×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बेलायत ईयुबाट अलग हुँदा नेपाललाई फाइदा छ कि घाटा ? भारत तरंगित, बेलायतबारे विश्वभरि बहस

  •  
  • शनिबार, असार ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    समाचार टिप्पणी । युरोपेली संघको सदस्यबाट बेलायतले अलग्गिने निर्णय गरेपछि यसबाट नेपाललाई के-के फाइदा हुन्छ र के घाटा हुन्छ ? आम नेपालीवीच यस्तो प्रश्न उब्जिएको छ । र, नेपालमा जस्तै संसारभरि नै बेलायती जनमत संग्रहको परिणामबारे बहस सुरु भएको छ ।

    नेपालमा कस्तो असर पर्ला ?

    लण्डनबाट मनिक आचार्यले नेपाली टाइम्समा एक टिप्पणी लेख्दै बेलायतको बहिर्गमनबाट नेपालमाथि पार्ने प्रभावबारे चर्चा गरेका छन् । आचार्यका अनुसार इयुबाट बेलायत बाहिरिने निर्णयसँगै बेलायती मुद्रामा आएको १३ प्रतिशत अवमूल्यनको प्रधान बेलायतमा रहेका गोरखाली सैनिक र तिनका परिवारजनमाथि पर्न सक्छ ।

    करिब ९५ हजार गोरखाहरुलाई यो मुद्रा अवमूल्यनको असर पर्न सक्ने र बेलायती सरकारबाट पेन्सन थाप्ने नेपालीहरुलाईसमेत घाटा लाग्न सक्ने आचार्यको विश्लेषण छ ।

    यसकार साथै नेपालको विदेश नीतिका सम्बन्धमा पनि केही फरकपन आउन सक्ने उनको विश्लेषण छ । बेलायतले अहिलेसम्म ईयुको आँखाले नेपाललाई हेर्ने गरेको र वेलायती प्रभावभन्दा पनि ईयु पार्लियामेन्टको दृष्टिकोण नेपालमा हावी हुने गरेको तर्क गर्दै आचार्यले अब बेलायत र नेपालवीचको पुरानो मित्रतामा साकारात्मक प्रभाव पर्न सक्ने अनुमान लगाएका छन् ।

    ब्रसेल्समा हालै भारत र इयुवीच नेपालबारे भएको सहमतिलाई उधृत गर्दै आचार्यले अब भारत, अमेरिका वा युरोप हावी हुँदै आएको नेपालको विदेश नीतिमा बदलाव आउन सक्ने संकेत गरेका छन् ।

    आचार्यले भनेजस्तै बेलायती मत परिणाबाट उत्पन्न हुने नकारात्मक प्रभाव नेपालको अर्थतन्त्र र विशेष गरी रेमिट्यान्समा पर्न सक्छ । साथै नेपालको विदेशनीतिमा ईयुको प्रभाव घट्ने र बेलायतको बढ्न सक्ने देखिन्छ ।

    यसकार साथै राजनीतिमा पनि बेलायतको बाछिटा आउन सक्छ । जस्तो कि त्यजस्तै नेपालमा पनि जनमत संग्रहको माग हुने सम्भावना यसले बढाउँछ । बेलायतलाई आधार बनाएर संघीयता एवं धर्मनिरपेक्षता विरोधीहरुले जनमत संग्रहको माग गर्ने सम्भावना देखिन्छ ।

    भारतमा तरंग

    ईयुबाट बाहिरिने बेलायती निर्णयसँग भारतमा निकै ठूलो तरंग आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बेलायतको यस्तो निर्णयका कारण भारतीयहरुको रोजगारीमाथि समेत समस्या पर्ने सम्भावना देखिएको छ ।

    जस्तो कि करिब २० हजार भारतीय (गोवा) का नागरिकहरुले पोल्याण्डको पासपोर्ट बोकेका छन् । र, उनीहरु बेलायतमा नोकरी गर्छन् । अब उनीहरुले गर्दै आएको बेरोकतोक पेशा व्यवसायमा बेलायती जनमत संग्रहको नतिजाले असर पार्न सक्ने चिन्ता भारतीयहरुमा देखिएको छ । अब पोल्याण्डको पासपोर्ट लिएर बेलायतमा काम गर्न पाइने अवस्थामा यो नतिजाले पूर्णविराम लगाउन सक्छ ।

