×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २३ मिनेट अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४६ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ५५ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पहिरोमा गोरखामा तीन पुरिए

  •  
  • बुधबार, असार २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखाको केरौँजा गाउँ ।फाइल तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर
    सुदीप कैनी, गोरखा

    असार २१, २०७३- गोरखाको केरौंजा–३ मा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । बाटो मर्मत गर्न गएकामध्ये ६ जना पहिरोमा पुरिएकामा केरौजा–४ का १५ वर्षीय सन्दीप घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया गुरुङको मृत्यु भएको हो ।

    उनीहरू मंगलबार बिहान ११ बजे केरौंजाको फलिङपु भन्ने ठाउँमा खसेको पहिरोमा पुरिएका हुन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घाइते हुनेमा केरौंजा–४ का ४० वर्षीय पुंगे गुरुङ, उकाल गुरुङ र १२ वर्षीय सुकराम घले छन् । घलेको अवस्था गम्भीर छ । माछीखोला प्रहरी चौकीका प्रहरी र स्थानीयवासीले घाइतेको उद्धारसँगै मृतकका शव बाहिर निकालेका हुन् । माछीखोला स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएका घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    घटनास्थलमा उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले घटनाबारे गृह मन्त्रालयमा जानकारी गराएर हेलिकप्टर मागिएको बताए । पहिरोले बिगारेको गुम्दाको माछीखोलाबाट केरौंजा जोड्ने बाटो बनाउन १० जना गएका थिए । तीमध्ये ६ जना पहिरोमा परेका हुन् । सँगै गएका अन्य चार जनाले भने भागेर ज्यान जोगाएका छन् ।

    अघिल्लो साता आएको पहिरोबाट केरौंजाका अधिकांश बासिन्दा विस्थापित भएका छन् । २०७२ वैशाख १२ को भूकम्पलगत्तै उक्त ठाउँमा पहिरो गएको थियो । केरौंजा गाउँबाट सुरु भएको करिब पाँच किलोमिटर लामो पहिरो केरौंजाबेसी हुँदै बुढीगण्डकी नदीमा मिसिएको छ । वर्षात् सुरु भएसँगै पुन: पहिरो खस्न थालेको हो । पहिरोबाट विस्थापित बासिन्दा जंगलको बुट्यान फडानी गरेर अस्थायी रूपमा बस्दै आएका छन् । एउटै पहिरोले केरौंजाको गाउँदेखि बेसीसम्मका बस्ती बगाएको स्थानीय सुकबहादुर गुरुङले बताए । उक्त पहिरोका कारण करिब पाँच सय २१ घरपरिवार प्रभावित भएका छन् । भूकम्पलगत्तै पनि पहिरोका कारण करिब दुई सय ५० घरपरिवार विस्थापित भएका थिए । वर्षात्सँगै पहिरो खस्न थालेपछि स्थानीय थातथलो छाडेर सुरक्षित स्थलमा अस्थायी बसोबास गर्न थालेका छन् । ‘जताततै पहिरो खस्न थालेको छ, जतिबेला पनि ढुंगा खसिरहन्छ,’ केरौंजा–३ का यदमा घलेले भनिन् । बस्तीभित्र हिँडडुल गर्दा पनि पहिरो छल्दै होसियार हुनुपर्ने अवस्था रहेको उनले बताइन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.