×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४७ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ५६ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कांग्रेसले माओवादीसँग मिलेर एमालेलाई ठीक लगाउँला भनेर नसोचे हुन्छ: दाहाल

  •  
  • सोमबार, असार २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘संविधान बनेपछि केपीजीलाई प्रधानमन्त्री र सुशीलजीलाई राष्ट्रपति प्रस्ताव गरेको थिएँ’

    – नगेन्द्र अधिकारी, काभ्रे

    असार २०, २०७३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोधको रणनीति त्याग्न कांग्रेसलाई आग्रह गरेका छन् ।

    काभ्रेको नालामा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समयको गाम्भीर्यतालाई बुझ्न कांग्रेस र एमालेलाई आग्रह गरे । ‘एमालेका साथीहरुले विषय (सरकार फेर्ने)लाई अन्यथा नलिनुहोला,’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार दुई घण्टा कुरा गरेर काभ्रे आएको बताउँदै उनले भने, ‘कांग्रेसले पनि माओवादीसँग मिलेर आएपछि अर्को (एमाले)लाई देखाउँला भन्ने नसोच्नुहोला ।’

    कार्यक्रममा एमालेका नेताहरुले दाहाल सरकार परिवर्तनको खेलमा लागेको धारणा राखेपछि दाहाले प्रष्टोक्ति दिएका हुन् । उनले एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई कहिं पुर्‍याउन नसक्ने बताउँदै राष्ट्रिय सहमतिका लागि जोड दिएका हुन् । ‘ओलीजीमा सहमति हुन्छ, ठीक छ, शेरबहादुरजीमा हुन्छ ठीक छ,’ उनले भने, ‘शान्तिप्रक्रिया पनि टुंग्याउनु छ, शान्तिप्रक्रियामा माओवादीको भूमिका छ भन्ने हो भने माओवादी पनि तयार छ ।’

    दाहालले सहमतिका लागि जसले त्याग गर्ने तत्परता देखाउँछ, इतिहासले उसैलाई सम्मान गर्ने उल्लेख गर्दै भने, ‘कसैले सहमतिका लागि त्याग गर्दैन भने मुद्धाका लागि सहमति गरेर अघि बढ्नुपर्ने हुन्छ ।’

    दाहालले आफू प्रधानमन्त्री हुन हतारिएको भन्ने टिप्पणीमा सत्यता नभएको पनि दाबी गरे । ‘कहि प्रचण्ड पो प्रधानमन्त्री हुन हतारिएको हो कि टिप्पणी देखिन्छन्,’ उनले भने, ‘सवाल प्रधानमन्त्रीको होइन, संविधान असफल होला भन्ने चिन्ताबाहेक अरु केही छैन ।’

    संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता महसुस भएको दाहालको भनाइ छ । ‘हामीले राष्ट्रिय स्वाधिनताको लडाइँ लडिरहँदा आन्तरिक राष्ट्रिय एकता दुर्घटनामा पर्ने त होइन भन्ने छ, पुनर्निर्माण कछुवाको गतिमा छ, १ प्रतिशत पनि काम भएको छैन,’ उनले राष्ट्रिय सहमतिको सरकारबारे दलिल पेस गरे, ‘यो कामका लागि राष्ट्रिय सहमतिबिना सम्भव छैन भन्ने चिन्ता छ ।’

    दाहालले संविधान बन्न नदिनेहरु कार्यान्वयन नहोस् भनेर सक्रिय रहेको उल्लेख गरे । ‘त्यही भएर त्यतिबेलै मैले केपी ओलीजीलाई प्रधानमन्त्री र सुशीलजीलाई राष्ट्रपति बनाऊ भनेको थिएँ, एमाले र कांग्रेसका साथीहरुले आफ्नो नेताहरुलाई सोध्न सक्नुहुनेछ,’ उनले दाबी गरे ।

    दाहालले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाबेला विगतमा पनि दलहरुबीच राष्ट्रिय एकता कायम हुने गरेको स्मरण गर्दै संविधान कार्यान्वयनमा पनि दोहोरिने विश्वास व्यक्त गरे । ‘नेपाली राजनीतिमा जोखिम उठाउने र अगाडि बढ्ने परिघटना भएका छन्,’ उनले भने, ‘अप्ठ्यारोबेलामा राष्ट्रिय सहमति देखाएका छौं, अझै पनि देखाउने छौं ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.