×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कान्छी विमानस्थलमा रुने, जेठी बुटवलमा !

  •  
  • बुधबार, असार ०८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काबुलमा मारिएका जितेन्द्रकी दुबै श्रीमती शोकमा

    Airport ma Aafanta (4)

    ८ असार, काठमाडौं । झमझम पानी परिरहेको थियो । अफगानिस्तानबाट १२ नेपालीको शब बोकेर उडेको विमान भारतीय आकाशमा आइपुगेको दृश्य राडारले देखाइरहेको थियो । विमानस्थलमा चार महिने काखे नानी च्यापेर भावविह्वल बनेकी थिइन्- सञ्चिता लामा ।

    काबुलमा मारिएका बुटवल निवासी जितेन्द्रसिंह थापाकी कान्छी पत्नी हुन् सञ्चिता । उनी काठमाडौंमै काखे नानीसहित बसेकी थिइन् । जितेन्द्रले काबुलबाट खर्च पठाएदिएर उनको जीविका चलेको थियो । विमानस्थलमा देखिएको उनको विक्षिप्त अनुहार र काखे नानीको अवोध चेहराले एउटा अन्तहीन पीडाको झल्को दिइरहेको सहजै महसुस गर्न सकिन्थ्यो ।

    उता बुटवलमा रहेकी जेठी एवं बैधानिक पत्नी गौमती थापा पनि कम शोकमग्न बनेकी छैनन् । तथापि गौमती भने श्रीमानको शव ‘रिसिभ’ गर्न एयरपोर्ट आउन सकिनन् ।

    गौमतीले आफ्ना श्रीमानको शव बुटवलसम्म ल्याउने व्यवस्था मिलाइदिन अनलाइनखबरमार्फत् सरकारसँग आग्रह गरेकी छिन् । यनका साथमा किशोरावस्थाका छोरा छन्, जसले कलिलै उमेरमा टुहुरोपन महसुस गरेका छन् ।

    ‘मेरो श्रीमानको शव अरुले नखोसुन्’

    gaumati-&-bimal

    पत्नी गौमतीका अनुसार जितेन्द्र स्त्रीलम्पट थिए । उनले काठमाडौंमा कान्छी श्रीमती राखेको र उसबाट नावालक शिशुको जायजन्म भएको गौमतीलाई थाहा थियो ।

    नेपालको कानून अनुसार दुईवटी पत्नी राख्नु गैरकानूनी कार्य हो । पहिली श्रीमतीसँग छोडपत्र नगरी र दोस्रोसँग विवाह दर्ता नगरी दुइवटा घरबार गरिएको अवस्थामा विभिन्न कानूनी अड्चनहरु आउन सक्छन् । जस्तो कि अब जितेन्द्रको परिवारमा मृतकले पाउने राहत कसले हात पार्ने भन्नेबारे सञ्चिता र गौमतीवीच विवाद बढ्न सक्ने देखिएको छ ।

    नेपालमा सुरक्षा क्षेत्र, शिक्षण एवं निजामति सेवामा काम गर्ने कतिपय पुरुषले गर्ने बहु विवाहका कारण उनीहरुले पाउने पेन्सन आदि सुविधामा विवाद पर्ने गरेको छ । र, यस्तै विवाद अब जितेन्द्रको परिवारमा पनि पर्न सक्ने देखिएको छ ।

    विगतमा इराकमा मारिएका १२ नेपालीलाई सरकारले दिएको राहतले पनि कतिपय परिवारमा आपसी झगडा र वैमनश्यता निम्त्याएको तीतो उदाहरण पाइन्छ ।

    तर, जे भए पनि जितेन्द्रको मृत्युमा शोक मनाउन पाउनु सञ्चिता र गौतमी दुबैको मानवीय हक हो । यो विषयमा झगडा गर्नुभन्दा जितेन्द्रको स्थायी घर भएको ठाउँमै गएर परम्परागतरुपमा संस्कार गर्नु र त्यसमा सबै परिवारजनले सहभागिता जनाउनु नै सहज निकास हुन सक्ने देखिन्छ ।

    Airport ma Aafanta (6)

    गौतमीले जसरी आफ्ना पतिको शव काठमाडौंमै कसैले खोस्न सक्ने चिन्ता जनाएकी छिन् उनको यो वेदनालाई सरकारले सुनिदिने हो कि ? र, तेस्रो व्यक्तिका रुपमा जितेन्द्र र गौतमीको परिवारमा प्रवेश गरेकी सञ्चिताले पनि गौतमीको हकबारे सोचिदिने हो कि ? अनि गौतमीले पनि जितेन्द्रको नाशा काखमा लिएकी सञ्चितालाई मानवीय आधारमा हेरिदिने पो हो कि ?

    जे होस् जितेन्द्रको परिवारमा देखिएको यो विरोधाभाषपूर्ण परिघटनाले नेपाली समाजमा देखिएको पारिवारिक एवं नैतिक विभाजन र विकृतिलाई उजागर गरिदिएको छ ।

    हेरौं, यस्तो समस्यालाई राज्य र समाजले अब कसरी हेर्छ ?

    शोकमा डुब्यो विमानस्थल

    Airport ma Aafanta (7)

    काबुलबाट मृतकहरुको शव आउने सूचना थाहा पाएपछि बुधबार दिउँसो विमानस्थलमा परिवारजन र आफन्तहरु भेलाभएका छन् । आफन्तजन गुमाएको पीडाले त्रिभुवन विमानस्थललाई शोकमा डुबाएको छ ।

    मृतक नेपालीहरुलाई श्रद्धाञ्जली अर्पण गर्न आफन्तजन र शुभेच्छुकहरु विमानस्थलमा भेला भएका छन् ।

    Airport ma Aafanta (1)

    Airport ma Aafanta (2)

    Airport ma Aafanta (3)

    तस्वीरः कविन अधिकारी/अनलाइनखबर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.