    त्यसैगरी उपनिवेश कालको प्रभावस्वरुप भारतको पाण्डुचेरी प्रान्तका कतिपय भारतीयहरुले फ्रान्सको पासपोर्ट लिएका छन् र उनीहरु बेलायतमा बेरोकतोक काम गरिरहेका छन् । अब उनीहरुको रोजगारीमा पनि यो नतिजाले असर पार्न सक्छ ।

    उता गैरयुरोपेली देशबाट बेलायतमा पढ्न जाने विद्यार्थीहरुलाई यो नतिजाबाट फाइदा हुन सक्ने अनुमान भारतीयहरुको छ । अहिलेसम्म बेलायतका शिक्षण संस्थामा दिइने छात्रवृत्तिमा युरोपेली संघमा आवद्ध देशहरुले प्राथमिकता पाउने गरेका थिए । तर, बेलायत संघबाट बाहिरिएपछि यसको फाइदा भारत, नेपाल लगायतका देशका विद्यार्थीले पनि पाउन सक्ने उनीहरुको आँकलन छ ।

    तर, वेलायती मुद्रामा आउने गिरावट एवं सेयर मार्केटको गिरावटका कारण पर्नजाने नकारात्मक प्रभावका अगाडि विद्यार्थीको छात्रवृत्ति ठूलो कुरा होइन । बरु बेलायतको यस्तो निर्णयका कारण भारतलाई निकै ठूलो आर्थिक क्षति हुने अनुमान लगाउन सकिन्छ ।

    विश्व बजार र आन्तरिक राजनीतिमा हलचल

    द वाशिंटन पोष्टले स्टलिङ पाण्डमा आएको गिरावट एवं अमेरिकी डलरसँगको असन्तुलनले विश्वव्यापी असर पार्ने उल्लेख गरेको छ । त्यस्तै स्टक मार्केटमा पनि नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

    बेलायतको जनमत संग्रह लोकतान्त्रिक प्रक्रिया भएता पनि यसको नतिजाले अब उसलाई पराम्परागत राष्ट्रवादतर्फ लैजान सक्ने वाशिंटन पोष्टमा छापिएको छ । तथापि ईयुबाट बाहिरिने निर्णय कार्यान्वयन हुन अझै केही वर्ष लाग्ने छ ।

    त्यसो त अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएका विश्लेषणहरुलाई आधार मान्ने हो भने यो निर्णका कारण अब बेलायतको आन्तरिक राजनीतिसमेत धरापमा पर्ने देखिएको छ ।

    जनमत संग्रहमा ईयुसँगै बस्नुपर्ने पक्षमा ६२ प्रतिशत मत व्यक्त गरेको स्कटल्याण्डले कडा प्रतिक्रिया दिइसकेको छ । उसले ईयुसँग स्कटल्याण्डले सम्बन्ध नटुटाउने चेतावनी दिएको छ, जसले बेलायतको आन्तरिक राजनीतिमा मात्रै संकट निम्त्याएको छैन, बेलायतबाट स्टकल्याण्ड छुटि्टने सम्भावनालाई पनि बढाएको छ ।

    जनमत संग्रहमा वेल्स र इङ्ल्याण्डबाहेक सबै ठाउँमा ईयुबाट अलग बन्न नहुने मतले जितेको छ । जस्तो कि स्कटल्याण्डले ६२ प्रतिशत, उत्तरी आयरल्याण्डले ५५.५ प्रतिशत र लण्डनले झण्डै ६० प्रतिशत मत ईयुसँगै रहनुपर्ने पक्षमा दिएका छन् ।

    तर, वेल्स र इङ्ल्याण्डको मतका कारण बेलायत ईयुबाट अलग्गिन बाध्य बनेको छ । यसको प्रभावस्वरुप बेलायतको आन्तरिक राजनीति कमजोर र विखण्डित बन्न पुगेको छ ।

    उता बेलायत मात्रै नभएर यो निर्णयसँगै ईयु पनि कमजोर बनेको छ । ईयुले आफ्नो सबैभन्दा ठूलो सैनिक पार्टनर गुमाएको छ । त्यसैगरी आर्थिक हिसाबले पनि ईयुले बेलायतको साथ गुमाएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.