×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बाबुरामसँग ‘नोट अफ डिसेन्ट’

  •  
  • शनिबार, असार १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नयाँशक्ति बाबुरामको मात्रै होइन

    सौगात पोखरेल

    माफ गर्नुहोस, डा.बाबुराम भट्टराईसँग मेरो साँधको झगडा छैन । न अंश मुद्दा नै छ । यो नयाँ शक्ति साँच्चिकै नयाँ बनाउने अभिप्रायका साथ चलाइएको बहस हो । नयाँ शक्ति निर्माणको सुरुवाती चरणबाट नै मजस्ता थुप्रै युवाहरु पनि बाबुरामसँगै लागेका थियौँ ।

    जतिबेला बाबुरामलाई समाजका धेरै मान्छेहरुले फरक दृष्टीकोणले हेरेका  थिए, उनका आफ्ना भन्नेहरु उनीबाट टाढिएका थिए । तर, हामी हाम्रै पालामा सम्वृद्ध मुलुक बनाउने आशा पालेर नयाँ शक्ति निर्माणमा लागेका थियौँ ।

    हिजो त्यो समयमा बाबुरामलाई  रामराम भन्न नसक्नेहरु आज उनलाई काँध थाप्नका लागि तयार भएका छन् । उनी नयाँ शक्तिको संयोजक हुनुमा हामीजस्ता थुप्रै युवाहरुको भूमिका उल्लेख्य छ । तर, पार्टी निर्माणको चरणदेखि यहाँसम्म आइपुग्दा बाबुरामसँग मेरा केही असहमतिहरु छन । उनले अहिले संयोजकको डण्डा बर्षाएर आफैंले बनाएको विधि मिच्ने काम गरिरहेका छन् । मूलतः हाम्रो असमति त्यहीँ हो ।

    केही समय पहिले  राजनैतिक मुद्दाको अन्त्य भएको भन्दै नयाँ शक्तिले सम्वृद्धिका लागि राजनीति गर्ने उदघोष गरेका थिए । खराब राजनैतिक संस्कारबाट आजित युवापुस्ता उनले चलाएको विकासे राजनीतिबाट आर्कषित भएका थिए । तर, कालान्तरमा बाबुरामको ध्यान सम्वृद्धिको एजेण्डाले भन्दा कलस्टरको एजेण्डाले तानेको छ । त्यो भनेको आर्थिक एजेण्डा होइन । तर, आर्थिक सम्वृद्धिको एजेण्डा पहिलो प्राथामितामा हुनुपर्ने थियो ।

    कुरा सहभागितामूलक लोकतन्त्रको गर्ने बाबुरामले काम भने जंगबहादुर शैलीमा गरिरहेका छन् । सधै ट्राटस्कीको फ्यान भएको बताउने बाबुराममा स्टालिनप्रतिको मोह जागेको छ । मबाट हामी हुनुपर्छ भन्ने दृष्टिकोण राख्ने बाबुरामलाई म र मबाहेक अरु कोही जान्ने र बुझ्ने छैनन् भन्ने भ्रमले गाँजेको छ । र, त्यसैको जगमा भेलामा गएका प्रतिनिधिहरुलाई ताली बजाउन लगाएर घर फर्काएका छन् । यसले भिड बढाउने भन्दा अर्को कुनै काम गर्न सकेन । त्यो भिडमा एकजना म पनि थिएँ ।

    कि त बाबुरामले भेलाको म्याण्डेट लिएर सह-संयोजकहरु भेलाबाटै तोक्न सक्नुपथ्र्यो, होइन भने पार्टीको महाधिवेशनसम्म यसरी नै लैजाने हिम्मत गर्नुपर्थ्यो

    भेलाले गर्नुपर्ने थुप्रै निर्णयहरुमाथि अंकुश लगाएर डाक्टर सा’बले त्यसको भारी सचिवालयमा थुपारिदिएका छन् । त्यहाँनेर खै कहाँ मेल खायो उनले भन्ने गरेको प्रत्यक्ष लोकतन्त्रको अभ्यास ? अहिले सचिवालयमार्फत विभिन्न किसिमको मनोनयन चलिरहेको छ । हामीमाथि विभिन्न लिगेसी बनाएर नेताहरुको घेरा बनाउँदै लगिएको छ । त्यसो गर्दा तपाईहरुले भन्नुहोला, यो संक्रमणकालमा सबैले गर्ने यस्तै त हो । तर, अहिलेको वैकल्पिक राजनैतिक शक्ति भएका कारण त्योभन्दा फरक हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो  ।

    कि त बाबुरामले भेलाको म्याण्डेट लिएर सह-संयोजकहरु भेलाबाटै तोक्न सक्नुपथ्र्यो, होइन भने पार्टीको महाधिवेशनसम्म यसरी नै लैजाने हिम्मत गर्नुपथ्र्यो । तर, त्यसो हुन सकेन ।

    बाबुरामले लाखौँ पार्टीका संस्थापक सदस्यहरुलाई बोधार्थ पठाएर सह-संयोजकहरु चुने । र, सचिवालयकै तोकादेशमा ९९ सदस्यीय कार्य सम्पादन टोलीको निर्माण गरे, जुन विधिका हिसावले गैरलोकतान्त्रिक र जंगबहादुर शैलीको छ ।

    हामीले सचिवालयमा वा कार्यसम्पादन समितिमा युवाहरुको प्रतिनिधित्व पार्टी सदस्य संख्याका आधारमा हुनुपर्छ भन्दा त्यतातिर कुनै ध्यान दिइएन । डाक्टर सा’ब ! नयाँ शक्तिले अरु पार्टीले भन्दा युवालाई हेर्ने दृष्टिकोण कसरी फरक राखेको छ ?

