×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति संगीत अक्षय कोषको स्थापना

  •  
  • सोमबार, असार १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    आषाढ १३ गते । कर्तव्य पालनाको शिलशिलामा सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ ।
    गायक, रचनाकार तथा संगीतकार समेत रहेका पाठकको स्मृतिमा सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति अक्षय कोषको स्थापना गरिएको हो । स्वर्गिय पाठकका एकै व्याचका सशस्त्र प्रहरी निरीक्षकहरुले सामुहिक रुपमा रकम संकलन गरि डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको सोहि व्याचका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
    सो संगित कोषमा रहेको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कूलमा संगीततर्फ प्रथम हुने एक जना छात्र÷छात्रालाई सो पुरस्कार प्रदान गरिने छ । साथै यो कोषको सम्पूर्ण रेखदेख सशस्त्र प्रहरी परिवार महिला संघले गर्ने र संघको वार्षिकोत्सवमा सो पुरस्कार प्रदान गरिने छ । FB_IMG_1460719718431
    २०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका स्व. पाठकका ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ गरी २ वटा एल्बम बजारमा आइसकेका थिए । जसमा हजुरको देशमा, पलपल तिम्रै यादले, निन्द्रा लाग्दैन बोलका गितहरु यूट्युबमा समेत चर्चित छन् । जसमा उनले चर्चित गायिका अन्जु पन्तसँग संयुक्त स्वर दिएका छन् भने म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी र निता ढुंगानाले अभिनय गरेका छन् । प्राय सबै खाले गित गाउने क्षमता राख्ने स्वर्गिय पाठक यस अघि २०६०।६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारमा उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने चितवनमै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आरिष्टको उपाधी समेत हात पारेका थिए ।123
    व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका पाठकले कानूनतर्फ समेत एल.एल.बीसम्मको अध्ययन पूरा गरेका थिए । क्रिकेटका अब्बल खेलाडी उनी फुटबल खेल्न, क्यारिकेचर गर्न समेत माहिर थिए । संगठनभित्र समेत अत्यन्त अनुशासीत कर्तव्यनिष्ठ, जेहेन्दार, पेशागत रुपमा दक्ष र समय अनुसार कार्य गर्न सक्ने क्षमता भएका अधिकृतका रुपमा चिनिएका स्व. पाठकको संगीत तर्फको रुचि लगाव र क्षमताको स्थायित्व र उनको सांगीतिक प्रतिभाको कदर र सम्झनामा संगीत कोषको स्थापना गरीएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी निरीक्षक स्व. पाठकको कर्तव्य पालनको शिलशिलामा गत चैत्र २८ गते धादिङको मलेखुमा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो ।
    यस प्रकारको कार्यले संगित, गायन, बाद्यवादन, गीत रचना आदि सांगीतिक क्षेत्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यस अक्षय कोषको स्थापनाले उनको सांगीतिक यात्रालाई स्थायीत्व र स्मरणीय बनाउने सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.