×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १३ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ दिन अघि

द्वन्द्वकालीन मुद्दामा संयुक्त राष्ट्रसंघलाई मनाउने प्रयास

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महान्यायाधिवक्ता भन्छन्- मुद्दा विशेष अदालतमा लाने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको छ

    अरुण बराल

     

    १७ असार, काठमाडौं । नयाँ संविधान बनेसँगै संक्रमणकालको अन्त्यका लागि दुई वटा काम बाँकी छन्ः एक- संविधानको कार्यान्वयनका लागि निर्वाचनहरु सम्पन्न गर्ने, दोस्रो- द्वन्द्वकालीन मुद्दाहरु सधैंका लागि छिनोफानो गरी शान्ति प्रक्रियालाई पूर्णता दिने । यो दोस्रो काममा सरकारले संयुक्त राष्ट्र संघसँग गुहार माग्ने प्रयास थालेको छ ।

    संयुक्त राष्ट्र संघले सर्कुलर नै पठाएर सत्य निरुपण तथा मेलमिलाप आयोगमाथि प्रश्न उठाउँदै नेपालको शान्ति प्रक्रियामा संलग्न नहुने बताएको महान्यायाधिवक्ता हरि फुयालले अनलाइनखबरलाई बताए ।

    महान्यायाधिवक्ता फुयालले अनलाइनखबरसँगको विशेष कुराकानीमा भने- ‘संयुक्त राष्ट्र संघको महासचिवले सर्कुलरै जारी गर्नुभएको छ, त्यो सर्कलरले संयुक्त राष्ट्र संघ नेपालमा संलग्न नहुने भन्ने कुरा उल्लेख गरेको छ ।’

    तर, नेपाल सरकारले शान्ति प्रक्रियालाई अन्तरराष्ट्रिय रुपमा मान्यता दिलाउनका लागि संयुक्त राष्ट्र संघलाई कुनै न कुनै रुपमा संलग्न गराउने प्रयास गरिरहेको महान्ययाधिवक्ता फुयालले बताए ।

    ‘सबैभन्दा महत्वपूर्ण कुरो के हो भने सरकार संयुक्त राष्ट्र संघलाई कुनै न कुनै प्रक्रियामा टीआरसी र बेपत्ता आयोगमा संलग्न गराउन चाहन्छ’ फुयालले भने- ‘राष्ट्र संघलाई सहभागी गराएर सरकार यसलाई अन्तरराष्ट्रिय विश्वसनीयता दिलाउन चाहन्छ । पीडितहरुले पनि यही कुरो खोजेका छन् । हामीले यो कुरो संयुक्त राष्ट्र संघलाई भनेका छौं, ब्रिफिङ गरेका छौं ।’

    दुरी घटेको दाबी

    महान्यायाधिवक्ता फुयालले शान्ति प्रक्रियामा सरोकार राख्ने सुरक्षाकर्मी, माओवादी, नागरिक समाज, मानवअधिकारवादी र पीडितहरुवीचको दूरी घटेको दाबी गरे । यसलाई उनले ‘शान्ति प्रक्रियामा देखिएको कोसेढुंगा’ को संज्ञा दिए ।

    ‘यस सम्बन्धमा प्रधानमन्त्रीज्यूले मलाई सबै सरोकारवालाहरुको कुरा बुझ्नू, सबैको विन-विन सिचुएसन हुने कुरा लिएर आउनू, कसैलाई पनि अन्याय भएको फिलिङ नहोस् भन्नुभएको छ’ फुयालले अनलाइनखबरसँग भने- ‘मैले त्यहीअनुसार सबै पक्षसँग कुरा गरेको छु । अहिले सबैपक्षवीच कुराकानी भएको छ र दूरी धेरै घटेको छ । यसको एकैचोटिमा दीर्घकालीन समाधान निकाल्ने विषयमा छलफल भएका छन् ।’

    अदालत रहेका २०८ मुद्दामा पनि सहमति

    Hari-Phuyal-1

    द्वन्द्वकालमा प्रहरीले माओवादीविरुद्ध लगाएका २ सयवटा मुद्दाहरु हालसम्म नियमित अदालतमा विचाराधीन रहेको महान्यायाधिवक्ताले जानकारी दिए । ती मुद्दाहरु पहिल्यै फिर्ता लिइनुपर्नेमा हुन नसक्दा अहिले जटिल बनेको उनले बताए । तर, प्रहरीले लगाएका यस्ता मुद्दामा पीडितहरुको खासै सरोकार नरहेको उनले स्पष्ट पारे ।

    अदालतमा पीडित आफैंले हालेका ८ वटा मुद्दाहरुमा भने पीडितको चासो रहेको उनले बताए । सेना र माओवादी दुवैलाई विपक्षी बनाइएका त्यस्ता ८ वटा मुद्दाहरु नियमित अदालतबाट नझिक्नेमा लगभग सहमति भएसकेको उनले बताए । साथै चारवटा गम्भीर प्रकृतिमा मुद्दाहरु फिर्ता लिन वा माफी दिन नपाइने गरी कानून संशोधन गर्ने भद्र सहमति भएको उनले बताए ।

    महान्ययाधिवक्ता फुयालले अनलाइनखबरसँग भने- चारवटा प्रकृतिका क्षमादान दिन नमिल्ने मुद्दाहरु जुन छन्, तिनमा हदम्याद पनि हटाउने र ती मुद्दाहरु आयोगले महान्यायधिवक्ताको कार्यालयमा पठाएपछि महान्यायधिवक्ताको कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता गर्ने भन्ने लगभग एकखालको जेन्टलमेन एगि्रमेन्ट (भद्र सहमति) भएको छ ।’

    अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिवन आयोग दुबैले अहिले पीडितहरुबाट उजुरी संकलन गरिरहेका छन् । तर, द्वन्द्वकालीन मुद्दाहरुको छिनोफानो गर्न त्यति सजिलो छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ५. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ६. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ७. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.