×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १३ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ दिन अघि

कुन कुन ‘गुन्डानाइके’ जेलमा, को-को बाहिर

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकाश ढुंगाना

     

    गुन्डानाइके अभिषेक गिरी, रमेश बाहुन अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।

    गोलघरमा नै २ गुन्डा नाइकेको झगडा पर्न थालेपछि रमेश बाहुनलाई गोलघर बाहिर र गिरीलाई भित्र राखिएको छ।

    ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार गरेर भागेका रमेश बाहुनलाई प्रहरीले भारतबाट पक्राउ गरि नेपाल ल्याइएको हो ।

    अपहरण फिरौती, जर्बजस्ती रकम असुलीजस्ता अभियोगमा पनि गिरीसँगै रमेश बाहुनले सजाय काटिरहेका छन्।

    त्यस्तै प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीका दाहिने हात मानिने पञ्चे लामा पनि गोलीकाण्डमा दोषि देखिएपछि अहिले केन्द्रीय कारागारमा छन्। चरीसमूहकै जयराम खड्का पनि अपहरण मुद्दामा डिल्लीबजार जेलमा छन्।

    प्रहरी इन्काउन्टरमा नै मारिएका कुमार घैंटेका सहयोगी लुममणि पनि गुन्डागर्दीको अभियोगमा जेल सजाय काटिरहेका छन्।

    बिहीबार राति गुन्डानाइके दीपक मनाङ्गे पनि प्रहरी नियन्त्रणमा छन्। प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी र कुमार घैँटेको समूहमा रहेका युवालाई लोभ लालच देखाएर मनाङ्गे फेरि गुन्डागर्दीमा सक्रिय हुन लागेको प्रहरीले बताएको छ।

    उनीमाथि शरीर बन्धक र संगठित अपराधको मुद्दा चलाउने प्रहरीको तयारी छ । त्यस्तै ललितपुरमा गुन्डागर्दीमा संलग्न मीनकृष्ण महर्जनको विश्वासपात्र विकाश महर्जनलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

    को को छन् बाहिर?

    मिलन चक्रे, गणेश लामा, पर्शुराम बस्नेतजस्ता नाम चलेका ‘गुन्डानाइके’ अहिले बाहिरै छन्।  मिलन चक्रे र गणेश लामा मुलुक बाहिर रहेको सूचना प्रहरीसँग छ।

    पर्शुराम बस्नेत भने एमालेका प्रभावशाली नेताको आडमा रहेर गुन्डागर्दी गर्छन्। मिलन चक्रे, गणेश लामा, पर्शुराम बस्नेत स्याडो भएर आपराधिक कृयाकलापमा लागेको प्रहरी स्रोत बताउँछ। मिलन चक्रे दीपक तालुमार्फत ललितपुर क्षेत्रको गुन्डागर्दीम सक्रिय छन्। दीपक मनाङ्गेकै सहोदर भाई रेम्बो पनि उपत्यकामा सक्रिय छन् ।

    गणेश लामाबाट छुट्टिएर बिष्णु लामा युवाहरू जमात लिएर गुन्डागर्दीमा सक्रिय भएको प्रहरी बताउँछ। बाफल क्षेत्रमा समिरमान सिंह बस्नेत सक्रिय छन्।

    उनको समूहमा राधे भण्डारी र शिव खड्का छन्। बौद्धमा झिङ्गे भन्नेको गुन्डागर्दी अहिले प्रहरीले रोक्न सकेको छैन।

    काभ्रे र ललितपुरलाई कार्यक्षेत्र बनाएर अहिले दावा लामा गुन्डागर्दीमा सक्रिय छन्। उनलाई अशोक लामा, पञ्चे लामा र सुजन तामाङले साथ दिएका छन्।

    चरी समूहमा लागेका र उनी मारिएपछि घैंटे समूहमा आएका दोधा लामा पनि युवाहरुको जमात लिएर उपत्यकाको गुन्डागर्दीमा संलग्न रहेको प्रहरीले बताएको छ।