    हामी नयाँ शक्तिको युवा संगठनको नेता भएका कारण हामीले युवा मित्रहरुलाई भनेका छौँ, अबका युवाहरु भनेका लाठी बर्साउने र भाटा हान्ने मात्र होइन, पार्टीको नीतिनिर्माण गर्ने तह हुँदै देशको नीति बनाउने ठाँउसम्म पुग्नेखालको हुनुपर्छ । हाम्रो भनाइ र डा सा’बको गराईमा कहाँनेर अन्तर भयो ? तपाई आफै भिन्नता छुट्याउनुहोस् ।

    हामीलाई तपाईले भन्नुस् कि तपाईले बनाउनुभएको नयाँ कार्य  सम्पादन टोलीमा कतिजना युवा परे ? यो कुरा सुन्दा तपाईहरुलाई रीस पनि उठ्दो हो । तर, हामीले युवा सहभागिताको विषय मात्र उठाएका छैनौँ, बरु समाधानका उपायहरु पनि बताएका छौँ ।

    तपाईलाई लाग्न सक्छ, पार्टी निर्माणको यो चरणमा सबै कलस्टरका मान्छेहरुलाई मिलाउँदा युवाको सहभागिता छुट्नु सामान्य कुरा हो । तर, विषयलाई त्यति सतहमा पनि नबुझौँ । हामी युवाहरु पनि कलस्टरका विरोधी होइनौं । तर, जुन जुन कलस्टरका आधारमा कार्यसम्पादन टोलीमा मान्छेहरु चयन गरिएका छन्, त्यही कलस्टर अनुसार युवा पुस्तालाई कार्यसम्पादन समितिमा राखियोस् भन्ने हाम्रो जोडदार माग हो ।

    यसो गर्न सकेको खण्डमा कलस्टरको पनि समस्या हल हुन्थ्यो र पार्टी सदस्यताका आधारमा युवाहरुको सहभागिता पनि सुनिश्चित हुन्थ्यो । तर, बाबुरामले त्यसो गर्न सकेनन् । बरु कलस्टरका नाममा रिटायर्ट लाइफ बिताएका मान्छेहरुलाई ल्याएर कमिसारको जिम्मेबारी दिए । मूलतः युवा सहभागिता नगराएकोमा हाम्रो बाबुरामप्रति असहमति हो ।

    जीवनको अन्त्यसम्म पनि युवा नेता बनिरहने पुराना राजनैतिक संस्कृतिको ह्याङओभर फाल्न नसकेका बाबुरामले हामी युवाहरुलाई भूमिकाविहीन बनाएका छन् । उनीसँग अनुभवले मात्रै धेरै चिज गर्न सकिन्छ भन्ने भ्रम छ । वा युवापुस्ताप्रति बिश्वास छैन ।  यी दुईखाले समस्याबाट मुक्त नहुँदासम्म नयाँ शक्ति साँच्चैको नयाँ बन्न सक्दैन ।

    saugat pokhrel

    बाबुरामलाई लाग्दो हो, ४० बर्ष नपुगेको मान्छे आलोकाँचो हुन्छ । तर, उनले एकपटक फेरि गुगलमा गएर खोजुन् विश्वका कतिवटा देशमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुले कतिवटा देशको नेतृत्व गरिरहेका छन् ?

    हामीले यसरी बाबुरामसँग असहमति राखिरहँदा कतिपयलाई लाग्न सक्ला, किन आफ्नै नेताको सार्वजनिकरुपमा विरोध गरेको भनेर । तर, अब युवाहरुले पार्टीमा जबरजस्त हस्तक्षेप नगर्ने हो भने रिटायर्डहरुबाट मात्रै पार्टीलाई नयाँ बनाउन र देशलाई सम्मृद्ध बनाउन सम्भव छैन । हामी नयाँ शक्तिलाई साँच्चैको नयाँ बनाउनका लागि नीति निर्माण हुने स्थानमा युवा सहभागिता बढाउनुपर्छ भन्ने अभियानमा छौँ ।

    उमेरले ४० नकटेका देशभरिका युवाको सहभागिता भए पनि हुन्छ भन्ने हाम्रो बुझाइ हो । त्यसैका लागि नयाँ शक्तिमा युवाहरुको अभियान जारी छ । नयाँ शक्तिमा आबद्ध सम्पुर्ण युवाहरुलाई आग्रह के हो भने बाबुरामले भनेजस्तै  युवाले नगरेर कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? युवा मित्रहरु ! अब हामी लाठी र भाटा बर्साउन हैन, पार्टी र देश बनाउनका लागि हस्तक्षेपकारी भूमिका बहन गरौँ । यो पार्टी बाबुरामको मात्र पार्टी होइन । तपाई हामीजस्ता हजारौँ युवाहरुको ठूलो मेहनतले बनेको पार्टी हो  । नयाँ शक्ति साँच्चैको नयाँ बन्छ तपाई हामीले पहल गरेको खण्डमा । आउनुहोस् हातेमालो गरौँ !

    (लेखक नयाँशक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानका प्रशिक्षण विभाग प्रमुख हुन् ।)

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.