैसकेको छ । गाउँ फिरेर बमबहादुर–मालती दम्पती नवलपरासीको अरुणखोलामा बसाइ सरेका ९३ वर्षीय पिता भूमिदत्त घिमिरेको स्याहारचाकरमा जुट्ने भएका छन् ।
    ….
    बमबहादुरलाई जीवनमा साइकल चलाउन कहिल्यै आएन । मोटरसाइकल वा गाडी त टाढाकै कुरा भयो । गाउँ छँदै घाँस–दाउरा जाने क्रममा चढेर अलिक स्पिडमा कुदाएको जन्तु एउटै रहेछ— भैंसी । तर, ‘तकदिर’ भनेर जान–अन्जानमैं आज उनी अश्व–शक्ति भएको रेल्वेमा जोडिएका छन् । त्यो पनि ‘रेंकर’ बाट उठेर लोको–पाइलट बनेका उनी उदाहरणीय पात्र हुन् ।
    रेलगाडीको ड्राइभर भन्नु मात्रै— यसभित्रका नियम अति कडा रहेछन् । ड्राइभरको क्याबिनमा एसी चलाउन नपाइने (निन्द्रा लाग्छ भनेर), ड्राइभरले मादक पदार्थ सेवन गर्न नपाइने, तोकेको समयभन्दा १५ मिनेट ढिलो गाडी कुदाएमा पनि स्पष्टीकरण दिनुपर्ने आदि । अरूभन्दा पनि छुट्टीको समयमा समेत मोबाइल अफ गर्न नपाइने । तैपनि आफ्नो पेसाभित्रको धर्म ठानेर बमबहादुरले सबै नियम पालना गरेकै छन् ।
    नामकाम, पद वा कमाइका हिसाबमा बमबहादुर आज लोभलाग्दो ठाउँमा छन् । बरु नमिल्दो कुरो एउटै छ, त्यो हो— रेलको ड्राइभर भएपछि ‘रुटिन–लाइफ’ भने छैन, कुनै पनि बेला ड्युटीमा जानुपर्ने हुन्छ । ‘तर, यो ड्राइभर भन्ने चीजलाई अझै पनि धेरैले बहुत घटिया भन्ठान्छन् । रिक्साचालक वा ट्रेनको ड्राइभर एउटै हुन्जस्तो गर्छन्,’ लुधियाना उत्रिन्जेल बमबहादुर मनको कुरा खोलिरहेका थिए, ‘अझ उता गुल्मी–नवलपरासीतिर त्यो भूमिदत्त पण्डितको छोरो बमे रेलको ड्राइभर पो भएछ भनेर सजिलै कुरोमा उडाउँछन् रे ।’ (भूमिदत्तका दुई पत्नीमध्ये बम क्षेत्रिनीपट्टिका छोरा हुन्)
    बमबहादुरले नेपाली भाकामा जोडिएका रेल्वे र ड्राइभरका गीत निकै सुनेका छन्, ‘मैं हुँ कान्छी रेलको ड्राइभर’ देखि ‘अरू कालो रेलको धूवाँले’ सम्म । जमानाअनुसार, ड्राइभर पेसा पनि अटोमेटिक र मेसिनरी बन्दै गइरहेका बेला झिल्के ड्राइभरको अर्थ अब त्यति नरहनेमा उनी ढुक्क छन् । अर्कातिर, कोइला इन्जिनको उहिलेको जुगमा ‘अरू कालो रेलको धूवाँले’ भनेर गीत बनाइएको हुन सक्ने भए पनि अब कोइला–इन्जिन संग्रहालयमा खोज्ने बेला आइसकेको उनले सुनाए ।
    बरु, बमबहादुरका लागि भने जीवनमा एउटै मात्रै गीत छ, त्यो हो— ‘तकदिर से ज्यादा और समय से आगे कुछ नहीं मिल्नेवाला है…।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    इरान थप आक्रामक बन्दै
    इरानसँगको युद्धमा अमेरिकाकाे हालसम्म ३७.५ अर्ब डलर खर्च
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.