×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भारका लागि पचास हजार

  •  
  • शनिबार, असार ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    असार १०, २०७३- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भार एवम् प्रवलीकरण गर्नका लागि रु ५० हजार उपलब्ध गराउन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्राधिकरणको निर्देशक समितिको आज बसेको बैठकले निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी रु ५० हजार उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । भूकम्पबाट पूर्णरुपमा क्षति भएका वा भत्काएर पुनःबनाउनुपर्ने घरका लागि भने रु दुई लाख उपलब्ध गराउने व्यवस्था निजी आवास अनुदान कार्यविधिमा उल्लेख छ ।

    यस्तै बैठकले जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमुना बस्ती विकास गर्ने निर्णय गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शाखारहित बैंकिङ प्रणाली तथा घुम्ती बैंक सेवाको व्यवस्था मिलाइ अनुदान वितरण द्रुतगतिमा अघि बढाउने निर्णय पनि भएको छ । भूकम्पपीडित अनुदान पाउनयोग्य सबै घरधनी कोही पनि नछुटुन् र मापदण्डमा नपरेका नपरुन् भन्ने सिद्धान्तमा आधारित रहि आवास अनुदान उपलब्ध गराउने निर्णय पनि भएको छ ।

    यस्तै बैठकले चार महिनाभित्रमा कम्तीमा ३० हजार निर्माणकर्मीलाई गाउँतहमा तालिम उपलब्ध गराउने, प्रत्येक गाउँटोल तथा बस्तीमा पुनःनिर्माण सामुदायिक समिति गठन गर्ने, भूकम्प अति प्रभावित क्षेत्रका प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक वटा स्रोत केन्द्र स्थापना गरी पुनःनिर्माण कार्यमा स्थानीय जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्ययोजनासमेत पारित गरेको छ ।

    रानीपोखरीको पुनःनिर्माण भाइटीकाअघि सक्ने, काठमाडौँ उपत्यकासहित भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण तत्काल सुरु गर्ने, बूढीगण्डकी आयोजना क्षेत्रमा डुबानमा पर्ने पीडितका लागि अस्थायी आवास निर्माणका लागि रु दुई लाख उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

    जिविस, गाविस र नगरपालिका तहमा पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय राष्ट्रिय योजनाको खाकामा आधारित भई पुनःनिर्माणसम्बन्धी स्थानीय पञ्चवर्षीय योजनाको खाका तयार पारी कार्यान्वयनमा ल्याउनेसमेत निर्णय भएको छ । रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.