×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यस्तो छ प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको सुविधा सूची

  •  
  • बिहिबार, असार १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १६ असार, काठमाडौं । सरकारमा रहँदा मन्त्रीहरु राज्यस्रोतबाट उच्चस्तरको सुविधा भोगमात्र गर्दैनन्, आफ्ना दलका नेता-कार्यकर्तालाई समेत सरकारी सुविधा उपलब्ध गराउँछन् । अधिकांश मन्त्रीहरुले राज्यस्रोतमाथि अधीक दोहन गरिरहेका छन् ।

    तर, कानुनले मन्त्रीहरुले पाउने सुविधा निश्चित गरेको छ, त्योभन्दा बढी सुविधा लिएमा उनीहरु कारबाहीको दायरामा आउन सक्छन् । उनीहरुलाई सतकर्ता केन्द्रले सचेत गराउन सक्छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कारवाही चलाउन सक्छ ।

    हामीले यहाँ प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मले उपभोग गरिरहेको सुविधाबारे चर्चा गरेका छौंः

    प्रधानमन्त्री

    प्रधानमन्त्रीको मासिक पारिश्रमिक ६१ हजार ८ सय २० रुपैयाँ छ । उनले सरकारबाट महिनामा ३ सय ६ लिटर पेटोल  र ४० लिटर मोविल पाउँछन् । मोबाइल रिचार्जका लागि छुट्टै ५ हजारको व्यवस्था गरिदिएको छ सरकारले ।

    प्रधानमन्त्रीले आफ्नो निवासमा ‘मसलन्द’ शीर्षकमा मासिक १० हजार रुपैँया पाउँछन् । काठमाडौँ बाहिर कुनै भ्रमणमा जानु परे प्रतिदिन प्रधानमन्त्रीले ३ हजार भत्ता पनि पाउँछन् । यसका अतिरित्त पनि प्रधानमन्त्रीका थप सुविधाहरु छन् । उनले ४५ जनासम्म सल्लाहकार र सहयोगीहरु नियुक्त गर्न पाउँछन् ।

    प्रधानमन्त्रीले एकजना राज्यमन्त्री सरहको सुविधासहित प्रमुख स्वकीय सचिव राख्न पाउनेछन् । सचिव तहको सुविधा थाप्ने गरी दुई जना नियुक्त गर्न पाउँछन् । यस्तै सहसचिव तहको सुविधा लिने गरी ७ जना, उपसचिव स्तरका ३ जना र अधिकृत स्तरका ९ जना प्रधानमन्त्रीले राख्न पाउँछन् ।

    त्यस्तै अधिकृत तहका एकजना फोटो ग्राफर, एक जना कम्प्युटर अधिकृत, र दुईजना कम्प्युटर सहायक तहका कर्मचारी पनि नियुक्त गर्न पाउँछन् ।

    यस्तै प्रशासन सहायकका रुपमा ९ जना, लेखा सहायकका रुपमा १ जना र ५ जना सवारी चालक एवं कार्यालय सहयोगीका रुपमा ४ जना नियुक्त गर्न सक्ने अधिकार कानूनतः प्रधानमन्त्रीलाई छ । यसरी नियुक्त भएका सबैको पारिश्रमिक सरकारले उपलब्ध गराउँछ ।

    प्रधानमन्त्रीले आवास सुविधा र आवासका लागि आवश्यक सुविधा पाउँछन् । तर, यसरी तोकिएको भन्दा अतिरिक्त प्रधानमन्त्री भएकै कारण राज्यकोषबाट थप कुनै सुविधा लिएमा त्यो कानुन विपरीत हुन्छ ।

    उपप्रधानमन्त्री

    उपप्रधानमन्त्रीहरुले कानूननतः एउटा मात्रै गाडी पाउँछन् । उनीहरुको मासिक पारिश्रमिक ५२ हजार १ सय ६० रुपैँया छ । उनीहरुले मासिक रुपमा २ सय ३८ लिटर पेटोल, २० लिटर मोविल सुविधाको रुपमा पाउँछन् ।

    Deputy PM of Nepal

    यो भन्दा थप इन्धन चाहिएमा आफैँले खरिद गर्नुपर्छ । यदि मन्त्रालय वा विभागबाट उनीहरुले थप सुविधा लिने गरेका छन् भने त्यो गैरकानुनी हो, जसमाथि अख्तियारले छानविन गर्न सक्छ ।

    यस्तै उपप्रधानमन्त्रीहरुले मासिक रुपमा ३ हजार संचारभत्ता, अतिथि सत्कारका लागि ४ हजार पाउँछन । राजधानी बाहिर जाँदा दैनीक ३ हजार भत्ता समेत पाउँछन् ।