    भक्तपुरको बालुवाखानीमा रामेश्वर गौतमको राज रहेको छ। ललितपुरमा मिनकृष्ण मर्हजन पनि गुन्डागर्दीमा संलग्न रहेको रेकर्ड प्रहरीसँग छ।

    नयाँ नयाँ गुन्डाको उदय

    महानगरीय अपराध महाशाखाले नयाँ नयाँ गुन्डाहरुको उदय भइरहेको बताएको छ। एक वर्षको अवधिमा अपराध महाशाखाले २० जनाभन्दा बढीलाई गुन्डागर्दीमा सम्लग्न भएको भन्दै पक्राउ गरेको डिएसपी रमेश थापाले बताए।

    त्यसमा अधिकांश नयाँ देखिएको उनले बताए।  सगुन श्रेष्ठ, राधे भण्डारी, साजन महर्जन, हाप्पा, पुष्प श्रेष्ठ, बाला लामा, साजन गुरुङ, भेन्डम लामा, उमेश श्रेष्ठ संजीव लामा रोशन श्रेष्ठ, सानुभाई, विराज तामाङ, झोला खड्का लगायतकालाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाए पनि उनीहरु सबै छुटिसकेका छन् ।

    उनीहरु पुनः गुन्डागर्दीमा नै संलग्न रहेको भन्दै प्रहरीले निगरानी बढाएको डिएसपी थापाले बताए।

     

    गुन्डागर्दीविरुद्ध प्रहरी आक्रामक रूपमा प्रस्तुत

    गुन्डागर्दी निमूल गर्न प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको छ। १ वर्षको अवधिमा  २० जनाभन्दा बढी झोले गुन्डालाई प्रहरीले समातेको थियो। कुमार घैंटेलाई इन्काउन्टर नै गरेको थियो।  एक वर्ष अघि असार १९ गते  प्रहरीले रावणजित तामाङलाई गोली हानेर बेबिलोन डिस्कोबाट पक्राउ गरेको थियो।

    लागू औषध मुद्दामा १० वर्षका लागि जेल परेका उनी आफ्नो नाममा अर्केलाई जेलमा राखेका थिए। गत मंसिर १३ गते हतियार लिएर भागेका प्रहरीका भगौडालाई पनि अपराध महाशाखाले गोली हानेर सुन्धारबाट नियन्त्रणमा लिएको थियो।

    सुन्धाराको लुम्बिनी पाहुना घरमा हतियारसहित बसेका बारा बरियारपुरका छोटेलाल ठाकुरलाई गोली हानी प्रहरीले नियन्त्रणमा लिएको हो। यही असार ९ गते गुन्डानाइके जसवन्त राईलाई पनि गोली प्रहार प्रहरीले बिजुलीबजारबाट नियन्त्रणमा लिएको थियो।

    अपराध महाशाखाका कार्यवहाक प्रमुख एसपी प्रकाशजंग कार्कीले गुन्डागर्दी निर्मुल गर्न प्रहरी सक्रिय रहेको बताए। ‘विगतको जस्तो हतियार नै बोकेर गुन्डागर्दी गर्ने चलन हट्यो,’ उनले भने, ‘त्यो हट्नु भनेको प्रहरी सक्रियता बढ्नु हो।’

    उपत्यकामा गुन्डाहरुले क्षेत्र तोक्ने गरेको र त्यो क्षेत्र प्रहरी संजालले भत्काइदिएको उनले दाबी गरे। नयाँ नयाँ गुन्डाहरुको उदय भएता पनि उनीहरुको निगरानी भइरहेको उनले सुनाए। झोले गुन्डाहरुलाई टाउको उठाउन दिन हुन्न भन्दै उनले पखेटा फिजाउने गुन्डानाइकेहरु पक्राउ गर्न प्रहरी सक्रिय रहेको बताए। ‘दीपक मनाङ्गेले पनि पखेटा फिजाउन खोजेका थिए, प्रहरीले पक्राउ गरिहाल्यो’, उनले उदाहरण दिए।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ५. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ६. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ७. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.