×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खच्चड कुर्दै दुर्गमका गाउँले

  •  
  • शनिबार, असार ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालमै पहिलो पटक निर्माण भएको क्यान्टिलिभर पुल तर्दै खच्चड। तर पुल नपुग्दैको केरौंजाखोला बढेर खच्चड रोकिएका छन्। सौजन्य: राम भट्ट

    शिवप्रसाद उप्रेती

    गोरखा: घरमा चामल, नुन, तेललगायतका खाद्यान्न अभाव भएपछि गोरखाका दुर्गम भेगका बासिन्दा खच्चड आउने बाटो हेरेर बस्ने गरेका छन्।

    निरन्तरको झरीले बाटो अवरुद्ध भएपछि सिर्दिबासमाथिका सात गाविसमा अत्यावश्यक सामान ढुवानी गर्न खच्चड जान छाडेका छन्।तिब्बत नाका पनि नखुलेको र तल्लो भेगबाट पनि सामान रोकिएपछि घरघरमा खाद्यान्नको अभाव भएको स्थानीयको भनाइ छ।

    बाटो खुल्ला, खच्चड आउलान् र खाद्यान्न ल्याउँला भनेर बसेको प्रोक ७ नाम्रुङका छिरिङ युङ्गुङ लामाले बताए। घरघरमा चामल, नुन, तेल, चाउचाउलगायतका अत्यावश्यक सामान सकिएको उनको भनाइ छ।

    खच्चड हिँड्न छाडेपछि केही दिनसम्म सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसमा श्री एयरलाइन्सको ठूलो हेलिकोप्टरले आरुघाटको सल्यानटारबाट सामान ओसार्ने गरेको थियो। दुई सातादेखि हेलिकोप्टर पनि उड्न छाडेको लामाले बताए।

    ‘तलबाट खच्चड आउँछ कि, हेलिकोप्टर आउँछ कि भनेर बाटो हेरेर बसेका छौं,’ लामाले भने, ‘दुर्गममा दुःख छ। दुःख सुनिदिने कोही छैन। भुइँचालोपछि छ महिनासम्म बाटो पनि खुलेन, नाका पनि खुलेन। केही महिना बाटो खुलेथ्यो, फेरि बन्द भयो। हामी भोटेलाई बाटोले गाह्रो पार्यो।’

    भोटखोलाका लागि बाटो नै ठूलो समस्याको रूपमा रहेको उनको भनाइ छ। बाटोको समस्याले पहिलेको तुलनामा पर्यटक पनि कम आवतजावत गरे। पर्यटन व्यवसायमा आश्रितहरूको पनि चिल्लीबिल्ली भएको उनको भनाइ छ।

    विशेषगरी नुनको असाध्यै समस्या भएको प्रोक गाविस गपका धावा तेन्जिङ लामा बताउँछन्। सामागाउँ गाविसका छिरिङ धार्केका अनुसार नुनको भाउ एक किलोको एक सय ५० रुपैयाँ पुगेको छ। खच्चड हिँड्न छाडेपछि मान्छेले बल्लतल्ल बोकेर पुर्याएको चामलको हारालुछ भएको छ।

    ‘नुन त छँदै छैन। चामल पनि हारालुछ छ’, धावा तेन्जिङ भन्छन्, ‘मान्छेले बोकेर ल्याउँछन्। ल्याउने बित्तिकै सकिन्छ।’ प्रोकमा नुन प्रतिकिलो एक सय रुपैयाँ पर्ने उनले बताए। तेल प्रतिलिटर तीन सय २० रुपैयाँसम्म पर्छ।

    मोटो चामलको भाउ प्रतिकिलो एक सय २५ रुपैयाँ र मन्सुली चामलको भाउ किलोको एक सय ६० पुगेको उनले बताए। ‘जति परे पनि किनेर खान्छु भन्दा पनि पसलमा सामान पाउन छोड्यो’, उनले भने।
    विभिन्न ठाउँको पहिरोले अति दुर्गमका सात गाविस जाने बाटो अबरुद्ध भएको खच्चड व्यवसायी समितिका अध्यक्ष धनकुमार गुरुङ बताउँछन्। दुर्गम गाविसमा खाद्यान्नलगायतका अत्यावश्यक सामान ढुवानी गर्ने एक मात्र यातायातको साधन खच्चड हो।

    बाटो पहिरिने, ढुंगा झरिरहने, खोला बढ्ने, पुल भत्किने गरेपछि व्यवसायीले खच्चड हिँडाउन छाडेका गुरुङ बताउँछन्। ‘बूढीगण्डकी किनारको बाटो निकै जोखिमपूर्ण छ।

    जोखिममा काम गर्न नसकेर खच्चड गोठालो नै काम छाडेर भाग्न थाले’, उनी भन्छन् ‘खच्चडको साहु आफैंले जोखिम मोलेर चलाइरहेका थिए, त्यही पनि यारुखोलामा झोलुङ्गे पुल नभएर खच्चड हिँड्न छाडिसक्यो।’ खच्चड नहिँडेपछि नेपाल खाद्य संस्थानको चामल, नुन ढुवानी रोकिएको उनले बताए।

    यारुबगरमा क्यान्टिलिभर पुल बनेको छ। तर पुल पुग्नुअघिको केरौंजाखोलामा झोलुंगे पुल नहुँदा क्यान्टिलिभर पुलसम्म पुग्न नसकिएको स्थानीय दीपेन्द्र गुरुङले जानकारी दिए। ‘क्यान्टिलिभर पुल त बन्यो तर पुल पुग्नुअघिको खोलामा झोलुंगे पुल छैन’, उनले भने, ‘केही दिनअघि बल्लतल्ल खच्चड तारेका थिए। तर पछि अरू खच्चड लैजान सकिएन।

    अहिले खच्चड हिँड्दैन।’ खच्चडले त्यहाँसम्म लगेको सामान अलिअलि गरेर मान्छेले बोकेर ओसार्ने गरिएको उनले बताए।नुनको अभाव भएपछि नुन कम खान थालिएको बिहीका तेन्जिङ लामाले बताए।

    ‘अचेल पसलमा चामल, नुन, तेल, चिनी, चाउचाउ केही पनि पाइँदैन’, लामाले भने, ‘तरकारीमा नुन कम कम हालेर खान थालेका छौं। बाटो कहिले बन्ने हो, खच्चड कहिले हिँड्ने हो, सामान कहिले आउँने हो ? ‘ पहिले राहतमा बाँडेको पनि सकिएको, हिउँदमा ओसारेको पनि सकिएको, नाका नखुलेका कारण तिब्बतबाट पनि ल्याउन नपाइएको उनको भनाइ छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.