    उनीहरुको सुविधाका लागि ८ जनासम्म सचिवालय सदस्य नियुक्त गर्न सक्छन् । त्यसमा एकजना सहसचिव तहका स्वकीय सचिव नियुक्त गर्न सक्छन् । उपसचिव तहको एक जना, अधिकृत तहको एक जना, सुब्बा तहको एक जना उपप्रधानमन्त्रीले नियुक्त गर्न पाउने कानूनी प्रावधान छ । त्यसैगरी दुई जना सवारी चालक र २ जना कार्यालय सहयोगीहरु पनि उपप्रधानमन्त्रीले नियुक्त गर्न पाउँछन् । यसका अतिरिक्त उनीहरुले गाडी, इन्धन वा थप कुनै सुविधा लिएमा त्यो गैरकानुनी मानिन्छ ।

    कुनै पनि मन्त्रीले आफ्नो मन्त्रालयबाट कानुनले तोकेको भन्दा बढी सुविधा लिन पाउँदैनन् । उनीहरुले पाउने सबै सुविधा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराउँछ ।

    मन्त्री

    एउटा मन्त्रीको मासिक पारिश्रमिक ४८ हजार ७ सय ७० हुन्छ । उसले सुविधाका लागि एउटा गाडी, २ सय ७ लिटर इन्धन र २० लिटर मोविल पाउँछ ।

    मन्त्रीले पाउने मासिक सञ्चार खर्च ३ हजार हुन्छ । त्यस्तै अतिथि सत्कारका लागि मासिक ३५ सय दिइएको हुन्छ । मन्त्रीले राजधानी बाहिर जाँदा प्रतिदिन ३ हजार भ्रमण भत्ता पाउँछन् ।

    मन्त्रीले ७ जनासम्म सचिवालय सदस्य नियुक्त गर्न पाउँछन् । त्यसमध्ये उपसचिव तहको एक जना, अधिकृत तहको एक जना, सुब्बा तहको एक जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना मन्त्रीले राख्न पाउँछन्  ।

    राज्यमन्त्री

    सरकारले राज्यमन्त्रीलाई मासिक ४६ हजार २ सय २० रुपैँया पारिश्रमिक उपलब्ध गराउँछ । अन्य मन्त्रीहरुलाई जस्तै राज्यमन्त्रीलाई पनि एक थान सुविधाको गाडी उपलब्ध गराउने प्रावधान छ ।

    यस्तै मासिक १ सय ८० लिटर इन्धन र २० लिटर मविलका साथै ३ हजार रुपैयाँ सञ्चार खर्च राज्यमन्त्रीले पाउँछन् । उनीहरुले पनि राजधानी बाहिर जाँदा प्रतिदिन ३ हजार भत्ता पाउँछन् । र, मन्त्रीकै सरह सचिवालय नियुक्त गर्न पाउँछन् ।

    सहायकमन्त्री

    सहायक मन्त्रीको मासिक पारिश्रमिक ४५ हजार १ सय ९० रुपैँया छ । एक थान गाडी र गाडीका लागि मासिक १ सय ८० लिटर इन्धन र २० लिटर मोविल सुविधाको रुपमा पाउँछन् । ३ हजार सञ्चार भत्ता हुन्छ ।

    सहायक मन्त्रीले अतिथि सत्कारका लागि थप २५ सय रुपैँया पाउँछन् । राजधानी बाहिर जाँदा दैनिक ३ हजार भ्रमण भत्ता पाउँछन् ।

    सहायकमन्त्रीले उपसचिव तहको एक जना, सुब्बा तहको एक जना, एक जना सवारी चालक र एक जना कार्यालय सहयोगी सचिवालयमा नियुक्त गर्न पाउँछन् ।

    जिल्ला दौडाहामा लाग्ने नियम

    उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीका लागि कानुनले केही नियमहरु समेत बनाएको छ । जिल्ला भ्रमणमा जाँदा उनीहरुले एकजना सुरक्षाकर्मी, एक जना मन्त्रीको स्वकीय सचिव र मन्त्रालयको तर्फबाट एकजना गरि ३ जनासम्ममात्र जानुपर्छ । जिल्लामा जाँदा उनीहरुका लागि थप सुरक्षा व्यवस्था जिल्ला प्रशासनले गर्नुपर्ने निर्देशिकाले निर्धारण गरेको छ ।

    उनीहरुले एउटा जिल्लामा अनावश्यक २ दिनभन्दा बढी बस्न पाउँदैनन् । यदि बस्नुपरेमा प्रधानमन्त्रीको स्वीकृत चाहिन्छ । र, भ्रमणबाट फर्किएपछि भ्रमण गर्नुको उद्देश्य र उपलब्धी समेटेर प्रधानमन्त्रीलाई प्रतिवेदन दिनुपर्छ ।

    तर, कुनै पनि उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले कानुनको निर्देशन मानिरहेका छैनन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.